ओबामाको झिंगामाथि बहादुरी !
अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक अन्तर्वाता दिने क्रममा झिंगामाथि बहादुरी देखाएका छन् । यो घटना अन्य कही नभएर ह्वाइट हाउसमै भएको थियो। एक टेलिभिजन च्यानललाई अन्तर्वाता दिने क्रममा एउटा झिंगा कताबाट हो आएर उनको शरीरका विभिन्न स्थानमा बस्न थाल्यो। पहिला त ओबामाले ‘हट् उता जा’ भनेर धपाउन खोजे।
तर झिंगाले राष्ट्रपतिलाई छाड्न मानेन र बायाँ हातमा गएर बस्यो। ओबामाले आफ्नो सम्पूर्ण ध्यान झिंगामाथि केन्द्रित गरे र एक्कासी दायाँ हातले हिर्काए। अन्तर्वाता लिइरहेका पत्रकारको मुखबाट निस्क्यो -’धेरै राम्रो’ ।
झिंगाले पनि राष्ट्रपतिको प्रहार सहन सकेन । निर्जीव भएर ढलेको झिंगालाई उनले बायाँ गोडाले अलि पर धकेले। अनि पत्रकारलाई सोधे, ‘यसलाई पनि क्यामराले खिच्छौ?’ तर उनको हरेक कृयाकलाप क्यामरामा कैद भइ रहेको ओबामालाई थाहा थिएन।