July 30, 2009

सामान्य ज्ञान विर्घाव्लगसंगै

विर्घा व्लगका पाठककालागि खुसीको खवर छ । तंपाइलाइ देश विदेशका ताजा समसामयीक घटना तथा सामान्य ज्ञानको जानकारी दिने उद्देश्यले हामी सामान्य ज्ञानस्तम्भ शुरु गर्न गइरहेका छौ । साप्ताहिक रुपमा प्रकाशित हुने सामान्यज्ञान स्तम्भकालागि तंपाइको संकलन वा जानकारीमा रहेका विषयहरु पठाइ यो नंया अभीयानमा तंपाइपनि सहभागी हुन सक्नु हुन्छ ।

             राजपत्र अनंकिततहको लोकसेवा आयोगको परिक्षामा सहभागी हुनेहरुलाइ  अवश्यपनि यस अभियानले सहयोग पुर्याउने नै छ । यसका अलावा सामान्यज्ञानको तपाइको  भन्डारलाइ वढोत्तरी गर्न पनि यो अभीयान सफल हुने हाम्रो उत्कट विश्वास छ । आउनुहोस यही विस्वास र भरोसामा तंपाइपनि सहभागी वन्नुहोस । आफ्नो प्रस्तुतिलाइ अन्तिम सत्य मान्ने दुस्साहस विर्घा व्लगले गरेको छैन ।

              गल्तीहरु हुनसक्छन । त्यस्ता गल्तीहरु दुरासयले नभइ मानवीय कमी कमजोरीले गर्दा हुनेछन । गल्ती गर्न नचाहदा नचाहदै पनि तथ्य तथा विषयमा तलमाथि पर्न गएमा हाम्रा महान पाठकहरुले त्यसलाइ सच्चाउन अवस्यपनि मद्दत गर्नु नै हुनेछ । आजको पहिलो प्रस्तुति । 

राष्ट्रिय समसामयिक
1
    पाँचौं राष्ट्रिय खेलकुद कहिले र कहाँ भयो -        -२४-३० चैत्र, २०६५, काठमाण्डौ
2
    पाँचौं राष्ट्रिय खेलकुदमा सबैभन्दा बढी स्वर्णदक प्राप्त गर्ने खेलाडी को हुन् -

 पौडीको करिस्मा कार्की
3
   पाँचौं राष्ट्रिय खेलकुदमा प्रथम को भयो - -मध्यमाञ्चल
4
    पाँचौं राष्ट्रिय खेलकुदमा कति टिमको सहभगिता थियो -        -९ टिमको
5
    पाँचौं राष्ट्रिय खेलकुदको उद्घाटन कोबाट भयो -      -राष्ट्रपति रामवरण यादव
6    पाँचौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो को भयो  -   मध्यमाञ्चल-प्रथम,        शसस्त्र टिम-दोस्रो, नेपाल प्रहरी-तेस्रो
7
     नारायण हिटी संग्रहालय कहिलेदेखि र्सवसाधारणको लागि खुला गरियो -   २०६५ फागुन १५
8
    आमन्त्रित अन्तराष्ट्रय प्रधानमन्त्री कप फुटबल प्रतियोगितामा को विजय भयो -
-                          नेपाल ‘रातो’ र श्रीलंका
9
     नेपाल सरकारले माघे संक्रान्तिलाई राष्ट्रिय पर्व कहिले घोषणा गर्यो  -       २०६५ पुष २३
10
    नेपाल सरकाले ४८ जिल्लाका ५२ वटा स्थानमा एकीकृत सेवा केन्द्र सञ्चालन गर्ने निर्णय कहिले गर्यो -   २०६५ पुष १३
12
   रत्नपार्कलाई कहिलेदेखि शंखधर शाख्वा उद्यानमा नामाकरण गरियो -     -२०६५ मंसिर ३०
13
   कोशी टप्पुमा फेला परेको नयाँ चराको नाम के हो -    -चैते
14
    कोशी टप्पु वन्यजन्तु आरक्षमा नवौं चरा महोत्सव कहिलेदेखि शुरु भयो -      -२०६५ माघ २१
15
   २००८ को साहित्यतर्फो नोबेल पुरस्कार कसलाई प्रदान गरियो -     जाँ मेरी गुस्ताभ -पान्स)
16
    २००८ को शान्तितर्फो नोबेल पुरस्कार कसलाई प्रदान गरियो -  मार्टिन अथटिसारी -पुर्व राष्ट्रपति फिनल्याण्ड)
17
   विश्व पुस्तक दिवस कहिले पर्दछ -          -२३ अप्रिल
18
     अन्तराष्ट्रय सगरमाथा दिवस कहिले मनाइन्छ -       -२९ मे
19
   संयुक्त राष्ट्र संघको आर्थिक वर्षकहिलेदेखि शुरु हुन्छ -       -सेप्टेम्बर
20
    राष्ट्रिय पत्रकारिता पुरस्कार २०६५ कसलाई प्रदान गरियो -      -वरीष्ठ पत्रकार शक्ति लम्साल
21
   पुष्पकमल दाहाल ‘प्रचण्ड" कहिले प्रधानमन्त्रीमा नियुक्त हुनु भयो -   -२०६५ भदौ ६
22
   २००८ को डिल्लीरमण अन्तराष्ट्रय शान्ति पुरस्कार कसलाई कसलाई प्रदान गरियो -                      पुष्पकमल   दाहाल ‘प्रचण्ड"
23
   नेपालमा गणतन्त्र घोषणा कहिले भयो -                     -२०६५ जेष्ठ १५
24
  आधुनिक बालमिकी उपाधीबाट विभुषित साहित्यकार को हुन् -  -डा. रमेशचन्द्र अधिकारी
25
 तटबन्ध फुट्ने गरी सप्तकोशी नदीमा ठूलो बाढी कहिले आएको थियो - २०६५ भदौ २ गते
26
 हेम बहादुर मल्ल सम्मान २०६४ कसलाई प्रदान गरियो -          -महाविर पुन
27
 लुक्ला विमानस्थललाई हिलारी-तेन्जिङ्ग विमानास्थल नामाकरण कहिले गरियो -
        २०६४ पुष ३०

