हिंउदमा विर्घा
नंया वर्षको अवसरमा शुरु भएको हप्ता दिनलामो भ्रमणपछि काठमाण्डौ फर्कने विक्तिकै विर्घा वाट वोलावट भयो । मेसो थियो जल्दो वल्दो तन्नेरी दिपकको विवाहको । छिमेकी त्यसमाथि भाइ जानैपर्ने भयो । सिम्रीक एयरलाइन्सका योगराज कंडेलको साथलागेर गंए विर्घा । विवाहमा त वाटैवाट मिसिए ।
आमाको मुख हेर्ने औंशी पनि परेकाले घर गए । आमासंगको भेटघाट भयो । एक दिन विर्घा वसेर फर्किए । त्यसैमेसोमा मेरो घरको छतवाट वैशाख १२ गते विहान लिइएका विर्घाका तस्विरहरु । गांउमा यतिवेला खडेरी छ । डांडापाखा रुखा र सुख्खा देखिएका छन । वांकी फोटोवाट ।
![]()
वेहुला दिपक र भाइ दिनेश रामपुर वेहुलीको घर अगाडी ।
विर्घा र पृष्ठभूमिमा आलमदेवी लसर्घा डांडो ।