प्रधानमन्त्रीका लागि माधव नेपालको नाम प्रस्ताव
नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले भावी सरकारको नेतृत्वका लागि आफ्नो दलले वरिष्ठ नेता माधवकुमार नेपालको नाम प्रस्ताव गर्ने बताएकी छिन् । रिपोर्र्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै लामो अनुभव र विवादरहित व्यक्तित्व भएकाले नेपालको नाम अगाडि र्सार्न लागिएको बताइन् ।
‘माधवकुमार नेपाल सबैलाई मिलाएर लानसक्ने क्षमताका हनुहुन्छ,’ भण्डारीले भनिन्, ‘हाम्रो पार्टीले र्सवसम्मत रुपमा नाम प्रस्ताव गर्न लागेको हो ।’ पार्टीभित्र प्रधानमन्त्रीका लागि उपयुक्त तीनजना व्यक्तित्वहरु हुनुभएको बताइन् । उनले भनिन्, ‘केपी ओली, माधव नेपाल र झलनाथ खनाल देशलाई हाँक्न सक्षम हुनुहुन्छ । ‘
रिपोर्र्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा उनले माओवादी नेतृत्वमा सरकार बन्न नसक्ने बताइन् । एमालेको नेतृत्वमा राष्ट्रि्य सहमतिको सरकार बन्ने उनको भनाई थियो । माओवादीले सदन अवरुद्ध गरेर सरकार गठनको बाटो थुनेर अस्थिरता ल्याउन खोजेको आरोप लगाइन् । माओवादी अध्यक्ष प्रचण्डले लोकतान्त्रिक अभ्यासअर्न्तगत सजिलै सत्ता छाडेको र सदनमा पनि लोकतान्त्रिक अध्यास गर्न आग्रह गरिन् । माओवादी गतिविधि सत्ता कब्जाकै उद्येश्यमा रहेको भन्ने प्रचण्डको टेपकाण्डले प्रमाणित गरेको बताइन् । राष्ट्र्पति डा.रामवरण यादवले उपयुक्त कदम चालेर देशलाई सम्भावित दुघटनाबाट जोगाएको बताइन् । उनले भनिन्, ‘राष्ट्र्पतिले देशलाई दुघटनाबाट बचाउनुभयो, उहाँको कदमको आलोचना गर्नु ठिक होइन ।’
नेकपा माओवादीका सचिवालय सदस्य वर्षमान पुन अनन्तले आफ्नो दलले जनसरकार पुनजिवित गर्ने र भिन्न विचार राख्नेमाथि आक्रमण गर्ने कुनै नीति नबनाएको बताएका छन् । आफ्नो पार्टीको नीतिविपरित जाने जोकोहीमाथि कारबाही गर्ने बताए । उनले भने, ‘हामी भिन्न दलका कार्यकर्तालाई विचारका आधारमा आक्रमण गर्ने र गाउँ छाड्न लगाउने नीति छैन, जनसरकार पुनजिवित गर्ने नीति पनि छैन ।’ रामेछापमा अन्य दलका कार्यकर्तालाई गाउँ छाड्न उर्दी जारी गर्ने पार्टीका जिल्ला सहइञ्चार्ज राजन दाहाललाई त्यस क्षेत्रका इञ्चार्ज अग्नि सापकोटामार्फत स्पष्टिकरण लिइसकेको बताए ।
अनन्तले आफूहरुसंग ३५ हजार जनसेना रहेकोमा अनमिनले १९ हजार लाई प्रमाणिकरण गरेको विषयनै आधिकारिक भएको बताए । प्रचण्डको टेपकाण्डमा संख्याको विषयमा आएको अभिव्यक्ति जे भएपनि प्राविधिक रुपमा संख्या त्यही रहेको बताए । उनले एक लाख जनमिलिसिया रहेकोमा बिघटन गरिसकिएको बताए । प्रचण्डको भनाई गलत हो त भन्ने प्रश्नमा भने, ‘म त्यसमा जान चाहन्न तर हामीसंग ३५ हजार जनसेना छन्, अनमिनको प्रमाणिकरणमा १९ हजार परेका हुन् ।’ टेपकाण्ड प्रायोजित रुपमा आएको र त्यसबाट शान्ति प्रक्रियाबाट माओवादीलाई विचलित बनाउने प्रयास भइरहेको बताए । टेपकाण्ड र्सार्वजनिक गरेकै आधारमा कुनैपनि मिडियामाथि आक्रमण गर्ने नीति नरहेको र कसैले गरेको भए कारबाही गरिने बताए । राष्ट्र्पति डा.रामवरण यादवले सेनाका विषयमा चालेको कदम असंवैधानिक भएको बताए । राष्ट्र्पतिले निर्णय नसच्याएसम्म सदन चल्न नदिने बताए । उनले भने, ‘राजा महाराजाको शैलीमा राष्ट्र्पतिले संविधान बाहिर गएर लोकतन्त्रविपरितको काम गर्नुभएको छ, उहाँले सच्याउनुपर्छ ।’