जाकार्तामा आतंकवादी आक्रमण, भ्रमण स्थगित
लामै तयारी र ठुलै उत्साहकाबीच हुन लागेको मेरो जाकर्ता भ्रमण स्थगित भएको छ । जाकार्ताका दुइ ठूला र विलासिताकालागि प्रख्यात होटलमा शुक्रवार आक्रमण भएपछि मेरो सहभागिता रहने कार्यक्रम स्थगित भएको कुरा शुक्रवार राति अवेर मात्र आयोजकले जानकारी गराए ।
अपरान्ह पौंने पांच वजेको रेडियो सगरमाथाको समाचारमा यो खवर सुने देखिनै म अली अत्तालिएको थिए । नभन्दै भयो त्यस्तै । सुरक्षाका कारण स्थगित कार्यक्रम अव कंहा र कहिले गर्ने भन्ने आयोजकले वताएका छैनन । एशिया प्यासिफक क्षेत्रका दर्जनौ सहभागी रहने कार्यक्रम भरपर्र्दोर् सुरक्षा ग्यारेन्टीविना संभव पनि थिएन ।
राष्टपति निर्वाचन सकिएको हप्तादिन नवित्दै भएको यो आतंककारी हमलाको कसैले जिम्मा लिएको छैन । यद्यपि मुस्लिम वहुल इन्डोनेशीयाका अतिवादी मुस्लिमहरुले नै आक्रमण गराएको वताइएको छ । खास गरेर आक्रमणको निसाना अन्तराष्टिय होटल हुनुले पनि आतंककारीको निसाना विदेशी नागरिक रहेकोमा कुनै शंका छैन ।
जाकार्ताकालागि टिकट कन्र्फम भइसकेपछि भ्रमण स्थगित गर्नु परेको छ । वैंकक ट्रान्जिटकालागि रोयल थाइ एम्वेसीवाट भिषा लिइसकिएको थियो । थाइल्यान्डको दुइदिन वसाइकालगि होटल वुक भइसकेको अवस्थामा कार्यक्रमस्थगित गर्दा आयोजकका साथै मलाइपनि केही आर्थिक घाटा भएको छ । तयारी पुरा भइ रिर्पोट पनि पठाइ सकिएको थियो ।
किनमेल देखि व्याग प्याक समेत भइरहेको थियो । यसअघि साउन दश भनेपनि साउन ६ गते वैंकक जाने टिकट फिक्स भइसकेको थियो । के गर्ने अनायास कार्यक्रम स्थगित भएको छ । यसपछि लगत्तै कार्यक्रम हुने वताइएपनि तयारीकालगि केही हप्ता लाग्ने पक्का छ । कार्यक्रम इन्डोनेशीया वाहेकका देशमा हुने प्रवल संभावना रहेको आयोजकले वताएका छन ।
विचरा मित्र रिसवन्तो हाडीले एयरपोर्टसम्म लिन आउने वचन दिइसकेका थिए । उनकालागि उपहार स्वरुप मैले किनेको नेपाल लेखेको टिर्सट अव दिन पाइएला वा नपाइएला केही ठेगान रहेन । यसै मेसोमा रिक्तताका बीच आगामी कार्यक्रमको प्रतिक्षा गर्नु वाहेक मसंग केही रहेन ।