कविसँग कविता गाउँको यात्रा
· बालकृष्ण बस्नेत
चैतको मध्यदिनमा पनि ज्याकेटको याद आउने गरी चिसो हावा चलेको थियो । हामी हाम्रो पैदल यात्रा थाल्नु अघिको विश्राममा थियो । पारीपट्ट माच्छापुच्छ्रे हिमाल खुलेर हास्दै थियो । सँगैका केही सहयात्री आफ्नो रोजाई अनुसारको खानेकुराले भोक मेटदै थिए । मौसमको मेलो नपाएर मैले पातलो कपडा मात्र लायर आएको थिए, त्यसैले म अलिक हतार गरेर बाहिर घाममा राखेको टेवुलमा निस्किय । निकै आनन्दको अनुभूति भयो । एक्लो घामको बसाइलाई साथ दिन छेउँमै आएर बसिन सहयात्री बसन्ती । म भन्दा त्याहाको परिवेशसँग अलिक पुरानो चिनजान छ उनको ।
म उनीसँग सोध्न थाले हाम्रो यात्रा र स्थानीय परिबेशको वारेमा । उनले मायालु स्वरमा झर्को मानेझै गरेर भनिन ‘सबै अहिले नै भन्यो भने यात्राको रमाइलो घटन सक्छ ।’ मैले जिज्ञासा राख्ने क्रम रोकिन । सायद बढी नै सोधे कि क्याहो । उनले कडा स्वरमा भनिन, ‘टुरिष्ट नै त नवनन यार’ । ‘घरको भात त मीठै नलाग्ने’ । हाम्रो ध्यान खिच्ने गरी १५/१६ वर्षो किशोर आवाज सुनियो । हामी दुवैले ती किसोर भएतर्फटाउँको फर्कायो । ऊ आफ्नै साथीसँग गफमा मस्त थियो । ‘म तरकारी खादिन’ होटल साहुनीको तरकारी हाल्दीउ भन्ने अनुरोधलाई प्रतिवाद गर्दै ती किसोरले जवाफ फर्काए । उसलाई मासुको लत लागेको रहेछ । दुवै रहेछन् बसका सहचालक । दुइ दिनको कविता गाउँको पदयात्रामा निस्किएका हामीलाई चकित पार्ने गरी तिनीहरु कुरा गर्दै थिए ।
‘भाई त्रि्रो नाम के हो नि -’ साथी वसन्तीले प्रश्न तेरसाइन । ‘सवैले खले भन्छन क्यारे’ बागलुङ घर बताउने उनले विनासंकोच इमान्दार भएर बोले । बसका सहचालक रहेछन् उनी । खलासी भएर होला खले भनेका । कस्ले भन्छ तिमीलाई खले ड्राइभरले – प्रश्न पनि सकिन नपाइ तिनले जवाफ दिए ‘होइन’ । ‘ड्राइभर पनि पहिला खलासीबाटै बनेका हुन’ उसले भन्यो । त्यसो भनिरहदा उसलाई आफ्नो नाम प्रति कुनै गुनासो थिएन ।
‘घर जान हिडेको दिलिपले भन्यो ‘घरमा पनि नमिठो त काहा“ हुनु तर फरक फरक होटलका स्वादले मुख बिग्रिएको छ’ । स्कुल पढ्दा-पढदै छोडेर आएका उनीहरुमा पहिला शहर हेर्ने रहरले तान्यो रे । अनि त घर बस्ने गरी फर्किएनन । बाटोमा ओहोर-दोहोर गर्नेको भिड थियो । यतिवेलासम्म हाम्रा यात्राका सहयात्री गितकार/कवि विनोद गौचन, र कवि भावना अधिकारी हाम्रो गफको स्रोता बन्न नजिक आइपुगी सकेका थिए ।
र्
पर्यटन साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यले विनोद गौचनको परिकल्पनामा भर्खर लुम्ले गाविस कविता गांउमा परिणत भएको हो । ‘लुम्लेलाई औपचारिक रुपमा कविता गाउँ घोषणा गरिएपछिको यो पहिलो साहित्यीक यात्रा हो’ गीतकार गौचनले भने । लुम्लेकै पोथना पुग्ने योजनामा हामी थियौ । ‘ओई पत्रकार’ म झसंग भएर पछाडि हेरे । करिव २४ वर्षो गुरुङ युवतीले मुस्काउदै भनिन, ‘हजुरलाई भनेको होइन’ । अन्तै गफमा मस्त साथी वसन्तीको पिठ्युमा मायालु धाप मार्दै ती युवतीले भनिन, ‘बोलाको पनि सुन्न छाडिस है ।’ उनी रहिछिन हाम्र्रा् सहयात्रीको बाल्यपनको साथी निरु गुरुङ । धेरै दिनपछि भेट भएका हितैषीहरुको मायालु संवादमा हामी पनि केही वेर रमायौ । ‘अलिक अगाडि आएको भए लालीगुरास फुलेको हेन पाइन्थ्यो’ निरुले हाम्रो यात्राको बारेमा प्रतिक्रिया दिइन । जवाफमा विनोद दाइले हास्दै भने, ‘हामी मनमा लालीगुरास फुलाएर यात्रामा निस्किएका बनमा फूल सुकेर के भो र -’ निरुसँग ठट्यौली विदाई गर्दै हाम्रो पैदल यात्रा सुरु भयो ।
‘साच्चै लालीगुरास त सुकिपो सकेछन’ गुरासको फेदीमा छायँपर्दै भावनाले भनिन । ‘यसपालीको लामो खडेरीले चाडै सुक्यो नानी’ लाहुरे भेषका एक अधवैशेले भने । लाइट भएको एफएम रेडियो बोकेर काडेको उकालो चढदै गरेका खाइलाग्दो देखिने ती अधबैशेले मोटो लौरो टेकेका थिए । मनमनै सोचे बहादुरै मान्छेलाई पनि उकालोमा लौरोको सहारा त चाहिदो रहेछ ।
काजीमान रानामगर नामका ती अधबैशेलाई जो कोहिले रिटायर्ड लाहुरे भन्ने अनुमान लगाए पनि सबैको अनुमान गलत सावित भयो । ‘आफन्तले ल्याइदिएको फँट्यो यो रहरले आफै किनेर लगाएको ।’ उनले आफ्नो पोशाकको बारेमा स्पष्टिकरण दिदै भने, ‘यो नक्कली हो ।’ तिनलाई राजनीतिमा चासो थिएन तर घृणा पनि रहेनछ । उनी भर्खरै सम्पन्न उप-निर्वाचनको परिणाम जान्नको लािग समाचारको खोजिमा एफएम रेडियोको ट्युन वटार्दै थिए ।
लान्दुक घर हिडेका उनले भने, ‘गा“उमा कुहिएको चामल जान्छ केही उत्पादन हुदैन छोराको पार्सपोर्ट बनाएर आएको पहिला बनाएको एजेन्टले खायो ।’ समग्र गा“उको प्रतिनिधित्व गर्दै बोले उनी । ‘जुन पार्टर्ीीाए नि खुट्टा तानातान । पहिला ढिडो खुवाएर र सेनाको लात्ती खाएर पालेको मान्छे एैसरले गरीवलाई कानुन लाउने’ तिनी माओवादी भातृसंगठन वाईसीएलको कुरा गर्न खोज्दै थिए । ‘राजनीतिमा पनि च्याख -रहरमर्दै गयो ।’ उकालो चढेको थकानको सुस्केरामा बोले उनी ।
‘ए मामा के छ खवर -’ खच्चडलाई सिमेन्ट बोकाएर आएका पुर्ण बहादुर विक चौतारामा बसेपछि रानाको कुरा मोडियो । ४५ देखि ७० हजारसम्म पर्छ खच्चडलाई खुकुरी भिरेका उनले भने ‘एउटा खुकुरी र लाइटको भरमा ७५ वटा जिल्ला घुम्न पर्छ ।’ उनले हामीलाई पछि पार्दै अगाडि बढे । सोचे हामी जस्तै उनी पनि ट्रेकिङ्गका लागि हिडेका भए उनी पनि थकाई मार्दै उकालो चढथे होला । उकालोमा आराम गर्दै गर्दा हामीलाई गा“उका सवैले छाडीसकेका थिए । लालीगुरासको बोटमा बाकी रहेका फाट्ट फुट्ट गुरासका थुंगाले पनि हामीलाई रोमाञ्चित बनायौ ।
‘यो फुल पनि अव राष्ट्रिय फुल हैन भन्न सक्छन् कतिपयले ।’ विनोदले कुरा निकाले, ‘भन त भावना के हुन सक्छ – अवको राष्ट्रिय फुल -’ ‘अअअ… बनमारा’ उनले कुनै सोचविचार नै नगरी प्वाक्क भनिन, यो नेपालमा सबैतिर पाइन्छ ।’ हामीलाई पछि पार्दै अघि बढेका भारी बोक्ने पेसा गर्नेहरुलाई देखेर मनमनै सोचे ‘यो बाटो, यो जङगल कसैलाई दिनचर्या छ कसैलाई ट्रेकिङ ।’
