May 27, 2009

श्रीलंकामा युद्धअपराध छानविन माग

श्रीलंकामा मंगलबार समाप्त भएको युद्धका क्रममा भएका युद्धअपराधबारे स्वतन्त्र छानविन गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट माग गरिएको छ । राष्ट्रसंघका मासविच बान की मुनले पनि छानविनका लागि आव्हान गरेका छन् । तमिल टाइगर विद्रोही र सेना दुवैतर्फवाट हजारौं सर्वसाधारण मारिएको अनुमान गरिएको छ । टाइगरले मानवढालका रुपमा सर्वासधारणलाई प्रयोग गरेको र सेनाले जथाभावी आक्रमण गरेर धेरै मानिसको ज्यान लिएको अनुमान छ ।
स्वतन्त्र छानविनका पक्षमा रहेका राष्ट्रसंघका महासविच वान की मनु शुक्रबार श्रीलंकाको भ्रमणमा जाँदैछन् । उनले मंगलबार जेनेभामा पत्रकारसँग कुराकानी गर्दै स्वतन्त्र छानविनको आवश्यकतामा जोड दिए । “सर्वसाधारणको ज्यानप्रति म गम्भीर छु”, उनले भने । राष्ट्रसंघ मानवअधिकार परिषदले आगामी साता श्रीलंकाको मानवीय संकटलाई केन्द्र बनाएर विशेष बैठकको आयोजना गर्ने भएको छ । “सशस्त्र द्वन्द्वमा सर्वसाधारणको ज्यान गएको बेला मानवअधिकार परिषद मार्टिन इहोगियान उहोमिभिहीले भने,”मानवअधिकार उल्लंघनका पीडितलाई अन्तर्राष्ट्रिय समुदायले न्या दिनुपर्छ। ” युद्ध समाप्त भए पनि उत्तरीश्रीलंकामा युद्धकै जस्तो अवस्था छ ।
सहायताकर्मीलाई अझै पनि युद्धप्रभावित क्षेत्रमा प्रवेश गर्न दिइएको छैन । धेरै महिनादेखि पेटभरि खान नपाएका महिला र बालबालिकाको अवस्था चिन्ताजनक रहेको दाताहरुले बताएका छन् । “श्रीलंकाले अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ। अझै पनि दण्डहीनतालाई प्रश्रय दिइनु हुँदैन ।” नवअधिकार उच्चायोगका एक प्रवक्ताले भने ।
बेलायतले पनि आफ्नो पूर्वउपनिवेश श्रीलंकामा भएको मानवअधिकार उल्लंघनको स्वतन्त्त छानविनका लागि माग गरेको छ । तीन महिनायता साढे ६ हजार तमिल सर्वसाधारणको ज्यान गएको बताइए पनि युद्धको अन्त्यतिर अरु धेरै मानिसको ज्यान गएको आशंका गरिएको छ । तमिल टाइगरले आइतबार हतियार बिसाएको जानकारी दिँदै एकै दिन तीन हजार तमिल सर्वसाधारणको मृत्यु भएको दाबी गरेका थिए ।
मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले युद्धमा सेना र विद्रोही दुवै पक्षले सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएको छ । दुइ साताअघि सार्वजनिक भूउपग्रहमा खिचिएको तस्वीमार सेनाले सर्वसाधारणमाथि भारी हतियार प्रयोग गरेको संकेत प्राप्त भएको वाचले दोहोर्žयाएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/05/27/p640/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com