June 29, 2009

असार पन्ध्रको संझना

आज असार 15, राष्ट्रिय धान दिवस देशभर खेतमा रोपाइँ गरी दही-चिउरा खाएर मनाइँदैछ। ‘असारको पन्ध्र दहीचिउरा खानू, साउनको पन्ध्र खीर’ भन्ने लोकोक्ति प्रख्यात छ। आजको दिनलाई राष्ट्रिय धान दिवसका रुपमा पनि मनाइन्छ ।

आज रोपाइँ गरी दही-चिउरा खानाले गति परिने विश्वासमा खेतीपाती नहुनेहरु पनि अरुको खेतमा वा आफ्नै करेसाबारीमा रोपाइँ गरेर हिलो छुपाछाप गरेर रमाइलो गर्छन् । असारको समयमा किसान अति व्यस्त हुने र खेतको पानी सकिएमा वर्ष दिन खाने बाली लगाउन नपाइने हुँदा धानको बीउ रोप्नेजस्तो व्यस्त समयमा घरमा मानिस मरे पनि घुमले छोपेर काममा जानुपर्छ भन्ने किंवदन्ती छ। बोलीचालीको भाषामा आफ्नो व्यस्तता दर्शाउन पनि ‘मलाई अहिले असारको पन्ध छ’ भन्ने गरिन्छ ।

रोपाइँ गर्दा आफ्ना दुःख पीर तथा जीवनका घटनालाई गीतका रुपमा असारे गीत गाउने पनि गरिन्छ। यसै अवसरमा केही समुदायमा असारे गीतमा जुहारी खेल्ने पनि गरिन्छ । यस वर्ष आधा असार बितिसक्दा पनि पर्याप्त वर्षा नहुनाले धेरैजसो ठाउँमा रोपाइँ हुन सकेको छैन । ‘मानो रोपेर मुरी फलाउने’ यस समयमा खेतमा पानी नभएपछि कृषकमा असार पन्ध्रको खासै उमङ्ग देखिएको छैन।

June 25, 2009

वर्षामा विर्घा !

वर्षा याम  तस्वीर खिच्नेहरुकालागि दशै हो । यो याममा कंहाको पो नराम्रो आउला र तस्वीर । विर्घा प्राकृतिक सुन्दरताको अनुपम भ्याली हो । यंहाको तस्वीर वर्षामा किन पो नराम्रो आउथ्यो त ।  विर्घा र उत्तर पूर्व पर्ने डांडाहरु ।

 हेर्नुस त प्रख्यात विर्घाको पहिरो पृष्ठभूमिमा कालीगन्डकी, श्रीकृष्ण गन्डकीको गुरुगंदी, वलाम वेल्टारी र मालुंगा ।

 

 

पाल्पाका वौगापोखराथोक, रानीघाट तथा नेपालको ताजमहल भनिने रानीघाट दरवार ।

हिंउदको संझना स्वरुप यी तस्वीरहरु ।

June 21, 2009

मुगुका मन छुने दृष्यहरु

Filed under: अतिथी

गरिवी निवारण कोषमा संलग्न विकासमा रुची राख्ने मेरा कलेजका मित्र भुपेन्द्र कार्की हालै मात्र मुगुको यात्रावाट फर्किनु भएको छ । त्रिवीवाट ग्रामिण विकासमा स्नातकोत्तर सकेर फिरन्ते राउटे जातिका वारेमा थेसिस लेख्ने उनै कार्कीले भर्खरै गरेको मुगु यात्राका तस्वीर तंपाइहरुलाइ पनि मन पर्ला भनेर व्लगमा राखेको छु ।

 नेपालको अत्यन्तै विकट जिल्ला मुगुको राराताल जति सुन्दर छ त्यो सुन्दरतासंग तुलनै नहुने विकटता मुगु भित्रै रहेको छ । केही मिनेटको प्लेन उडाइपछि मुगु पुग्नेहरु रारातालको वयान गरेर त फर्किन्छन, तर विडम्वना मुगुको विकटतादेखि उनीहरु त्यत्तिकै वेखवर पनि वन्छन । मुगुको जीवन असहज त छदैछ भूगोलले दिएको पिडापनि मुगालीलाइ सही नसक्नुको छ । उत्पादनमा कमी, चिसोका कारण वाली पाक्न वर्ष दिन भन्दा वढि कुर्नु पर्ने वाध्यता , आधुनिक पुर्वाधरको कमी भनी साध्य छैन मुगुको दुख ।