ठुला खर्क पुग्दा अचम्मको बातावरण देखियो ढुङगा कुदेर बनाउन लागेका होटल, सम्मो ठा“उ अनि र्छलङ देखिने हिमाल । तर स्थानीयबासिलाई ती हेरेर रमाईलो हुदो हो त – छोराछोरी बोकेका महिला, तिनका कपडा र कोशेली बोकेका बुढा मानिस, नेपाली भन्दा विदेशी नाम बढी बोल्दै बाटो काटदै थिए । अस्टि्रयन क्याम्प चर्चित रहेछ नाम । मैलेत सोचेको थिए अष्ट्रेलियालीहरु क्याम्प बनाएर बसेका होलान कुनै प्रोजेक्टका लागि तर त्यो त ठाउँको नामपो रहेछ । ‘पहिला अस्टि्रेलियनहरु क्याम्प बनाएर बसेकोले त्यो नाम राखेको’ यो बाटो र गा“उलाई थुप्रै पटक नजिकबाट नियालेका विनोदले भने ।
मन रमाएपनि शरिर थाकेको प्रष्टै अनुमान लाउन सकिने गरी विदेशी पर्यटकहरुको ताती विपरित दिशाबाट आउदै गरेका प्रसस्तै भेटीय । पर्यटक लखतरान थिए । त्यसभन्दा बढी लखतरान थिए तिनीहरुका भारी बोक्ने पोटर । डोकोमा उनीहरुका सामान लिएर हिडदै थिए । तर अनुहारमा खुशी थियो । कर्मा सिङ लोप्चन तामाङ, लक्षिन र्राई एउटै गा“उका रहेछन् रसुवा घर बताउने उनीहरुको दिनचर्या भने कष्टकर थियो । ‘उकालोमा ४०/५० केजिको सामान बोकेर हिड्नु दुःख छ नि घरमा उव्जाएको ४ महिना खान पुग्दैन’ लोप्चानले भने, ‘घरमा काम नभएको बेला यता आएको केही कमाएकोले घरमा सहयोग होला भनेर ।’ झन कर्माले त तीनओटा बिहे गरेका रहेछन् ‘सबै बुढीहरु छोडेर गइहाले’ उनले भने ‘छोराछोरी छन् पाल्न पर्यो ।’ दोहोरी गीत खुव गाउनुहुन्थ्यो कि क्या हो – ‘अ हो त दोहोरीमा जितेर त तीन ओटी ल्याएको ।’ दोहारीमा जस्ले जित्यो उसैले लैजाने पुरानो चलनलाई उनले बुझाए हा“स्दै भने ‘तर त्यसरी ल्याएको बस्दा रहेनछन् ।’
लक्षिन राइले भने अझैपनि कुमारमै चित्त बुझाउन परेको रहेछ । ४५ वर्षो र्राईलाई विहे गर्ने रहर नै भएन रे । बाटैभरी नौला-नौला फुल र बोटहरु थिए ति भन्दा नौला लाग्थे पदयात्राबाट फर्केका पर्यटक जो बिभिन्न देश, रुप र रङका थिए । देउरालीमा होटल चलाउने सन्तबहादुर गुरुङ ठूलो झोला बोकेर गा“उ उक्लदै थिए । यतिवेलासम्म हामी हाम्रो गन्तव्यमा पुगी सकेका थियो । पर्यटकीय गांउ सफा थियो । पोथनामा रहेका ७ घर पुरै होटल थिए । त्यसमा पनि झण्डै बास पाउनै मुस्किल जस्तो । घर वरिपरि फुलेका रंगीविरंगी फूल अनि मुटु छुने लुम्लेको हावा साच्चै आनन्ददायी थियो ।
पश्चिमतिरको डाँडाँबाट घाम ओरालो लाग्दै गर्दा चिसोको अनुभूति पनि बढदै थियो । अन्नपर्ण गेष्टहाउसमा बसेर खाजा खादै गर्दा झुल्किए गितकार/गजलकार प्रकट पगेनी शिव । उनी हाम्रो यात्राको साझेदार हुन नसकेका एउटै मिसनका सहयात्री थिए । प्रकटको आगमनले विनोद दाइको मुहारमा बेग्लै चमक देखियो । शायद उनलाई आफ्नो दौतरी मिल्यो । चाउरिएको गाला थप चाउरी पार्दै मधुर मुस्कानमा विनोद दाइले प्रकटको आगमनलाई साहित्यीक स्वागत गर्दै भने, ‘प्रकृति र प्रकटको मिलनले अव बल्ल पोथना रमाउने भो ।’
