मुक्तीनाथका मगन्तेहरु
ननिम्त्याइएका पाहुनाहरुको क्रिडास्थल भएको छ नेपाल । ती निम्तालुहरु सिंहदरवारदेखि भिविन्न नाममा खुलेका क्षेत्रीय तथा राष्टीय राजनीतिक पार्टीहरुमा चल्ता पुर्जा भएर रहेका छन । मुलुकका समस्याको गाठो फुकाउने ल्याकतमा ती ननिम्त्याइएका पाहुनाहरु शानसंग वसेका छन । तिनीहरुलाइ नेपाल प्यारो छैन प्यारो छ त केवल ख्वामितको आदेश । इनीहरुको दाउ अरु केही होइन । नेपालको अतिक्रमण सिवाय ।
अहिलेका आधुनिक विश्वमा शस्त्र अस्त्रले शुसज्जीत फौज पठाएर कुनै भुगोल मिच्न सकिदैन त्यसकालागि चौतर्फि अतिक्रमण भरपर्दो माध्यम वन्छ । लाग्छ मित्रराष्ट भारत कतै यस्तै ध्याउन्नमा लागेको त छैन । नत्र भने किन त घरैमा तरकारी पुर्याउने देखि, विहानै पत्रिका पुर्याइदिने, दारी वनाउने देखि जुक्ता टल्काउने, पुराना वोतल टिप्ने देखि वम पड्काउने सम्म विदेशी भैयाहरुको यत्रो विधी जगजगी ।मुलुकको राजनीतिमा उपेन्द्र यादव र जेपी गुप्ताहुन या कालीमाटीको तरकारी पसलवाट घरघरै तरकारी पुर्याउने लखन भैया हुन सवै भारतीय नुनको सोझो गर्न खौज्ने त हुन नी । यीनलाइ नेपालको के माया होस । वैंक व्यालेन्स भारतीय वैंकमा छ , भारतीय आशीर्वादमा मन्त्री हुन पाइन्छ, आफन्त सवै भारतमै छन, यीनलाइ कसरी नेपाली भन्नु , कसरी नेपालका शुभचिन्तक मान्नु । यी ननिम्त्याइएका पाहुनाहरु पछिल्लो समय मुक्तीनाथको मन्दीरमा पनि देखिए । तराइको प्रचन्ड गर्मीमा रहने यी मेहमानहरु मान या नामान मै तेरा मेहमान भन्दै निर्लज्ज हाम्रो सोझोपनको फाइदा उठाएर सारा नेपालमा वेफिक्रि घुमेका छन यिनै ननिम्त्याइएका पाहुनाहरु ।
हैन कतै मागेर कतै थर्काएर त कतै धम्क्याएर राजेन्द्र महतो हुन या उपेन्द्र यादव यी सवै ननिम्त्याइएका पाहुनाहरु नेपाललाइ विभाजित गराउन लागेका छन । आत्मनिर्णय सहितको संघीयताको आवरणमा यी मेहमानहरुले नेपालको अस्तीत्व नै नामेट पार्न त लागेका होइनन । एकिकरण गर्ने पृथ्वी नारायणका शालिकहरु तोडिदा नेपालको अखन्डतामाथि धावा वोल्दै आत्मनिर्णयका नाममा मधेश टुक्र्याउने खेल चलिरहेको छ । सच्चा नेपाली सचेत हुनु पर्ने वेला आएको छ यी ननिम्त्याइएका पाहुनाहरुसंग । आगे तपाइको जिम्मा । (photo: by Narmada Pandey)