दुखका बीच राराताल हास्दो छ मुगालीपनि पिडालाइ छातिमा दवाएर निष्कपट हास्दा छन । यही असारमा सम्पन्न मुगु भ्रमणमा आफ्नो कार्यक्रम वारे अनुगमन गर्न गएका कार्कीजीले अनेक कहानी सुनाइरहदा मेरो मानसपटलमा तिनै मुगालीका पिडाकाबीचका निष्कपट हांसोले डेरा जमायो । एकमन त सोचे कति टन्टो गरिरख्नु, अर्को मनले भन्यो यो नेपाल हो , नेपालको वास्तविकतावाट वेखवरहुनु एउटा पापै हो, मेरा नजरले करिव सय फोटोमा उत्कृष्ट ठहर्याएका यी तस्विर तपाइहरुसंग शेयर गर्न लागेको छु ।

 अनेक पिडा, वाध्यता र कठिनाइकाबीच नेपालको शुन्दरता भने अचम्मकै छ । राराताल हासेकै छ । मुगालीका गालामा हांसोको लाली ताजै छ , पाकृतिक सुन्दरताको त भो कुरै नगरौ । प्राप्ती जंहापनि होला तर अभावकाबीचको हासो नेपालमा मात्रै छ  मुगु र मुगुहरुमै छ ।


 

गरिवी निवारणकोषको कार्यक्रममा एकत्रृत महिला ।


शिक्षाप्रतिको मुगाली महिलाको चासो ।


कार्यक्रमपछि सामूहिक तस्विर खिचाउदै महिलाहरु ।


मुगुका लेक, आहा कति शुन्दर ।


मुगुका वस्ति पृष्ठभूमिमा राखेर तस्वीर खिचाउदै भुपेन्द्र कार्की ।


मुगुका घर र वस्तीहरु ।


वच्चाको स्याहारमा मुगाली किशोर वावु ।


माओवादीको वहादुरी । मुगाली जनता तर्ने पुल जुन द्धन्द कालमा माओवादीले ध्वस्त पारेपछि मुगालीले सास्ती खेप्दै जोखिममा यात्रा गर्नु परेको छ । सरकारमा आएर सहरमा घरघडेरी जोड्न लागेका माओवादीलाइ मुगुका यस्ता पुल संझने फुर्सद भने भएन । 

 

June 19, 2009

वालापन, गांउ र रमाइला दिनहरु

सर्टीफिकेट जम्मा गर्ने ध्याउन्नले व्लग अपडेट गर्ने फुर्सद पनि मिलेन । अनेक पटकका वाचाले हावा खाए । तैपनि व्लगको तिर्सना ताजै छ । सोसोलोजी दोश्रो वर्षको जांज दिन केही दिन नियमित कामवाट विदा लिए । त्यसै शिलशिलामा व्लगले पनि हावा खायो । लाष्ट पेपर त वांकी नै छ ।

माधव नेपालको जम्वो मन्त्रीमन्डल गठन र मेरो व्लगमा नंया अपलोड एकै पटक भएको छ । बिचरा राजनैतिक जीवनको उत्तरार्द्धमा प्रधानमन्त्री पद ४ महिनाकालगि पाएका माधव नेपाललाइ जस्तो धपेडी त मलाइ व्लग अपलोडमा छैन । वाचुन्जेल पाठकका समिपमा रहने अतृप्त इच्छा मनभरी लिएर व्लगकारिता शुरु गरेको मैले इलाम गए चियावारिमा वसेर, इटहरी भए अशोक वुक्षको छांया लागेर, भोजपुर भए ट्याम्केको अडेस लागेर, चितवन भए सौराहाका हात्ती हेर्दै, वुटवलमा भए शिद्धवावाको फेरमा, पाल्पामा भए श्रीनगरको छहारी वा वतासे डांडामा रहेर, गुल्मी हुदा रेसुगांको शिरमा प्युठान भए स्वर्गद्धारीको फेदीमा, दागं भए चमेरे ओडार छिमेकमै, रुकुमको चौरजहारी होस या जुम्लाको सिंजा जहा भएपनि व्लग लेखीराख्ने इरादामा छु म । वुढेसकालमा विर्घा अर्थात मेरै गांउको घरको पिंढीमा वसेर व्लग गर्ने धोको छ ।

सवै इच्छा पुरा नभएपनि यति जावो इच्छा त कसो नपुग्ला र भनेको छु । राजधानीमा केही दिन पानी नपरेपछिको गर्मीले धपक्क वनाउदा भन्ज्यागंको हावालाइ मैले मिस गरेको छु, दोस्तहरुको खडेरी पर्दा चिन्तामणी शुरेस वा गणेश सर्दीलाइ मिस गरेको छु ।र टाइम पास नभएर दिक्क हुदा गनवहादुर दाइको या चन्द्रकान्तको घर मिस गरेको छु । वेलुका पख घुम्न मनलाग्दा लाइव्रेरीको आंगनले सताउछ । तिर्खाले धपक्क वनाउदा राकस्दीको धारो कल कल वगेको संझन्छु ।