सांगा देखि शहिदगेटसम्म

काठमाण्डौमा झरी परिरहदा मैले हिजो विहान शदिहगेटदेखि सांगा सम्मको यात्रा गर्न पुगेको थिए । खासमा पानी परेपछिकोखुलेको मौषममा उत्कृष्ट तस्वीर खिच्ने मेरो रहर प्रतिकुल मौषमका कारण त्यती सफल भने हुन सकेन । विहान खुलेपनि अलिवेरमा वादलुले डांडापाखा छोप्यो भने सतहमा झरी शुरु भइहाल्यो यद्यपि मैले सांगा वाट जगाती हुदै शहिदगेट तथा धरहराको तस्वीर लिन भ्याए । ठुलै मेहनतकासाथ लिइएका तस्वीर तंपाइहरुका लागि । लामो खडेरीपछिको पानीले उपत्यकाको हरीयाली काफी वढेको तंपाइहरुले तस्वीरमा देख्न सक्नुहुन्छ ।

काभ्रेपलान्चोकको सांगा भन्ज्यागंका दुइरुखबीचवाट चिहाउदा काठमाण्डौ खाल्टो ।

नालिन्चोकवाट तल देखिएको हरीयाली खेतको फाट र पृष्ठभूमिमा देउजा गांउ

शहिदगेट र टुंडीखेलको संगम । पृष्ठभूमिमा राजधानी काठमाण्डु ।

सवारीको चहल पहल ।

भिमसेन थापाले वनाएको सुन्धाराको नाैतले धरहरा । उचाइवाट लिइएको यो तस्वीरमा सात तलामात्र देखिन्छ ।

July 28, 2009

वावुराम माथि प्रतिवन्ध

चर्चित लोकगीत ‘बाबुराम नयां नेपालमा कुन चराको नाम’ नेपाल टेलिभिजनले प्रतिबन्ध लगाएकोमा गायक कृष्ण देवकोटाले आपत्ती जनाएका छन् । उनले प्रतिबन्ध लगाउने कदमलाई लोकगीतविरुद्धको अभियान भनेका छन् ।

‘लोकगीतप्रति जनआकर्षा बढेपछि षड्यन्त्र भएको छ,’ उक्त गीतका गायक देवकोटाले भने,’प्रतिबन्ध फुकुवा नभए सम्पूण् लोकगायकहरु त्यसविरुद्ध उत्रनर्पर्छ ।’ आफ्नो गीतमा जनभावना समेटिएको भन्दै माथिको आदेशमा प्रतिबन्ध लगाइएको बताए । लोकगीत चर्चामा पुगेको र वाक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई कुल्चनेहरु सलबलाएको बताए । आफू त्यसविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताए ।

