July 19, 2009

वृक्षा रोपणका संझनाहरु



असार झरीको मौषम हो । यो मौषममा माटोमा जे गाडेपनि उम्रिन्छ । त्यसैले पनि होला वृक्षारोपण गरेर चर्चा वटुल्नेहरुले असारलाइलाइ सानो तिनो चाडकै रुपमा मनाउछन । विर्घा ६ को नांगेडाडामोपनि कहिले वीपी जयन्ती त कहिले पुष्पलाल जयन्तीका नाममा वृक्षा रोपण हुन्थ्यो । मौलाको वासिन्दा भएकालेपनि होला मेरो संझनामा वृक्षारोपण भन्ने वित्तिकै त्यही उजाड नांगेडाडाको संझना आउछ । धौदिखोलाकी फुपुले लगाएका वर पिपल देखि कैनडाडांडाका शालिकराम पान्डेले लगाएका सिसौ त्यही डाडोमा होलान तर अरुले रोपेका रुखले हरियाली नवढाएपनि कालान्तरमा नांगेडाडो आफै उमि्रएका चिलाउनेका रुखले हरियो वन्दै गएको छ ।

नांगेडांडो उजाड हुंदा राकस्दीको पानीको मुहानपनि सुक्दै गएको छ । विर्घा भरीका भरपर्दा धाराहरुमा जरुवाको धारो वान्दे्रडाडा र राकस्दी कइन्डाडा नै अग्रपत्तींमा आउछन । जरुवाको श्रोत नांगेडांडो नभएपनि राकस्दीको श्रोत भने त्यही डांडो हो । त्यसैले मलाइ लाग्छ यो डांडो हाम्रो जीवन हो । यसको हरीयालीले हाम्रा सभ्यता र सक्रीयतालाइ उजागर गर्ने छ ।
"ढेंडुवाको वुढो चिनिन्न विर्घाको ठुलो चिनिन्न" भन्ने उखानलाइ संझदै खाली गफ मात्र नगरी केही गरे गांवैलाइ फाइदा हुने नै हो । वातावरण विनास र प्रदुशणले गांजेको समयमा कम्तीमा एक जनाले एउटा मात्रै रुख रोप्न सकेपनि यस्तो समस्या कम हुन्थ्यो ।

हाम्रो मात्रै होइन पृथ्वीको पनि आयु वढ्थ्यो । आगे तंपाइकको जिम्मा । मैले त मकवानपुरवाट एकजना मित्रले पठाइदिएको तस्विर देख्दा मेरो छिमेकैको नांगेडांडाको याद आएकाले यो वसी वियालो गरेको हुं ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/07/19/p671/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com