 शूदुर शहरमा वसेर गांउका अनेक यस्ता संझनाहरुले सताउदा तमाम देश विदेशमा रहने नेपाली दाजुभाइलाइ पनि मैले एकसाथ मिस गरेको छु । न भाषा न भेष न आफन्त न त आफ्नै रहन सहन ती तमाम नेपाली वयहरु कतै अपरिचित शहरमा भौतारिदै होलान, काम छुट्ने हतारोले गाडी पक्डन हस्यागं फस्यागं गर्दै होलान या सप्ताहन्तमा नेपाली दाजुभाइ भेट्ने या गेट टुगेदर गर्ने इरादा वनाउदै होलान । अझ कति कामको अभावमा साथीको सापटीमा चल्दै होलान या , अपार्टमेन्टको भांडा तिर्न अनेक दाउ सोच्दै होलान । नेपालमा त कम्तीमा त्यस्तो धपेडी या निराशा त्यस्तोविधी छैन ।

के गर्ने कति छन कति यस्ता मिस गर्ने कुराहरु । जति थियो गांउमै थियो । जे थियो वालापनमै थियो । जति सिकीयो आकाशे रंगको सट र निलो पाइन्ट लाएर स्कुल पढ्दा नै सिकियो, जति हंस खुस थियो १२-२० मै थियो (१२ देखि २० वर्षाको उमेरमा क्या )। अहिले त के हुनु । करियर भन्यो, उत्तरदायीत्व र जिम्मेवारी अनि अपेक्षा र प्रतिष्पर्धा संझियो वस आफु कंहा होइन्छ ठेगान नै नहुने रैछ । न त कुनै सुन्दरताले नै भुतुक्कै छुन्छ । न त साना तिना सफलताले नै पुलुकित गराउछ । यस्तै मेसोमा आशावादीताको चर्को आवरण अनि चरम व्यस्तताकाबीच तपाइहरु सवैलाइ सलाम ।

June 11, 2009

रुवाए वालवालिकाले


आखिर वाल वालिका न हुन । न रीस न लोभ न लालचा । उन्मुक्त हांसो,वालसुलभ वानी व्यहोरा केटाकेटीले छिटै छुन्छन मानवीय संवेदना हुने हरुका लागि । सवैको जीवनमा एकवार आउने तर स्मृतिमा सधे रहने महत्वपूर्ण क्षण हो वालाजीवन ।

हर कोहीपनि वाला जीवनवाट अछुतो रहन सक्दैन । सवैले भोगेको तर भुल्न नसकिने र नदोहोरिने क्षण वालापनले युवालाइ भन्दा छिट्टै वुढावुढीलाइ छुन्छ नै । गएको दशैताका तिनै केटा केटीले रुवाए वुढावुढीलाइ । दशैको मेसोमा आयोजना भएको भलीवल प्रतियोगिताका शिलशिलामा शहरमा वसेर आधुनिक शिक्षा लिएका र गांउघरमा कमै देखिने माथिका  वालवालिकाले गीत गाइरहदा वृद्ध तर रसिक मोहनीलाल खरालका आंखा रसाए भने छेवैमा रहेका वृद्ध गोविन्द प्रसादकापनि गला अवरुद्ध भए ।

यो दुर्लभ तस्विर फेरी विर्घा वासिका नजरमा आउला नआउला एकवारको जुनीमा मैले फुर्सद मिलाएर यंहा तपाइहरुला पस्के राम्रो लागे कमेन्ट लेख्नुहोला नलागै के भनौ र खोइ ।

June 7, 2009

कलाकारहरु माओवादीमा

 

