काल आएपछि !
काल पनि कस्ता कस्ता हुन्छन । काल आएपछि कसैले रोक्न सक्दो रहेनछ भन्ने सावित भएको छ रुकुममा । रुकुममा खसीले हानेर एकजनाको ज्यान गएको छ । घरपालुवा खसीको आक्रमणबाट आठविसकोट गाविसको वडा नम्वर २ का ४९ वर्षिय कर्णबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको हो । रुकुममा खसीले हानेर एकजनाको ज्यान गएको छ । घरपालुवा खसीको आक्रमणबाट आठविसकोट गाविसको वडा नम्वर २ का ४९ वर्षिय कर्णबहादुर केसीको उपचारका क्रममा आज मृत्यु भएको हो । गएको २८ गते खलंगा गाविसको शान्तिटोलमा स्थानिय रत्नबहादुर मल्लले पालेको खसीले हानेर घाईते भएका केसीको उपचारको क्रममा हिजो ज्यान गएको हो । उता प्यूठानमा भीरबाट लडेर शिक्षकको ज्यान गएको छ । बादीकोट स्थित बलभद्र माविमा कार्यरत ४० बर्षिय शिक्षक ज्ञानेन्द्र केसीको हिजो भीरबाट लडेर ज्यान गएको प्यूठान प्रहरीले जनाएको छ ।