देवकोटाको ‘बाबुराम नयां नेपालमा कुन चराको नाम’ एल्बम निकै चर्चामा छ ।

कुरा झरीको

यतिवेला राजधानी लामो खडेरी पछिको वर्षाले निथु्रक्क भिजेको छ । सडकहरु हेर्दा लाग्छ खोला नै वगेको छ । ठुलो खडेरीपछिको वर्षा भएर होला यसपटकको पानीले ठुलो महत्व पाएको छ । पश्चिमाहरु मौषमका कुरा गर्छन तर हाम्रा कुराका विषय अरु नै हुने गर्थे तर यसपटक लामो खडेरी परेपछि मनशुनलाइ संचारमाध्यमहरुले खुवै चासो दिए । जीवनशैली वनेका संचारमाध्यमहरुको प्रभाव हामीमा नपर्ने कुरै भएन अनि त हाम्रा पनि गफका विषय मनशुन नै भयो ।

भैरहवावाट फोन आएपनि सोध्यो गर्मी कत्तिको छ, कोही धरानवाट अनलाइनमा टुपुल्कीएपनि विषय तातो चिसो कै कोही भेटभएपनि मुखवाट शुरुमै संवोधन कत्ती गर्मी है भन्ने हुन्थ्यो । यस्तैकाबीच चरम खडेरी परेपछि कपिलवस्तु र काभ्रेका किसानले भ्यागुताको विहे गर्न पनि भ्याए । भारतको विहारमा पनि १६ वर्ष पछिको लामो खडेरीवाट आक्रान्त किसानले छोरी वुहारीलाइ नांगै हलो जोत्न लगाए । धन्य हामीकोमा भने त्यसो गर्न परेन ।

कुरा विर्घाको

विर्घापनि खडेरीले गाजीयो शनीवार रातिदेखि परेको पानी रोकिएको छैन । मुख्य खेतहरु मरेगंदा, टारी, अरुवा, खोलाखेत,घांकुर र करंगखेतमा रोपाइ चलिरहेको छ । पानी नपरेपछि रोपाइ गर्न पाइएन अनि किसानहरु संभावित अनिकालवाट त्रस्त थिए । यसैमा आएको पानीले दविल्लो वढेको छ । अरुसाना ठुला खोलाहरुले पनि फुर्ती लगाएका छन ।

पानीको मुल फुटी सकेको त छैन तैपनि कटौदी, राकस्दी, नेवारी कुवा र जरुवाका मुल अली सर्सिएका छन । खोरीयाहरुमा हरियाली छाएको छ । मकैपनि तंग्रीएका छन । मिर्मी विर्घाको वाटोमा जिप चलीरहेका छन । यसपल्ट अली अप्ठेरो ठांउमा ग्राभेल हालीएकाले वाटो त्यती विग्रीन पाएकेा छैन । लाग्छ यो पल्टको दशैमा जानेहरु गाडी मै विर्घा जान पाउने संभावना छ ।

July 27, 2009

मौलाका संझनाहरु

यतिवेला झरीले निथुक्क काठमाण्डौमा रहदा मौलाको संझना आयो । यतिवेला मौले ठुलदाइ त होलान तर इतिहास वोकेको यो पिपल भने अव हाम्रा सामु छैन । कति वैठक, कति भजन त कति पिगं खेलीयो होला यस पिपलका छहारी हांगा र फेदमा खैर यो अव संझना मात्र भएको छ ।

 तस्वीरमा देखिएको नेपाली शैलीको शुन्दर घर मौले ठुलदाइ अर्थात नरदेव पान्डेको हो । डांडा माथीको घाम भएका ठुलदाइ के गर्दै होलान,विरांगदीको खोरीयातिर घास काट्दै होलान या पिढींमा वसेर के के गम्दा हुन , वा वढेको मौला खोलाको कमेरे माटो हेरेका होलान ।

 निरिह र नितान्त एकान्तिक जीवनमा रहेका मौले ठुलदाइ मुख वोलाउ साथीको अभावमा एक्लै पत्ति पो खेलाउदा हुन की । विदालय पढ्दाताका उनीपनि हाम्रा संगाति जस्ता थिए । आज दुर शहरमा रहदापनि तिनै ढुकुर जस्ता ठुल्दाइको संझना आयो । खैर मौला र यससंग जोडिएका संझनाहरु आजलाइ यति नै ।