चलचित्रकर्मीहरु माओवादी पार्टीमा प्रवेश गरेका छन। काठमाडौंमा आयोजित कार्यक्रममा ९६ चलचित्रकर्मी माओवादी पार्टीमा प्रवेश गरेका थिए । माओवादीमा प्रवेश गर्ने कलाकारहरुमा चर्चित चलचित्र निर्देशक, लेखक तथा निर्माता शिव रेग्मी, चर्चित चलचित्र गायिका अन्जु पन्त, लेखक निर्देशक राजुध्वज राणा, चलचित्र द्वन्द निर्देशक एन।बी महर्जन, निर्माता निर्देशक कलाकार गायक तथा सङ्गीतकार जयनन्द लामा, निर्देशक निर्माता दीपक श्रेष्ठ, वरिष्ठ प्राविधिज्ञ ज्योतिलाल राना,चर्चित नृत्य निर्देशक भुवन श्रेष्ठ, निर्माता तथा वितरक छवि ओझा, चर्चित हाँस्यकलाकार तथा निर्माता निर्मल शर्मा, हाँस्यकलाकार सुलेमान कुँवर ‘इकु’ कलाकार तथा निर्माता रामकृष्ण बजगाईं, नायक तथा निर्माता सुनीलदत्त पाण्डे, निर्देशक तथा रङ्गकर्मी गोपालचन्द्र लामीछाने, द्वन्दनिर्देशक रोशन श्रेष्ठ, निर्देशक निर्माता तथा कलाकार उदय सुब्बा लेखक तथा निर्देशक सुरज सुब्बा पनि सँगै माओवादीमा प्रवेश गरेका छन्।

यसैगरी माओवादीमा प्रवेश गर्नेहरुमा चलचित्र लेखक तथा निर्माता मौनता श्रेष्ठ, निर्माता तथा वितरक वसन्तकुमार श्रेष्ठ, हरी बराल, वितरक तथा प्रदर्शक केवी क्षेत्री, चलचित्र पत्रकार सविन शाक्य, छयाङ्कार डिक खड्का, निर्माता तथा निर्देशक राकेश मानन्धर, नृत्य निर्देशक अच्युत घिमिरे, द्वन्द निर्देशक कुमार श्रेष्ठ, हिमाल केसी, कुमार महर्जन, निर्देशक योगेश घिमिरे, रामजी लामीछाने, सागर लामीछाने, चलचित्र सम्पादक राजु भण्डारी, नायिका सिर्जना बस्नेत, निर्माता तथा नायक राहुल केसी, निर्माता तथा कलाकार विवेक सापकोटा, प्रदर्शक तथा वितरक गोपाल कायस्थ, छायाङ्कार दुर्गा पौडेल, लेखक तथा कलाकार कृष्ण ढुङ्गाना छन्।

स्थिर छायाङ्कार सुरज चन्द, शृङ्गारकर्ता राजकुमार भुजेल, गायक तथा सङ्गितकार विकास चौधरी, मनोज राज, कलाकारहरु राजेन्द् पोखरेल, सुन्दर श्रेष्ठ, आमोद कार्की, सुभद्रा पोखरेल, वीपेन्द्र खड्गी, अनिता कार्की, वृन्दा दुलाल, भरत कार्की, टीका गर्तौला, जानुका केसी, धन पाख्रीन, आशिष तिवारी, विकास श्रेत्री, सरु खड्का, वीरबहादुर तामाङ, डीपी क्षेत्री, नीरबहादुर बलम्पाखी शनिबार माओवादीमा प्रवेश गरे।

यसैगरी माओवादीमा नवप्रवेशीहरुमा चलचित्र पत्रकार राजन घिमिरे, नायक तथा निर्माता कल्याण घिमीरे, निर्माता इन्द्र कार्की, निर्माता तथा निर्देशक मोहन शाह, छायाङ्कार नारायण श्रेष्ठ, महेन्द्र थापा, शम्भु सापकोटा, डम्बर राई, मदन घिमिरे, सौरभ लामा, दिनेशकुमार राई, घनश्याम पुरी, नृत्य निर्देशक रुपेश उप्रेती, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रणक राजु क्षेत्री, निर्माता सन्देशमान श्रेष्ठ, द्वन्द कलाकार गोकुल खत्री, कला निर्देशक निर्जल श्रेष्ठ, निर्देशक विनोद सेरेङ्गा, सृङ्गार विनोदमणी दाहाल, निर्माता तथा कलाकार कृष्णकुमार कार्की, गायिका पुजा सुनुवारलगायत छन्।

June 3, 2009

त्यस्ता राजा जो मारिए !