होचो कदका फूर्र्तिला प्रकटले उमेरले सेताम्मे पारेको कपालमा कालो मेहन्दी भर्खरै लगाएका रहेछन् । सँगैका महिला मित्रहरुले गिज्याएको प्रतिउत्तरमा उनले भने, ‘विज्ञानले गरेका अविष्कारलाई पनि हेला गर्नु हुन्न भनेर प्रयोग गर्दिएको मात्र हु ।’ उनको आगमनसँगै हामी बीचको वातावरणनै साहित्यीक भै सकेको थियो ।
जीवनका महत्वपूर्णा वसन्तहरु लुम्लेमा विताएका प्रकटलाई लुम्लेले नै साहित्य लेखनमा अभ्रि्रेरित गरेको रे । उनको लागि त्यो ठाउँ प्रिय र चिनारु थियो । ‘धेरै हिसावले मेरो लुम्लेसँग भावानात्म सामिप्यता छ’ प्रकटले भने । यसैबीचमा उनका कविता सुरु भै सकेका थिए । अक्सर टंकलालहरु शिर्षमा उनले कविताको सुरुवात गरे-
अमाजु आउलीन घिउ सगाल्नै पर्यो
नन्द आउलिन मिठो मसिनो ख्वाउनै पर्यो
भान्जाभान्जी आउलान, पाउनापाछा लाग्लान
थोरे व्याएन भनै क्याछ्र्यौ मंसुरी भाउजु – …………….
……फाटी मर्नु छ टंकलालहरुलाई । मल्लर् इम्पोरिएम देखि सुन पसलका रहर र बकेर्नो भैसीको गोवर सोहर्दैमा वितेको टंकलालहरुको जीन्दगको कुरा कवितामा रसिक मानेर फ्रेन्च चिप्स र कोदोको झोलमा प्रकटले सुनाइरहदा ट्रेकिङ गाइड पल्लो टेवलमा आफ्ना पर्यटकसंग तास खेल्न छाडेर हाम्रै टेवलमा आइपुगे । दाउरा बालेर तातो पारिने स्थानीय हिटरको तातो ले कोठा पुरै न्यानो बनेको थियो । ट्रेकिङ्ग गाइड देवराज अधिकारीले फ्रेन्च केटीहरुलाई सुपारी साइलीहरु भनी गरेका सम्वोधनले हामी सबै हास्यौ । हाम्रो हाँसोले सायद तिनलाई थप उर्जा मिलेछ । अधिकारीले फ्रेन्च केटीहरुलाई हामीले सुन्ने गरी पानपाते साहीली लगाएतका नामहरु पनि राख्न भ्याय । थपिदै गएको कोदोको झोलको मात्राले प्रकट दाइलाई झनै साहित्यीक बनाउदै लगेको थियो । पर्यटकीय गाउँको सीमालाई कदर गर्दै हामी ११ नबज्दै विछ्यौना तिर लाग्यो ।
विहान हुदा“ आगनमा लालिगुरास र पाखामा हिमाल खुलेको थियो । खुशीमान गुरुङ आफ्ना साथिस“ग पोखरा धम्पुस हुँदै पोथना आईपुगेका रहेछन् उनले भने’अव त प्राकृतिक पर्यटन बढ्दो छ । हामी पनि पर्यटक हौ“ नि । मट्टिखान नि रमाइलो छ ।’ नेपालकै पर्यटकीय गा“उ घुम्ने योजनामा रहेछन केदार श्रेष्ठ, सानु र रिञ्जु गुरुङ । क्षेत्र बहादुर गुरुङ थिए त्यस गा“उका गन्यमान्य उनले भने ‘द्वन्द्वले अलि कम भएको अहिले त राम्रो हुदैछ ।’ कविता गा“उ भएकोमा उनी खुशी थिए । साहित्यकारले कुनै पनि ठा“उलाई कति चर्चित र पर्यटकिय गा“उ बनाउन सक्छ भन्ने उदाहरण विनोद गौचनको गित ः "तगारोमा रुमाल राखि बाटो छेक्यौ तिम्ले, त्यही रुमालमा पञ्चासेको फूल राखे मैले "को प्रसङ्ग पनि त्यस बीचमा उठ्यो । यही गीतले गौचनलाई चिन्ने पनि हाम्रो यात्राको क्रममा धेरै भेटिए ।
