हाम्रै शेरोफेरो
स्यागंजाको परिचय एउटा पहाडी जिल्लामा मात्र सिमित छैन । यसको फरकाकिलो परिचयमा पहाडी शुन्दरता र पर्यटकीय दृष्टीपनि पर्दछ । स्यागंजाका अनेक खवर र तस्वीर दिने शिलशिलामा हामीले पनि अनेक शुन्दर स्यागंजाली पक्षहरुलाइ उजागर गर्ने, तपाइको चासो र रुची जगाउने जमर्को गर्दै आइरहेका छौ । यसै शिलशिलामा विर्घाव्लगले स्यागंजाको पश्चिम गाविस चन्डीभन्ज्यांगदेखिका तस्वीरहरु दिन शुरु गरेका छ । हेरौ तलका तस्वीरहरु ।
![]()
चन्डीभन्ज्यांग गाविस कारिकोटवाट देखिएको पाल्पाको अर्गली र स्यागंजाको संयुक्त घाट । पृष्ठभूमिमा वगेको काली गन्डकी ।
![]()
मालुंगा र पाल्पाको दर्पुक जोड्ने घाट । यहांपनि कालीले आफ्नो शुन्दरता छोडेको छ । किनारवाट लिइएको यो तस्वीरको यकिन लोकेसन भने खुल्दैन ।
![]()
शाह राजाहरुकी कुलदेवी आलम देवी । स्यागंजाको प्रमुख पर्यटकीय गन्तव्य आलमदेवी पनि हो । यंहा जान गल्यागंवाट जिप लाग्दछ । भाडा भने कच्ची वाटो भएकेाले झन्डै २ सय लाग्छ । जिरो किलो, गुठी,वलाम जैपते,मिर्मी, विर्घा हुदै यंहा पुग्न सकिन्छ । खुट्टा वलिया हुनेहरुकालगि पहाडी पैदलयात्रापनि रोचक हुनछ । गल्यागंवाट झन्डै ४ घन्टाको पैदल हिडांइमा आलमदेवी पुग्न सकिन्छ । यंहा सामान्य खाना चिया खाने होटल र वासको पनि व्यवस्था छ । यो स्थान समुद्र सतहवाट १३ सय मिटर उचाइमा छ । यो मन्दिर विसं १४९५ मा वनेको विश्वास गरिन्छ । यो मन्दिर तत्कालिन राजा जैन खानले वनाएको भनिन्छ । मन्दिरको आधुनिक स्वरुप भने स्वर्गीय राजा विरेन्द्रको पहलमा विसं २०३२ तिर भएको हो ।
its nice place where we can say that real beauty belongs.after comming there in birgha i think vyakul maila has written best line and real line about nepal that prakriti ka koti koti sampada ko aanchala .i would like to thank u for the best blog and presenting pahad in ur way.its really really best place in nepal where i will come again and again this time i was not able to see the temple but next time but i saw janta school i would like to teach there and may be god had given lot of time to make this place .
Comment by bhim prasad nyopane — September 6, 2009 @ 1:26 pm