July 10, 2009

आफ्नै जन्मदिनको शुभकामना

असार हाम्रा आदिकवि भानुभक्तवाजेको जन्मदिन हो । विद्यालय पढ्दा यस्तै पढियो । आदिकवी भानुभक्त आचार्य तनंहुको चुंदी रम्घामा असार २९ गते जन्मीएका थिए खुवै रटान लगाइयो यो तिथीलाइ । त्यतिन्जेल मलाइ मेरो आफ्नै जन्मदिनको त्यति हेक्का थिएन । कालो अक्षर भैसीवरावर भएकी मेरी जननी आमालाइपनि मेरो जन्मदिनको त्यति हेक्का हुने कुरै भएर ।

    पिताजीले वर्षको एकवार कालेजैसीका अगाडी चिना फुकाउदा मेरो जन्म दिन भन्नुहुन्थ्यो होला, त्यसवाहेक जन्मदिनको त्यो वेला के नै पो काम आउथ्यो र । पिताजीको स्वर्गवासपछी यो त्रःमपनि रोकिएको छ । तैपनि मेरो जन्मदिन तिनै आदीकवि भानुभक्त भन्दा दुइ दिन अगाडी परेको रहेछ । यो रहस्य शहरमा आगमनका धेरै वर्ष पछिमात्र संझनामा आयो । मेरो जन्ममिति २०३५ असार २७ गते मंगलवार हो । यद्यपि यो जन्ममिति ज्योतिषलाइ हात हेराउदा वाहेक काममा आएन ।

     पर्यो के भने मेरो जन्ममिति प्रमाणपत्रमा २०३५।०८।१५ लेखिएको छ । यो आठ भन्नाले मंसिर पर्छ क्यारे । त्यसैले मेरो खास जन्ममिति त्यति उपयोगमा पनि आएन र वांकी संझनामा पनि रहेन । शहरमा पसेपनि न त जन्मदिनको नाममा कुनै केक काटियो न त कसैको विशेष शुभकामना नै पाइयो ।

    हुन त आजभोली जन्मदिन भव्यताकासाथ मनाउने पुस्ताकै हुं म, यद्यपि मेरोलागि जन्मदिनले कहिल्यै त्यति ठुलो महत्व राखेन । व्लगकारिता शुरु गर्नु अघि जन्मदिन यसपटक त संझन्छु भनिन्थ्यो तैपनि कामको चटारो भनौ या महत्ताहिनताले जन्मदिन गुज्रीएको केही दिनपछि मात्र झल्यास भइन्थ्यो । यसरी मेरो ३० औ जन्मदिनहरु विना संझना गुज्रीएका छन ।

    जन्म कुनै व्यक्तिको जीवनको अत्यन्तै महत्वपुर्ण घटना हो । जन्मको जति महत्व मृत्युको पनि हुदैन । यद्यपि हाम्रो हिन्दु संस्कारमा जन्मले भन्दा मृत्युले वढि ठांउ राख्छ । मान्छेमरेपनि सन्तान दरसन्तान श्राद्ध त गरिन्छ । तैपनि जन्मदिनको उपलक्ष्यमा भने केही धार्मिक रित अनुसार केही कार्य भएको मलाइ संझना छैन । गर्नेले मन्दीर गएर पुजापाठ गर्दा हुन तर मेरो संदर्भमा भने त्यस्तो केही हुने गरेका छैन ।

     जन्म, महिना, वार, तिथिले मानव जीवनमा महत्वपूर्ण प्रभावपार्ने ज्यातिषीय साथै वैज्ञानिक आधारहरुपनि छन । त्यसमा मेरो विश्वास पनि छ । वैशाखमा जन्मिएको व्यक्ति जस्तो तेज, प्रतिभावान र सिर्जनशिल चैतमा जन्मेको व्यक्ति अवस्य नै हुदैन । भनाइ नै छ कस्तो चैते होला भन्ने।

