गजल
कृष्ण अधिकारी "चिन्तित"
जति धेरै व्याख्या हुन्छ संविधानको धारा यंहा
नंया नंया लाग्न थाल्छ सडकमा नारा यंहा
संकिर्णको घेराभित्र जेलीएको गन्तव्यले
लंगाउन सक्ने छैन समस्याको तारा यंहा
आफ्नो मात्र हित हेरी स्वार्थ पूर्ति गर्नेहरु
विश्वासिलो देखिएन प्रकृयाको पारा यंहा
यथार्ता धेरै टाढा सतहमा दौडिएर
जटिलता पन्छाएर टार्न खोज्ने झारा यंहा
पीडादायी यात्राभरी बेदनाले तड्पाउंछ
गल्ती गर्ने थोरै हुन्छ दुंख भोग्ने सारा यंहा
(भरतपुर ७ चितवन स्थायी ठेगाना भएका अधिकारी राजधानीमा वसेर साहित्यमा कलम चलाउनुहुन्छ।)