नेपाली mate हरु मुख नछाडौ, ट्रैनमा सभ्य भाषा बोलौ
अर्चना श्रेष्ठ
अष्ट्रेलिया आयो भन्दैमा जे पायो तेही जहाँ पायो तेही बोल्न पाईन्छ र? याद राख्नुस् तपाईंको भाषा अरुले नि बुझछन्। ८ बर्ष पछि एक जना दाईले आफ्ना बुढा बुवा आमालाई मेल्बर्न घुमाउन बोलाएका थिए कहिले थानकोट नकाटेका बुवा आमा सिधै hongkong हुँदै Melbourne airport आएका बाबुआमाको खुशीको सिमानै थिएन त्यही माथि आफ्नो तीन बर्षको प्यारो नाती हेर्ने खेलाउने सुम्सुमाउने रहर पनि पुरा भएको थियो।
उनिहरुले ठानेको स्वर्ग यही थियो । आफ्नो छोरोको बलबुताले यो बिरानो देशमा घुम्न पाएकोमा बाबुको शिर ठाडो थियो भने आमाको छाती गर्व ले फुलेर चोली को तुना फुत्किनै थालेको थियो। ३ महिनाका लागि आएका ति दाईका बाबु आमासँग बिताउने टाइम धेरै कम थियो त्यसैले बिदाका बेलामा स-परिवार जोल्टिएर घुम्न जाने प्लान गर्थे।
नेपालीहरु धेरै जसो upfield line, coburg, Brunswick, cragiburn line मा बस्ने गर्छन् । ति दाई पनि एक्दिन coburg, Brunswick हुँदै सिटी तिर घुम्न जान लागेका रैछन। त्यो लाइनमा नेपाली धेरै बस्ने हुनाले ट्रैनमा प्रसस्तै नेपाली भेटिन्छ।
बिरानो मुलुकमा अरु नेपाली नानीहरु देखेर बुढा बाउ, आमा पनि दङ्ग पर्दै रैछन। ट्रैन आफ्नै रफ्तारमा हिड्डै थियो, त्यो दाई लाई समस्या त तब परेछ जब अरु नेपाली भाईहरुले ट्रैनमा बोल्न थालेछन।
बोलीनै पिच्छे सार्है तल्लो स्तरको मुख छाडे पछी पर्नु आपत परेछ। आफ्ना आदर्णीय बुवा आमाका अगाडि यस्तो असभ्य भाषा सुन्न पर्दा लाजले पानी पानी भएछन। भर्खर नेपाली बोली सिक्दै गरेको छाउरोले कहाँ तिनीहरुले बोलेको सुनेर टिपी हाल्ला भनेर हत्तनपत्त म्युजिक सुन्ने बाबु भनेर कानमा i-pod ठोसाइ दिएछन।
साच्चै भन्ने हो भने त्यो दाईलाई आँफैलाई लाज लागेछ र तेती बेला कुरा अन्त अन्त लगेर भुलाउन खोजेछन् तर आफ्ना बाउ आमाले त्यस्तो तल्लो स्तरको बोली सुनेर के सोच्नु भयो होला भनेर बडा चिन्तित भएका रैछन। ति दाई मात्रै होइन म आँफै पनि ट्रैन चढ्दा नेपाली केटाहरुको बोलाई नसुनेको होइन। आइतबारको दिन थियो म upfield line Train मा चढेको थिए। एक ग्रुप नेपाली केटाहरु थिए। मेरो मुख झट्टै हेर्दा Chinese/ Korean जस्तो देखिने हुनाले होला मेरो अगाडिनै खुब मुख छाडी छाडी कुरा गरे कसम!! भनेको मैले एस्तो भद्दा र तल्लो स्तरको बोली त सुनेकै रैनछु।
मेरो दिमाखले काम गर्न छोड्यो मलाई लाग्यो। हे भगवान छि! छि! धन्नै म अरु कोही भाईबहिनीको अगाडि रैनछु। एक मन त मलाई एक झापड दिउ कि जस्तो नि लाग्यो तर आफु बडो सम्यमित भएर अर्को स्टेसनमा ओर्लेर अर्को डब्बामा चढे। आफु नेपालमा बस, माइक्रो चढ्दा driver खलासिले पनि तेस्तो तल्लो स्तरमा गिरेर बोलेको सुनेको थिइन। के मेल्बर्नमा आउने भाइहरुको स्तर त्यो भन्दा तल हो?? हाम्रो नेपालको गर्ब गर्ने धरै कुरा छ। हामी मात्रै होइन, सारा संसार ले वाह! वाह! गर्ने चिज हरु छ । यस्तो आँफैमा गर्व बोकेको देशबाट आएका हामीले बिदेशमा आएर जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान तब हामीलाई कती जङ्गली र अस्भ्य भन्लान। जती जानाले यो ब्लग पढ्नु भएको छ तपाईं आफ्नो कोठा भित्र ढोका लगाएर जती मुख छाडे नि छाडनुस्, जती गाली गरे नि गर्नुस् तर प्लिज ट्रैनमा चाँही सभ्य भाषा प्रयोग गरी दिनुस्। अर्चनाको ब्लग