July 19, 2009

जकार्ताको होटलमा विष्फोट 9 जनाको मृत्यु

इण्डोनेसियाको राजधानी जकार्तास्थित दुई वटा लक्जरी होटलमा विष्फोट हुँदा कम्तिमा 9 जनाको मृत्यु भएको छ भने कयौं मानिस घाइते भएका छन्। 

प्रहरीकाअनुसार जर्कातास्थित रिन्ज काल्टनमा पहिलो विष्फोटन भएको थियो भने दोस्रो विष्फोट मेरियट होटलमा भएको थियो। विष्फोटन भएका होटल र वरपरका क्षेत्रबाट सयौं मानिसहरुलाई अन्यत्र सारिएको बताइएको छ। विष्फोटमा परि दर्जनौ मानिसहरु घाइते भएको र तिनीहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको छ। घाइते हुनेहरुमा ठूलो संख्या विदेशी पर्यटकहरु पनि रहेको बताइएको छ। 

सात वर्ष यता इण्डोनेशियामा कुनै ठूलो विष्फोटन भएको थिएन। सन् दुई हजार तीनमा मेरियट होटलमा गरिएको आत्मघाती आक्रमणमा परी बाह्र जनाको मृत्यु भएको थियो भने एकसय पचास जना घाइते भएका थिए। अहिले भएको घटना कसले गराएको हो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/07/19/p668/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com