नेपाली युवाको दुबईमा निधन
युएई दुबई स्थित सतुवामा करेन्ट लागेर नेपाली युवा अर्जुन पोख्रेलको निधन भएको छ। पोख्रेल गुल्ली जिल्लाको बस्तु गाविस निवासी हुन्। नेपाली एकता समाजका सदस्य हिमाल भन्डारीले दिएको जानकारी अनुसार मृतक पोख्रेल १४ महिनादेखि दुबईको साईवावा मन्दिरमा काम गर्दै आएका थिए
४ महिना पहिला मात्र बिबाह बन्धनमा बाँधिएका र अहिले दुबईमा श्रीमतिका साथमा बस्दै आएका थिए। मृतकको शव पोष्टमार्टको लागी हस्पिटलमा राखिएको र छिट्टै नेपाल पठाईने कम्पनीले जानकारी दिएको छ। रोजगारीका लागि खाडी मुलुकहरुमामा आउनेहरुको मृत्यु हुनेक्रम दिन प्रतिदिन बृद्धि हुदै गएको छ।