वर्खे झरीले भिजाएर निथ्रुक्क वनेको शरिर अव सिरकमा सेकाउनु पर्ला । लामो खडेरी पछि परेको पानीमा मौला, त्यही पहिरो र मौले ठुल्दाइको संझनामा ।

July 26, 2009

गोसाईकुन्डको मेला सुरु

 

हरेक बर्षझैँ यस बर्ष पनि गोसाईकुन्डको मेला सुरु हुनै लागेको छ।यस बर्ष करिव २५००० जनाले गोसाईकुन्डको दर्शन गर्ने अनुमान गरिएको छ। थुप्रै स्थानमा अस्थाई थर्पुहरु राखिएका छन।

 

यो उत्साहको बिच मुलखर्कको पहिरो कठिन चुनौति भएको छ। गोसाईकुन्डमा नुहाउनाले पापबाट मुक्ति पाईन्छ भन्ने विस्वाश गरिन्छ। समुद्र मन्थन गर्दा निस्केको कालकुट विष शेवन गर्दा भएको डाहलाई शान्त पार्न भगवान शिवले त्रिशुलले पहाड खोप्दा चिसो पानि निस्कियो र त्येहि पानि खाई विषको डाह शान्त पारेका थिए भन्ने पौराणिक कथन छ।

 

: हामि सबैले यो महान धार्मिक स्थलको भ्रमण गरि पुण्य कमाऔँ र आन्तरिक पर्यटनलाई प्रवर्दन गरौँ। गोसाईकुन्डमा सम्पुर्ण भक्तजनहरुलाई स्वागत छ।

आज नागपञ्चमी

 

आज साउन शुक्लपक्ष पञ्चमी तिथि अर्थात् नागपञ्चमी, हिन्दु परम्पराअनुसार घरका ढोकामा नागको चित्र टाँसेर नागपञ्चमी पर्व मनाइँदै छ । नागका अष्टकुल अर्थात अनन्त, बासुकी, पद्म, महापद्यम, तक्षक, कुलीर र कर्कट र शङ्ख नागको चित्र टाँस्नाले त्यस्तो घरमा चट्याङ नपर्ने तथा आगो र सर्पको डरसमेत नहुने धार्मिक विश्वास रहेको छ ।

नागको चित्रमा दुध, दही, अक्षता, फुल दुबो राखेको घरको ढोका माथि टाँस्ने गरिन्छ । आजको दिनदेखि वषर्याम समाप्त भई हिउँद सुरु भएको पनि मान्ने गरिन्छ । यसै अवसर पारेर राजधानीको नाग पोखरी नक्सालमा विशेष मेला लागेको छ । आज नागका चित्र विक्री गर्ने तथा खरिद गर्ने हरुको विभिन्न मठ मन्दिरमा चहल पहल देखिएको छ ।

 

अव चाडवाड शुरु हुदैछन । लगत्तै जनैपूर्णीमा अनि चेलीवेटीको पर्व तिज शुरु हुदैछ । त्यसपछि १६ श्राद्ध र दशै तिहार आउदैछन । चांड वाडंको शुरुआत हुने भएर होला नाग पन्चीको नेपाली समाजमा विशेष महत्व छ ।

लाइफका प्रसेन्टेजहरु

by:Archana

५०% उमेर त सुतेर बितिसक्यो तपाईं भन्नुहोला कसरी? भनेर अब दिनभर जाग्ने रातभर सुत्ने गरेपछी आधा उमेर त सुतेर बिताएको भएन त? अहो हामी त कुम्भकर्णनै रैछौ बस कुन्भकर्ण र हामीमा एती फरक छ कि हामी दिनदिनै सुत्छौ, उनी ६ महिना सुत्ने र ६ महिना उठ्ने गर्थे।

कहिले काहि लाग्छ यो दिएको उमेर छोटो छ। एकजना युरोपियन कबिलाई पनि आफ्नो उमेर सार्है छोटो लागेछ कुन अर्थमा लागेछ भने आफ्नो प्रेमिकाको ब्याख्या गर्न । यो अहिले पाएको जीवनमा त उनका प्रेमिकाको आँखा मात्र पनि प्रशंशा गर्न भ्याउदैनन रे। वा! लिटरेचर भन्ने चिज नै यस्तै जती कल्पनाको उचाइमा पुगे पनि हुने। यि त भए 18th century का कुरा अहिलेका प्रेमीलाई यस्ता कुरा सुनायो भने त झटारोले हिर्काउछन । बकम्फुसे कुरा भन्लान तर बकम्फुसे फूल त राम्रै हुन्छ भगवानलाई पनि त चढाइन्छ। आँखा हेरेर जिन्दजी बिताउनेमा त आँखाका डाक्टर मात्र होलान जस्तै आँखाका डाक्टर सन्दुक रुइत आँखानै हेरेर कत्ती अवार्ड पाइसके । आहा!! कत्ती लक्की आँखा हरु…..

