रमाइलो शनिवार
हप्ता दिन लामो धपेडीपछिको विदाको दिन । दिन रमाइलो त गराउनै थियो । यद्यपि यो कोटेश्वरको उवडखावड वाटो मेरो पांच वर्ष पुरानो खटरोले धान्न सकेको थिएन । राजधानीका वाइकरहरुको हुलमा म मिल्दीन । वढिमा ४० को स्पिडमा वाइक कुदाउदापनि वाटोको कारणले मेरो खटरो उपचारको खोजिमा थियो ।
एउटा असल वर्कसपमा विहानैको टाइम मिलेको थियो । एकाविहानै कालोचियाको सुर्को संगै लागे उतैपट्टी । खटरोको उपचारपछि करिव दशवजे गुंडमा आइपुगे । विहानको वर्कसप वसाइमा पत्रिकाहरु पढेर सकेको थिंए । अरु त के पत्रिका भन्नु खवरवजारमा भिड वढाउने मात्रै त हुन नी ।
कान्तिपुर त्यसमा खासमा अभि सुवेदीको आर्टीकल र नागरिकमा छापिएका सुदिप श्रेष्ठ लगायतका आर्टीकल पढ्दा मजा त लाग्यो नै । त्यो कर्म सकिसकेको थिंए । यद्यपि अन्नपूर्णपोष्ट र राजधानी पनि हेरियो तर पढ्न लायक सामाग्री ती पत्रिकाले कहिले छाप्लान जस्तो लाग्छ मलाइ त । विहान चारो मुखमा हालेपछि भने नखाने कुरा खाएजस्तो झ्याप्पै छोप्यो न्रि्राले वाहिर ननिस्की यत्तिकै विताए ।
यो सांझको समयमा अर्थात माओवादीका नेता नारायणकाजी श्रेष्ठको धमकीपुर्ण भाषण र गिरिजा प्रसाद कोइरालाको मन्तव्य सुनिसकेपछि माधव नेपाल प्रधानमन्त्री नियुक्त भएको यो मुलुकमा म रैति यति वेला तंपाइ तमाम मित्रका संझनामा व्लग अपलोड गरीरहेको छु । संझना तंपाइहरुलाइ र सुभकामना माधव नेपाललाइ ।