राजधानीको शन्देश
माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएपछि यो राजधानीमा वत्ती गएको मलाइ हेक्का रहेन । यो एउटा संयोग मात्रै हुन सक्छ । वर्षा शुरु हुनु र माधव नेपाल प्रधानमन्त्री हुनु एकै समय भएको छ । खैर हामी उपभोत्तालाइ त यसले राम्रै राहत दिएको छ । लामो खडेरीले तातेको माटो यतिवेला लगातारको वर्षाले हुनुसम्मको सितल भएको छ । यदी तंपाइ राजधानी वाहिरवाट यता आउदै हुनुहुन्छ भने न्यानो लुगा वोक्न नविर्सनु होला । झरीले माटोको सुगन्ध फेरिएको छ । सडकहरु सिनित्त सफा देखिएका छन । वर्षादी वोक्ने या छाता ओढेर गन्तव्यमा पुग्नेहरुको लर्को काठमाण्डुकालगि अहिलेको परिचय वनेको छ ।
हुनत यो चन्द्रमास अनुसार जेठमै परेको झरी जस्तो लागेपनि पात्रो मिलान गर्दा अहिले असार हुने ज्योतिषहरु वताउदै आएका छन । फोटोग्राफीकालागि भने यो समय अद्धितीय छ । छर्लगं खुलेको मौषम, पानी परेपछिको आकाश, खुलेको सिजन वा, क्या मनमोहक छ यतिवेला राजधानी । विहानको मेलो भएको म जव सार्वजनिक वसको छेउको सिटमा वसेर भक्तपुरतिर हुइकिन्छु मन हर्र फ्रेस भएर आंउछ । मन लाग्छ ति तस्विरहरु तपाइलाइ पस्कु तर अनुकुलता मिलेको छैन ।
मौषमको मनमोहकतासंगै राजनितिले पनि गति पक्डने मेलो गर्दैछ । कांग्रेसको पूर्ण विश्वास र २२ राजनैतिकदलको सहकार्यमा एमाले नेतृत्वको सरकारले पूर्णता पाउनै लागेको छ । नंया सरकारका नंया अर्थमन्त्री सुरेन्द्र पान्डेले जनतालाइ माछा उपहार नदिने तर माछा मार्ने कला सिकाउने उद्घोष गरेर आउने वजेटले राहतका कार्यक्रम वढाउने वताएका छन । नंया सरकारको गठनपछि शेयरवजारले कोल्टे खेलेको छ । स्टक मार्केटलाइ जुवाघर वताएर लगानीकर्ताको सातो लिने अर्थमन्त्री वावुराम भट्टराइको वहिर्गमनसंगै शुरु भएको शेयरको उकालो यात्राले लगानीकर्ता हौसिएका छन ।
खैर तंपाइ जंहा भएपनि राजधानीको यो खुस खवर शुनेर पुलुककित त हुन नै भएको होला । तंपाइहरुको हाल कस्तो होला । केही शव्द लेख्न कन्जुस्याइ नगर्नुस्न । यो पेजलाइ म मिलाउन गइरहेको छु । त्यतिन्जेल कमेन्ट लेख्न आर्टिकलको टाइटलमा क्लीक गर्नुस्त कमेन्ट वक्स डिस्प्ले हुन्छ । आगे तंपाइको जिम्मा ।