१०% चाँही बाटो काटेर, हिंडेर काटियो होला कत्ती कामले हिडियो होला कत्ती बेकामले हिडियो होला । ५% चहि खादा खादै बित्यो होला कठै ज्यान पाल्न परि हाल्यो भातको लत बसेको छ, त्यही नखाइ नहुने बिहान बेलुका। २०% पढाईमा बित्यो होला बिहान देखी बेलुका सम्म स्कुल, कलेज गयो फेरी घर आयो होमवोर्क गर्‍यो । दिनहरु कसरी बित्यो पत्तै भएन। 0.५% चाँही कलेज बङ्क सङ्क गरेर बित्यो होला सधैं पढ्न मन नलाग्ने कहिलेकाही कलेजबाट भाग्दा पनि रमाइलो नै हुने । 0.५% सरको पिटाइ खाएर बित्यो होला । पिटाइको पुरा गर्दा एकचोटि मैले दरो पिटाइ खाएको याद आयो । ४ मा पढ्दा म्याथ टिचर लक्ष्मण सर भन्ने हुनु हुन्थ्यो। साह्रै कडा मिजासका , सरको लौरो देखेरै डर लाग्ने । एक्दिन सबैलाई blackboard मा simplify गर्न लाउनु भयो र कसैलाई पनि सल्भ गर्न आएन र सबैलाई मेच माथि उठाउनु भयो मलाई अली म्याथ आउने भएकोले लास्टमा गर्न लाउनु भयो मैले पनि खराखर सल्भ गर्दिए ।

त्यसपछी त सरले सबलाई गएर गालामा झापड लगा भन्नु भयो मलाई त पर्नु फसाद पर्यो । आफु भन्दा धेरै ठुला ठुला अग्ला केटाहरुलाई र आफ्नै साथीहरुलाई कसरी झापड लाउने मैले त यो काम गर्न सक्दै सकिन अब झापड लाएर के गर्नु फेरी क्लास सके पछी केटाहरुले झापड बदला लिए भने त म दश गज पर पुग्थे, आफु त फुच्चे मान्छे। तेस्तै सोच्दा सोच्दै सर फेरी कुर्लिए, पिट भनेको सुनेनस फेरी सबैलाई स्कुलबाहिर चौरमा कुखुरा बनाएर राखिदिन्छु भने। अब सबैको अगाडि कुखुरा बन्नु भन्दा बरु साथीकै हातबाट झापड खान बेश लागेछ क्यारे सबै साथीहरुले पिट अर्चना भने अब म बडो दोधारमा परेर टेबल माथि चढेर एक्जना साथीको गाला बिस्तारै हातले के छोएको थिए सर त जङिएर तलाई पिटन आउदैन ल यता आइजा म सिकाउछु भनेर पाच औंलाको डाम बस्ने गरेर झ्याम्म हाने। त्यो झापडले ३ दिन सम्म गाला छोपेर हिंड्नु पर्‍यो साथीहरुले तेलले गाला मालिस गर्दिएको क्षण पनि बिर्सि नसक्नु छ। १०% चाहि काम गर्दै बित्यो होला जब देखी काम गरियो सुत्न कम गरियो काममै लत बस्यो फेरी नयाँ नयाँ कुरो एकै चोटि सिक्न मन लाग्ने हाडी घोप्टे बानी।

बाकिको ४% चाँही परिवार सँग रमाइलो गरेर , साथी हरु सँग गफ चुटेर , टि.भी हेरेर , म्युजिक सुनेर आदी इत्यादी गरेर बिताइयो होला । यसरीनै लाइफका प्रसेन्टेजहरु हरु जोड घटाऊ हुँदै जान्छन उमेर बढदै जान्छ । 