विनोद, प्रकट, बसन्ती र भावनाले अघिल्लो दिन रचना गरेका कविता वाचन गरे । मैले भने आफूले लेखेको कवितालाई सेल्फ सेन्सर लगाउदै वाचन नगर्ने निधो गरे । स्थानीयवासी, पर्यटक र घाचोकबाट आएका विद्यार्थी चउँरभरी झुम्मिएका थिए । कसरी यो गा“उलाई व्यवस्थित र एेतिहासिक बनाउन सकिन्छ – सुरु भयो अन्तक्रिर्या । नानि, धम बहादुर, रेशम गुरुङ लगाएतका उत्साही व्यक्तिहरुले संग्राहालय मात्र हैन सिर्जना गर्ने ठा“उ पनि बनाउने कि एउटा कोठालाई प्रस्ताव अघि सारे । विदेश बसेर आएका हरिमान गुरुङले भने, ‘मैले अव देशमै केही गर्छर्यही पर्यटन व्यवसायलाई दीगो बनाउछु ।’ उनले उत्साह मात्रै हैन विदेशमा सिकेको कुरालाई सदुपयोग पनि गर्ने र्सार्वजनिक वाचा गरे ।
र्फकदा हाम्रो पदयात्राको रुट बदलियो । हामी धम्पुसको लालीगुरास महोत्सवलाई पनि नियाल्ने योजना बनाएर ओरालो लाग्यो । प्रकट र विनोददाइको साहित्यीक संवादहरुले हामीलाई ओरालोमा पनि कठिनको अनुभूति हुन पाएन । प्रकट दाइले छाता निकाल्नु भयो । मैले भने ‘छाता ओढनै पर्ने घाम छ र प्रकट दाई -’ मेरो त्यो प्रश्नले प्रकटदाइको कवि हृद्यलाई खुराक मिलेछ । उनले भने, बालकृष्ण भाइ मलाई कविताको शिर्ष मिलाइदिनुभयो । साच्चै कविता परिवेशले मात्र होइन मनले सिर्जना गर्ने रहेछ । यस्तै लाग्यो प्रकटदाइले सामान्य लाग्ने विषयवस्तुलाई पनि कवितामा ढालेको देखेर ।
‘पदयात्राबाट जिवन, मानिस र ठा“उ बुझ्न सजिलो हुदोरहेछ त्यसैले मस“ग संगत गर्ने मानिस प्रकृती बुझेपछि फिरन्ते बन्छ ।’ पदयात्राको अन्त्यतिर विनोदले निकै प्रफुल्लित भावमा भने । धम्पुसको उकालो चढदै गरेकी एक महिलाले प्रकटलाई संम्वोधन गरेर भनिन ‘ए बाजे’ अरु हा“स्न थाले प्रकटले भने म एैना हर्ेर्दिन, किन – यो प्रसङग अघिल्लो दिन नै आएको थियो । कस्तोलाई बुढो भन्ने – उकालो चढन सक्दिन भनेर पदयात्रामा सामेल नभएका युवा साथिलाई कि पदयात्रामा सिर्जना फुराएर झरेका बाजेलाई – भावनाको हा“सो रोकिएन प्रकटले भने ‘अव को-को पात्र भेटिने हुन् । पहिलाका यात्रामा भेटिएका मानिस, खाना र गरीएका कुराकानिलाई संम्भिmएर बाजे ओरालो झर्दे थिए । कतै नविर्साई ।
पैसठ्ठी सालको अन्तिम र्सर्ुय अस्ताउनु भन्दा ठीक एक दिन अगाडिको र्सर्ुय अस्ताउने तर्खर गर्दै गर्दा हामी पैदलयात्रा सकायर बस चढने ठाउँमा आइपुग्यौ । "मनत मेरो यसै नै धमिलो, धमिलोमा नथप अमिलो" छुटने वेलाको भावइंकित गर्दै प्रकटले भने । साझ नपर्दै हामी पोखरा आइपुग्यो । समय मिलाएर अर्को पदयात्रा पनि गर्ने अनिश्चित योजना वनाएर हामी छुट्टयिो । कविहरुसँगको कविता गाउँको यात्रा टुंगियो तर मनमा बसेको यात्राको सम्झना बर्तमानदेखि भविष्य र भविष्यदेखि सुदुर भविष्य सम्मपनि सायदै मेटिएला..।