झ्याम्मै वर्खा
यतिवेला मुलुकमा पुरा वर्खा शुरु भएको छ । ढिलो शुरु भएको मनसुनले ढिलै भएपनि हरीयाली वढाएको छ । घरगांउमा खेतिले खेतवारी हरीया छन । खोरीया घांसले हरीया छन । यस्तै देखियो पछिल्लो समय राजधानीवाट पश्चिम नेपालको वुटवलसम्म पुग्दा । मैले देखेका यस्तै उन्नत सिनहरु मेरो क्यामेराले कैद गरेको छ । क्यामेराको मेमोरीमा रहेका उत्कृष्ट तस्वीरहरु तंपाइलाइ देखाउने उत्कट इच्छाले ती तस्वीरहरु मैले यंहा प्रस्तुत गरेको छु । त्रिशुली र मर्स्यागंदीको संगम पहाड । यो दोभान धादींग र गोरखाको हो । पृथ्वी राजमार्गवाट यो दृष्य सजिलै देखिन्छ । नारायणी नदीको पूर्वी दृष्य । विहानमा लिइएको यो तस्विरमा पानी छल्न वटुवाहरु छाता ओढेर नदीको पुल तर्दैछन । नवलपरासीको फांटमा झुलेका धान । यतीवेला तंराइका फाटमा यसैगरी लहलह झुलेका धांनका फांट देख्न पाइन्छ । मुग्लीन नारायणगढ खन्डमापर्ने सडक किनाराको घर जुन नारायणी नदीले कटान गर्ने खतरामा रहेकोछ ।
दाउन्ने डांडावाट लिइएको दाउन्नेदेवी गांविसको वर्खे तस्वीर ।