July 24, 2009

ज्ञान तिम्रो मित्र हो : शिवपुरी बाबा

राजा महेन्द्रको राज्याभिषेकमा नेपाल आएका महान दार्शनिक तथा भारतका राष्ट्रपति डा. सर्भपल्ली राधाकृष्णन् विमानस्थलबाट सिधै शिवपुरी बाबा समक्ष पुगे र सोधे, "तपाईँको शिक्षाको सार के हो ?" बाबाले भने " म तीनवटा अनुशासन सिकाउँछु… आध्यात्मिक, नैतिक र शारीरिक।" अनि डा. राधाकृष्णन् सोधे ,"समग्र सत्य यति थोरै शब्दमा?" बाबाले भने, "हो।"
शिवपुरी बाबाका शिक्षाका ति तीन अनुशासनलाई व्याख्‍या गर्न डा. राधाकृष्णन्‌जस्ता दार्शनिकलाई नै पन्ध्र मिनेटभन्दा बढी समय लागेको थियो। सन् १८२६ मा केरलाको नम्बोद्री बाहुन परिवारमा जन्मेका शिवपुरी बाबाले सारा संसारको भ्रमण गरेपछि अन्त्यमा काठमाडौँलाई आफ्नो घर बनाएका थिए।

 उनको शिक्षाका बारेमा लेखिएको पुस्तक "लङ पिल्ग्रिमेज" का लेखक जे. जी. बेनेटले सन् १९६१ मा भेटदा बाबा १३५ वर्षका भइसकेका थिए। "मेरो बारेमा होइन मेरो शिक्षाका बारेमा लेख " भन्ने शिवपुरी बाबाले सन् १९६३ को जनवरीमा समाधि लिए। शिक्षा क्षेत्रमा लागेकाहरूलाई फाइदा पुग्ने मनसायले शिवपुरी बाबाका शिक्षा र अनुशासनसम्बन्धी विचारहरूलाई यहाँ समेटिएको छ।
सशक्त मष्तिष्कका लागि नैतिक अनुशासन आवश्यक छ र त्यससँगै कर्तव्य र उपासना। सही जीवन बाँच, परमात्माको आराधना गर, यो नै पर्याप्त छ, यसभन्दा बढी केहि गर्न पर्दैन।परमात्मामा विश्वास गर्छौ भने तिमीले परमात्मालाई नै खोज्नु पर्छ, तर तिमी केहीमा पनि विश्वास गर्दैनौ भने पनि यो देखिने संसारको पछाडि कुनै अर्थ होला भन्ने तिमीलाई लाग्न सक्छ। तिमीले त्यो अर्थ खोज्नै पर्छ र त्यसलाई बुझ्नु पर्छ।
परमात्माले तिमीसँगै ज्ञानलाई पठाएका छन्। ज्ञान तिम्रो मित्र हो। ज्ञानले चाहनासँग अवैधानिक सम्पर्क गरेर दिमागलाई जन्म दियो। दिमागले चन्चलतासँग विवाह गरेर पाँच इन्द्रियहरूलाई जन्म दियो । दिमागले फेरि आशासँग अर्को विवाह गर्‍यो र रिस र लोभ नामक दुइ छोरा जन्मायो। यसरी एउटा परिवार बन्यो र तिम्रो शरिरभीत्र बस्यो। ज्ञान र चाहना बीचको चलखेल अविद्या हो। समय समयमा दिमागले पाँच इन्द्रिय मार्फत त्रास र चिन्ताको अनुभव गर्छ अनि हडबडाउँछ र आफ्नी आमा ज्ञानसँग सहयोग माग्छ। त्यसपछि ज्ञान तिमी अर्थात आत्मासँग परामर्श लिन आउँछ आत्माले आफ्ना परिवार त्याग्न र आत्मामै समाहित हुन भन्छ। आत्मामा ज्ञान समाहित हुनुलाई नै बोध भनिन्छ।
मानिसका तीन खालका कर्त्तव्य हुन्छन् : शारीरिक, नैतिक र आध्यात्मिक। शारीरिक कर्त्तव्यमा जन्म लिनुका दायित्व पूरा गर्ने, बाँच्नका लागि कमाउने, संसारमा आफू र आफ्नो क्षमतालाई स्थापित गर्ने, आफू प्रति आश्रितहरूको हेरविचार गर्ने आदि पर्छन। नैतिक कर्त्तव्यमा आफू प्रतिको दायित्वप्रति सधै सजग रहने र चौबीसै घण्टा सत्यको खोजी गर्ने पर्छ भने आध्यात्मिक कर्त्तव्यमा परमात्माको आराधना।