तत्कालिन राजा विरेन्द्रको निर्ममतापूर्वक हत्या गरिएको आज आठ वर्ष पूरा भएको । यी राजा त्यस्ता दयावान राजा थिए जस्ले जनताको इच्छाका अगाडी आफ्नो श्रीपेच दाउमा लगाउन तयार थिए । उनको शालिन व्यतित्व, भलादमीपना, र कुटनैतिक शुझवुझ तथा सरल परिवार नेपालीको मनमष्तीष्कमा भिजेका थिए

। यी राजा आधुनिक शिक्षालेयुक्त र सरलताका प्रतिमूर्ति थिए ।  मलाइ संझना छ  यी राजाको हत्या हुदा म हिमालय टाइम्सको डेस्कमा काम गर्दथे । वेलुकाको सिफ्टमा अग्रज दाइ गोविन्द लुइटेल, ज्ञानराम श्रेष्ठ, वासुदेव खनाल सम्पादक कुमार सापकोटा र म थियौ अफिसमा । वेलुका पौने दशवजेको हुदो हो  कान्तिपुर वाट फोन आयो । तत्कालिन सम्पादक युवराजज्ञवालीको टिमवाट त्यो फोन आएको थियो । अविस्वसनीय राजदरवार हत्यकान्डको खवरपछि आएको एक्र फोनले हामी सवैको श्वास रोकिएको थियो । त्यतिवेला जम्मा दुइवटा मारुति रहेको हाम्रो अफिसमा एउटा मारुति प्रकाशक उज्जवल सरकोमा थियो भने एउटा मात्र भएको मारुति भ्यान चढेर  हामी सत्यता पहिल्याउन दरवारतिर जाने निधो गरेर मैतिदेवी तिर लाग्यौ । सिधावाटो जानु उपयुक्त नहुने देखेर हामी त्यता लागेका थियौ ।

 घटनाको पुष्टी नभएपनि अशुभ हललाले प्रहरीले हामीलाइ अगाडी वढ्न दिएन । राति नै हामी अफिस फर्कियौ । खवर छाप्ने आंट आएन । पुष्टी गर्ने श्रोत पनि पाइएन । यसै अलमलमा म आफ्नो जिम्मामा रहेका पेज सकेर कोठामा फर्किए । न्रि्रा के लाग्थ्यो रात त्यत्तिकै वित्यो । विहान सवेरै टोलमा कल्यागं वल्यागं सुनियो । मान्छेहरु सडक सडकमा निस्कएका थिए । के गर्ने कसो गरेने , भएको के हो यस वारेमा पनि असमन्जस थियो । विहानै हामी दरवार मार्ग तिर सोझियौ मान्छेको भिड, अनेकथरी आशंका थिए । नेपालको आकाशमा कालो वादल मडारीदै थियो ।

दरवार मार्गमा मलिन अनुहारको मेला लागेको थियो । खवरविहिन अपसकुनले मानिसको भोक र बथकान नामेट भएको थियो । त्यत्तिकैमा अपरान्ह ३ वजेवाट कर्फ्यु घोषणा भयो अनि वल्ल हामी घर फर्कियौ । त्यसपछिका घटना त नेपालीहरुबीच घाम जस्तै छर्लगं छन । के गर्ने ती भद्र राजको देहावसान भएको यो आठौ स्मृति दिवसमा मेरो संकलनमा रहेका इतिहासका तिनै प्रिय राजा  उनको शालिनता र परिवारका तस्वीरहरु हेर्दै गर्दा  मेरो आंखामा वादल लाएजस्तो भएको छ । दृष्य धमिलो देखिएको छ । उदार र प्रजातन्त्र प्रेमी राजा वीरेन्द्रको बंश विनाश भएको आजको दिनलाई नेपाली इतिहासमा कालो दिनका रुपमा लिइने गरिन्छ।  अहिलेसम्म पनि दरवार हत्याकाकाण्ड  रहस्यको गर्भमै छ। 
उदारवादी राजा वीरेन्द्रको बंश विनाश भएको घटना समयसँगै विस्तारै ओझेलमा पर्दै गएको छ। ललितपुरको जावलाखेलमा रहेको वीरेन्द्रको शालिकमा माल्यार्पण गरी आज सिमित व्यक्तिहरुले मात्र राजा वीरेन्द्रलाई सम्झेका छन्। मुलुक राजतन्त्रबाट लोकतन्त्र हुँदै संघीय गणतन्त्रतर्फ उन्मुख भएकोले पनि बदलिँदो परिस्थितीमा राजा वीरेन्द्रको सम्झनामा कमी आएको विश्लेषण गरिएको छ। तर, पनि लोकतन्त्र र प्रजातन्त्रप्रति राजा वीरेन्द्रले देखाएको उदारता नेपाली इतिहासमा भुल्न भने नसकिने विश्लेषकहरुको भनाई छ।
हिमालय टाइम्स छदाका र अघि पछि विभिन्न माध्यमवाट शंकलन गरिएका विरेन्द्रका तस्विरहरु हेर्दै गर्दा फुत्कीएका यी समवेदनाका शव्दहरु तिनै राजालाइ जो अकालमै मारिएका थिए ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com