July 10, 2009

इडिपस हेरीसकेपछि

राजधानीको पुरानो वानेश्वर छेवैको डांडोमा सुनिल पोखरेलको गुरुकुल रहेको छ । नाटक कर्ममा समर्पित सुनिल पोखरेलको निरन्तरको लगावको फल हो यो गुरुकुल । साहित्य वा कलाको विद्यार्थी नभएपनि नाटक मेरो रुचीको विषय हो । भरसक नाटक हेर्न नछुटोस जस्तो लाग्छ । नाटकसंग मेरो विशेष साइनो जोडिएको छ ।

 गतिला नाटककार तथा प्राध्यापक अभि सुवेदीको आरुका फुलका सपनाको धेरै वर्ष अगाडी राजधानीको प्रज्ञा भवनमा मंचन भएको थियो । उक्त नाटक हेर्न निम्त्याइएकाहरुको पंक्तिमा म पनि थिए । मैले नाटक हेरेपछि केही कुरा नाटकको वारेमा लेखे पनि । तै एउटा दैनिक पत्रिकाले त्यो कुरोलाइ ठांउ दियो पनि । पछि सुवेदी डा.सापले आरुका फुलका सपना पुस्तकमा निकाल्ने हुनु भएछ । फेरी मेरो अल्पज्ञानले गरेको नाटक समिक्षाले त्यस पुस्तकामा छापिने अवसर पायो । त्यसरी म नजानीइकन नाटकको समिक्षक पो वन्न पुगे । यो घटनापछि किन किन नाटकसंग म जोडिन रहर गर्न लागे ।

 यसै मेसोमा सुनिल पोखरेलले गुरुकुल शुरु गरे अनि नाटक समिक्षा गर्न मौका नमिलेपनि क्षमता नभएपनि वा ठांउ नपाएपनि नाटक हेर्ने मेरो वानीमा भने वढोत्तरी भयो । यसै मेसोमा केही वर्ष अघि म केही महिनाकालागि कीर्तिपुर होस्टेलको पांहुना वनेको थिए । त्यसै मेसोमा अंग्रेजी साहित्यका साथीहरु नाटकका किरो रहेछन । उनीहरुसंग लहैलहमा लागेर खुवै हेरीयो नाटक । कुनैपनि नाटक एकपटकमात्र हेरेको संझना मसंग छैन । प्रत्येक नाटक केही पटक हेरीयो । यसरी म रंगमंचपट्टी तानिदै गए ।

 कीर्तिपुरवाट नाटक हेर्न आउनेको हुलमा मसंगै हरीदाइ थिए, पन्डीत थिए, शिवहरी मैनाली थिए , उक्तम पौड्याल थिए, चितवनका सुजनवावु अधिकारी थिए, त्यसैगरी भरत देवकोटा, गुड्डु, विमल अर्याल तथा वमे उर्फ अश्विन थियो । अश्विनले वमे नामपनि यही नाटकका कारण पाएको थियो ।

भयो के भने जात सोध्नु जोगीको हेरीसकेपछि सौगातसंग जिउडाल मिल्दो अश्विनलाइ हामीले वमे नामाकरण गरेका थियौ । उसलेपनि मु;कराउदै विना प्रतिवाद त्यसको र्समर्थन गरेको थियो । म हरेक पल्ट गुरुकुल निस्कीदा त्यही वमेलाइ मिस गरीरहन्छु । उ अहिले सिड्नीको सडकमा धुंवा उडाउदै होला । या कामवाट भर्खर फर्कदै होला । खैर जे गर्दै होला तर मेरो संझनामा ताजै छ वमे ।
 शताव्दीयौ अगाडी सोफोक्लजले लेखेको वियोगान्त नाटक इडिपस नेपालमा संभववत दोश्रो पल्ट मंचन गरिएको हो । यसपटकको मंचनमा राजको भूमिकामा सौगात मल्ल, रानीको भूमिकामा अरुणा कार्की, मन्त्रीको भूमिकामा प्रविण खतिवडा, सेविकाको भूमिकामा सरिता गिरी, गोठालोको भूमिकामा विष्णुभक्त फूंयाल, ज्योतिषको भूमिकामा राजकुमार पुडासैनी मज्जाले जमेका छन । सौगातको अभिनय साच्चीकै पश्चिमा वादशाहको जस्तो छ । आकर्ष शरिर र घुंघ्रीएका केशले उनलाइ राजाको भूमिकामा अझै सुहाएको छ । विरेन्द्र हमालले मिहिनेत गरेर सजाएको मंच साच्चै आकर्ष छ ।
 यस वियोगान्त नाटकका प्रमुख पात्र इडिपस अर्थात सौगात मल्ल नाटकमा पुरै हावी भएका छन । उनको हरेक प्रस्तुति स्वाभाविक लाग्छ । निखारिएको सौगातको अभिनयले मलाइ साच्चै लोभ्यायो । तंपाइपनि नाटक हेर्ने मुडमा हुनुहुन्छ भने हरेक सोमवार वाहेक साउन १५ गते भित्र गुरुकुल पुग्नु होला । साढेपांच वजे शुरुहुने नाटक विद्यार्थीकालागि सहुलीयत दर रु ४० मा देखाइन्छ । वांकी नाटकाटै । 

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/07/10/p662/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com