तर यो पछि नै गरिनु पर्छ सबैभन्दा अगाडी त पहिला दुइ कर्त्तव्यमा ध्यान दिनु पर्छ। यी दुइ कर्त्तव्यबाट कहिल्यै पनि ध्यान हटाउनु हुँदैन। एक मिनेट मात्रै पनि यी दुइ कर्त्तव्यबाट ध्यान हटायो भने तिम्रो दिमागमा अनेकन अनुरागहरूले आक्रमण गर्न थाल्दछ। यस्ता अनुरागहरूलाई बाहिरै राख्‍न पनि सजिलै छ।तिम्रो घरमा अनेकन मानिस आउँछन्, तिमी तिनलाई चियाआदि दिएर स्वागत गर्छौ। तिनिहरू फेरि आउछन् किनकी तिनिहरूलाई तिमीले स्वागत गर्छौ भन्ने थाहा छ। तर तिमीले तिनलाई स्वागत नै गरेनौ भने तिनीहरूले तिमीलाई छोड्छन् र अन्यत्रै जान्छन्।यहाँ मेरो घरमा जस्तै। यहाँ वरपर काँडेतार लगाइएको छ मैले भीत्र आउन दिनेहरू मात्र भीत्र आउन पाउँछन्।तिमी पनि तिम्रो दिमागको वरपर काँडेतार लगाउ । शरिरका अनेकन आवश्यकताहरू हुन्छन्।

शरिरका हरेक अङ्गका सहि गतिविधिका बारेमा तिमीले थाहा पाउनु पर्छ। ति सहि गतिविधिको छनौट गर्नु पर्छ र बिना कुनै निर्देश वा भूल तिनलाई कार्यान्वयन गर्दै जानु पर्छ।अर्को कुरा दिमाग हो। दिमागमा भावनाहरूले राज्य गर्छन् तर दिमागमा तर्कको राज्य हुनु पर्छ।दिमागमा शान्ति हुनुपर्छ। एउटा कर्त्तव्य आफ्नो शरिर प्रति हुन्छ अर्को घर प्रति हुन्छ, कर्त्तव्य समाजप्रति पनि हुन्छ र कर्त्तव्य समग्र राष्ट्रका प्रति पनि हुन्छ। अर्को कर्त्तव्यचाहिँ व्यवसायिक जीवनको हुन्छ। कर्त्तव्यहरूको पालनाका लागि सबैले धन कमाउनु नै पर्छ।
कर्त्तव्यको पालना सिकाउने काम शिक्षक र अभिभावक दुवैको हो।दुवैले त्यसै अनुसार तयारी गर्नु पर्छ। बालबालिकालाई पाँच वर्षको उमेर देखिनै कर्त्तव्य पालनाका शिक्षा दिइनु पर्छ, उनीहरूको दिमागले कारणहरू सोच्न थाल्नुभन्दा अगाडी देखिनै।
शरिर प्रतिको कर्त्तव्यको पालना शरिरको आवश्यकताको अध्ययन गरेर गर्नु पर्छ।खाने काम पनि शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि मात्र हुनु पर्छ।यसैगरी सुत्‍ने हेर्ने छुने दिसापिसाव गर्ने आदि सबै कर्त्तव्यको पालना शरिरलाई ठिक ठाउँमा राख्‍नका लागि तोकिएको समयमा र बिना कुनै गल्ती गरिनु पर्छ।यी सबै कुरा बालबालिकालाई सिकाइनु पर्छ। उनीहरूलाई यी सबै कुरा स्पष्ट पार्नु पर्छ र उनीहरूले गल्ति गरे भने तिमीले त्यो गल्ती औल्याउनु पर्छ।
यस्ता कुरा अभ्यासमा भर पर्छ। मैले तिमीलाई चिया बनाउन भने । तिमीले बनायौ तर त्यसमा गल्ति भएको हुन सक्छ र सहि स्वाद नआएको हुन सक्छ। चिनि धेरै भएको हुन सक्छ, रङ्‌ग कडा भएको हुनसक्छ।आज गल्ती पत्ता लगाउ समाधान भोलि हुन्छ। भोली तिमीले फेरि गल्ति गर्न सक्छौ पर्सि समाधान निक्लन्छ । यसैले एउटा कुरालाई लामो समयसम्म नियमित अभ्यास गर्दै गए पछि तिमीले सहि स्वाद पाउछौ र तिमी त्यसैलाई निरन्तरता दिन सक्छौ।यसरी नै तिमीले आफ्ना कर्त्तव्यको अध्ययन गर्नु पर्छ । जबसम्म सहि उत्तर पाइदैन हामीले काम दोहराउदै जानुपर्छ, हिजोका गल्तीहरूलाई आज सुधार गर्दै जानु पर्छ ।
तिमी कति चाहन्छौ भन्ने कुरा पहिल्यै निधो गर। कति साथी चाहिन्छ, कति मानिसलाई भेट्नु पर्छ, परिवारसँग बाँच्नका लागि कति कमाउनु पर्छ, राजनीति पत्रकारिताजस्ता विषयमा सोच्न र कुरा गर्न कति समय दिनु पर्छ, कति खाने कति पिउने र कति मनोरञ्जन तिमीलाई चाहिन्छ ति सबैको पहिले नै निधो गर र त्यस अनुरूप नै आफूलाई ढाल। आफूले तोकेको सीमाभन्दा बढी कहिल्यै जान नदेउ।
सत्यको अनुभूति गर्न जीवनलाई त्याग्नु पर्छ तर जीवनलाई त्याग्नुको अर्थ जङ्गल तिर वा गुफामा जानुमात्र होइन। बुद्धले पनि बोधिसत्व प्राप्ति पछि त्यसो गर्न आवश्यक नभएको वताएका छन्। सहि जीवन बाँच्ने हो भने घरमै बसेर पनि सत्यको अनुभूति गर्न सकिन्छ। जीवन त्याग गर्नु भनेको नाम, ख्‍याति र मनोरञ्जनका चाहनाहरूलाई त्याग्नु हो।
दृढ सङ्‌कल्प
समुन्द्रको किनारामा एउटा बदाम जत्रो सानो चरा बस्थ्यो। समुन्द्रतटमा उसले फुल पार्थ्यो तर सधै समुन्द्रको छालले उसको फुल बगाइदिन्थ्यो।सधै यस्तो भए पछि त्यो चरो साह्रै रिसायो।आफ्ना फुलहरू फेरि पाउनका लागि उसले समुन्द्र नै सुकाउने योजना बनायो । दृढसङ्‌कल्पका साथ उसले योजना बनायो र समुन्द्रमा आफूलाई भिजाउँदै टाढा गएर आफ्नो जीउबाट पानी फाल्दै सुकाउन थाल्यो। यो काम उसले नियमित र निरन्तर गर्दै गयो।उसको काम देखेर उ जस्तै अर्को चरो आयो के गरेको भनेर सोध्यो। चराले समुन्द्रमूनि रहेका आफ्ना फुल लिनका लागि समुन्द्रनै सुकाउन लागेको वतायो। अर्को चराले पनि आफ्ना फुल लिनका लागि त्यसै गर्न थाल्यो। ति चराहरू एक पछि बढदै हजारौ भए अनि लाखौ र समुन्द्रनै सुक्यो।

