थाइल्यान्डका झांकीहरु
गएको वर्ष यो सिजनमा म थाइल्यान्डको राजधानी वैंककमा थिंए । जापानका युवाहरुको निमन्त्रणमा म जस्तै एशीया प्यासिफिक क्षेत्रका २७ देशका युवा प्रतिनिधीहरुपनि उक्त समारोहमा रहेका थिए । राजधानी वैंकक, पुरानो राजधानी शहर अयुताया र पर्यटकीय शहर पतायामा म करिव दश दिन रहे ।
त्यसक्रममा केही नेपालका त केही विदेशका कुराहरु भए । कतिपय गंभिर विषयमा त कतिपय शैद्धान्तिक विषयमा । त्यस अलावा रमाइला विषयहरुमा पनि कुराकानी भए । नेपाललाइ माया गर्ने मित्रहरुको माझमा म त्यसै त्यसै पुलुकित हुन पुगेको थिए ।
यद्यपि भारतीय मित्रहरुको नेपललाइ हेर्ने दृष्टीकोण त्यस अवसरमा पनि देखिदा मलाइ त्यति निको लागेन । तर वैगुनिलाइ गुनले मार्नु पर्छ भनेजस्तो ति मित्र पनि मेरो आदरभावले पग्लिएछन ठांउमा आइहाले । नेपालीलाइ आखिर तिमेरु हाम्रो देशमा काम गर्न आउने वहादुर त हौ नी भन्ने भाकाको कुरा गर्ने ति मित्रमा कार्यक्रमको अन्त्य सम्ममा वुद्धि पलाएको देखेर म मा त्यसै त्यसै आनन्द आयो ।
खैर त्यसक्रममा जापानवाट आएका मित्रहरुले नेपाल र नेपालीप्रति देखाएको आदरभावले म फेरी पग्लीए । खैर जे होस थाइल्यान्डको विकास त्यहाको सम्पन्नता र पर्यटन व्यवसायको सफलता नेपालले सिक्नु पर्ने गतिला पाठ रहेछन । तर विडम्वना यो वर्ष भने थाइल्यान्डले नेपालवाट अविस्वास र राजनैतिक अस्थिरताको पाठ सिके जस्तो छ । ती विडम्वनाहरु सुधार होउन भन्ने कामना सहित ।
के हो सर हामी लाई केही जानकारी नै छैन यार पोहोर फेरी थाइल्यान्ड गयर आउनु भयछ । कती चोटि पुगो सर थैल्यान्ड भरमन ? जेहोस् ढिलाई भय पनि खुशी लाग्यो ।
Comment by Bal krishna Basnet — May 15, 2009 @ 4:27 am