     असारमा केही संझन लायक जन्महरु भएका छन । तर मेरो विचारमा अत्यन्तै प्रयास गरेर सफल भएपनि जस नपाउने ग्रह हुन्छ की असारको जन्म हुनेहरुको । नेपाली कांग्रेसका सभापती पुर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको जन्म असार मै भएको हो । उनी असार १८ गते जन्मिएका हुन । उनले कहिल्यै आफ्नो जन्मलाइ नभएर कर्मलाइ महत्व दिए ।  उनले जन्मदिन मनाएको अहिलेसम्म कुनै रेकर्ड छैन । अनेक त्याग र तपस्याका वावजुत कोइरालालाइ त्यति सफल राजनितिज्ञ मानिदैन ।

     विस्थापित राजा ज्ञानेन्द्र पनि असार महिनैमा जन्मिएका हुन । गते अनुसार उनको जन्म असार २३ गते भएको हो । मंगलवारको जन्म परेका ज्ञानेन्द्रको राशीपनि कन्या हो । उनले मीलेसम्म तामझाममा नै जन्मदिन मनाउन रुचाउछन । विचरालाइ परिस्थीतिले भने त्यति साथ दिएन । भर्खरै उनले आफ्नो ६३ औ जन्मदिन निर्मल निवासमा मनाएका छन ।

      दरवार सुत्रका अनुसार उनले आफ्नो जन्म तिथिअनुसार असार २७ गते पुजा पाठ गरेर मनाउदै छन अरे । तिव्वतका विस्थापित धार्मिक नेता दलाइ लामापनि असारमै जन्मिएका हुन । तिव्वती धार्मिक क्यालेन्डर उनुसार उनको जन्म जुलाइ ६ तारिखमा पर्दछ । जुलाइ ६ जतावाट जोडेपनि असारमै पर्दछ ।

      उनीपनि नोवेल पुरस्कार जितेपनि असफलताको कोटिमै छन । गुरु पूर्णिमा भनेर मनाइदै आएको व्यास जयन्तिपनि असारमै पर्दछ । चार वेद र अठार पुराणका रचयिता वेदव्यासपनि असार मै जन्मिएका थिए । यसै मेसोमा म ववुराको पनि जन्मदिनले यहि असारको मास भेटेको छ ।

     एउटा खुसीको कुरा असारमा जन्मनेहरुको शुक्र राम्रो हुन्छ रे ।  शुक्रलाइ सिर्जनाका देवता मानिन्छ । शुक्र राम्रो हुनेहरु लेखन र सिर्जनात्मक क्षेत्रमा राम्रो हुन्छन भनिन्छ । मलाइपनि कतै त्यहि काकताली परेर त होइन यो लेख्न जांगर चलेको । खैर जे भएपनि आफ्नो जन्मदिनको आफैलाइ शुभकामना ।

5 Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/07/10/p664/trackback/

  1. ओ सर हामी छौनी यार जन्मदिनको शुभ कामना दिने । मलाई पनि जन्मदिन मनाउने तेत्ती मेसो नभको हुनाले शुभकामना दिने पनि मेसो छैन तर जन्मा दिनको धेरै धेरै शुभकामना सरलाई । सोछेको इक्ष्याहरु सबै पुर हौन । ईंग्लिशमा चै मेनी मेनी ह्यपी रिटर्नश ओफ योर देज की के भन्चन नी सर त्योपनी है सरलाई । जे होस जन्मदिन्को शुभकामना सर । गूड् आर्टिकल ।।।

    Comment by Bal krishna Basnet — July 10, 2009 @ 12:13 pm

  2. happy birth day!

    Comment by Gajanath — July 13, 2009 @ 7:57 am

  3. La Hai! Janma din ko lakh subhakamana!

    Comment by Ramesh — July 14, 2009 @ 5:24 am

  4. La, la, ramro article . happy birth day to you.

    Comment by Sishir subedi (hong Kong) — July 14, 2009 @ 5:26 am

  5. Kuraute….... K K Janeko hola…khusi lagyo padera…...... Happy Birh Day…..... B always Kuraute….... make your Blog more attractive.like this artical….TC

    Comment by Suresh — July 17, 2009 @ 3:49 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com