(जे. जी. बेनेट र ठाकुरलाल मानन्धरद्वारा लिखित तथा सन् १९६५ मा प्रकाशित "लङ पिल्ग्रिमेज" मा आधारित)

July 23, 2009

ओबामाको झिंगामाथि बहादुरी !

Filed under: तेसो पो

अमेरिकी राष्ट्रपति बाराक ओबामाले एक अन्तर्वाता दिने क्रममा झिंगामाथि बहादुरी देखाएका छन् । यो घटना अन्य कही नभएर ह्वाइट हाउसमै भएको थियो। एक टेलिभिजन च्यानललाई अन्तर्वाता दिने क्रममा एउटा झिंगा कताबाट हो आएर उनको शरीरका विभिन्न स्थानमा बस्न थाल्यो। पहिला त ओबामाले ‘हट् उता जा’ भनेर धपाउन खोजे।

तर झिंगाले राष्ट्रपतिलाई छाड्न मानेन र बायाँ हातमा गएर बस्यो। ओबामाले आफ्नो सम्पूर्ण ध्यान झिंगामाथि केन्द्रित गरे र एक्कासी दायाँ हातले हिर्काए। अन्तर्वाता लिइरहेका पत्रकारको मुखबाट निस्क्यो -’धेरै राम्रो’ ।

झिंगाले पनि राष्ट्रपतिको प्रहार सहन सकेन । निर्जीव भएर ढलेको झिंगालाई उनले बायाँ गोडाले अलि पर धकेले। अनि पत्रकारलाई सोधे, ‘यसलाई पनि क्यामराले खिच्छौ?’ तर उनको हरेक कृयाकलाप क्यामरामा कैद भइ रहेको ओबामालाई थाहा थिएन।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com