मुगुका मन छुने दृष्यहरु
गरिवी निवारण कोषमा संलग्न विकासमा रुची राख्ने मेरा कलेजका मित्र भुपेन्द्र कार्की हालै मात्र मुगुको यात्रावाट फर्किनु भएको छ । त्रिवीवाट ग्रामिण विकासमा स्नातकोत्तर सकेर फिरन्ते राउटे जातिका वारेमा थेसिस लेख्ने उनै कार्कीले भर्खरै गरेको मुगु यात्राका तस्वीर तंपाइहरुलाइ पनि मन पर्ला भनेर व्लगमा राखेको छु ।
नेपालको अत्यन्तै विकट जिल्ला मुगुको राराताल जति सुन्दर छ त्यो सुन्दरतासंग तुलनै नहुने विकटता मुगु भित्रै रहेको छ । केही मिनेटको प्लेन उडाइपछि मुगु पुग्नेहरु रारातालको वयान गरेर त फर्किन्छन, तर विडम्वना मुगुको विकटतादेखि उनीहरु त्यत्तिकै वेखवर पनि वन्छन । मुगुको जीवन असहज त छदैछ भूगोलले दिएको पिडापनि मुगालीलाइ सही नसक्नुको छ । उत्पादनमा कमी, चिसोका कारण वाली पाक्न वर्ष दिन भन्दा वढि कुर्नु पर्ने वाध्यता , आधुनिक पुर्वाधरको कमी भनी साध्य छैन मुगुको दुख ।
दुखका बीच राराताल हास्दो छ मुगालीपनि पिडालाइ छातिमा दवाएर निष्कपट हास्दा छन । यही असारमा सम्पन्न मुगु भ्रमणमा आफ्नो कार्यक्रम वारे अनुगमन गर्न गएका कार्कीजीले अनेक कहानी सुनाइरहदा मेरो मानसपटलमा तिनै मुगालीका पिडाकाबीचका निष्कपट हांसोले डेरा जमायो । एकमन त सोचे कति टन्टो गरिरख्नु, अर्को मनले भन्यो यो नेपाल हो , नेपालको वास्तविकतावाट वेखवरहुनु एउटा पापै हो, मेरा नजरले करिव सय फोटोमा उत्कृष्ट ठहर्याएका यी तस्विर तपाइहरुसंग शेयर गर्न लागेको छु ।
अनेक पिडा, वाध्यता र कठिनाइकाबीच नेपालको शुन्दरता भने अचम्मकै छ । राराताल हासेकै छ । मुगालीका गालामा हांसोको लाली ताजै छ , पाकृतिक सुन्दरताको त भो कुरै नगरौ । प्राप्ती जंहापनि होला तर अभावकाबीचको हासो नेपालमा मात्रै छ मुगु र मुगुहरुमै छ ।
गरिवी निवारणकोषको कार्यक्रममा एकत्रृत महिला ।
शिक्षाप्रतिको मुगाली महिलाको चासो ।
कार्यक्रमपछि सामूहिक तस्विर खिचाउदै महिलाहरु ।
मुगुका लेक, आहा कति शुन्दर ।
मुगुका वस्ति पृष्ठभूमिमा राखेर तस्वीर खिचाउदै भुपेन्द्र कार्की ।
मुगुका घर र वस्तीहरु ।
वच्चाको स्याहारमा मुगाली किशोर वावु ।
माओवादीको वहादुरी । मुगाली जनता तर्ने पुल जुन द्धन्द कालमा माओवादीले ध्वस्त पारेपछि मुगालीले सास्ती खेप्दै जोखिममा यात्रा गर्नु परेको छ । सरकारमा आएर सहरमा घरघडेरी जोड्न लागेका माओवादीलाइ मुगुका यस्ता पुल संझने फुर्सद भने भएन ।
wow! how picturs, keep it.
Comment by Administrator — June 21, 2009 @ 6:09 am