May 31, 2009

राजधानीको शन्देश

माधवकुमार नेपालको नेतृत्वमा सरकार गठन भएपछि यो राजधानीमा वत्ती गएको मलाइ हेक्का रहेन । यो एउटा संयोग मात्रै हुन सक्छ । वर्षा शुरु हुनु र माधव नेपाल प्रधानमन्त्री हुनु एकै समय भएको छ । खैर हामी उपभोत्तालाइ त यसले राम्रै राहत दिएको  छ । लामो खडेरीले तातेको माटो यतिवेला लगातारको वर्षाले हुनुसम्मको सितल भएको छ । यदी तंपाइ राजधानी वाहिरवाट यता आउदै हुनुहुन्छ भने न्यानो लुगा वोक्न नविर्सनु होला । झरीले माटोको सुगन्ध फेरिएको छ । सडकहरु सिनित्त सफा देखिएका छन । वर्षादी वोक्ने या छाता ओढेर गन्तव्यमा पुग्नेहरुको लर्को काठमाण्डुकालगि अहिलेको परिचय वनेको छ ।

 हुनत यो चन्द्रमास अनुसार जेठमै परेको झरी जस्तो लागेपनि पात्रो मिलान गर्दा अहिले असार हुने ज्योतिषहरु वताउदै आएका छन । फोटोग्राफीकालागि भने यो समय अद्धितीय छ । छर्लगं खुलेको मौषम, पानी परेपछिको आकाश, खुलेको सिजन वा, क्या मनमोहक छ  यतिवेला राजधानी । विहानको मेलो भएको म  जव सार्वजनिक वसको छेउको सिटमा वसेर भक्तपुरतिर हुइकिन्छु मन हर्र फ्रेस भएर आंउछ । मन लाग्छ ति तस्विरहरु तपाइलाइ पस्कु तर अनुकुलता मिलेको छैन ।

मौषमको मनमोहकतासंगै राजनितिले पनि गति पक्डने मेलो गर्दैछ । कांग्रेसको पूर्ण विश्वास र २२ राजनैतिकदलको सहकार्यमा एमाले नेतृत्वको सरकारले पूर्णता पाउनै लागेको छ । नंया सरकारका नंया अर्थमन्त्री सुरेन्द्र पान्डेले जनतालाइ माछा उपहार नदिने तर माछा मार्ने कला सिकाउने उद्घोष गरेर आउने वजेटले राहतका कार्यक्रम वढाउने वताएका छन । नंया सरकारको गठनपछि शेयरवजारले कोल्टे खेलेको छ । स्टक मार्केटलाइ जुवाघर वताएर लगानीकर्ताको सातो लिने अर्थमन्त्री वावुराम भट्टराइको वहिर्गमनसंगै शुरु भएको शेयरको उकालो यात्राले लगानीकर्ता हौसिएका छन ।

 खैर तंपाइ जंहा भएपनि राजधानीको यो खुस खवर शुनेर पुलुककित त हुन नै भएको होला । तंपाइहरुको हाल कस्तो होला । केही शव्द लेख्न कन्जुस्याइ नगर्नुस्न । यो पेजलाइ म मिलाउन गइरहेको छु । त्यतिन्जेल कमेन्ट लेख्न आर्टिकलको टाइटलमा क्लीक गर्नुस्त कमेन्ट वक्स डिस्प्ले हुन्छ । आगे तंपाइको जिम्मा ।

May 29, 2009

पहिलो गणतन्त्र दिवसको शुभकामना

मुलुकले यतिवेला इतिहासमै प्रथम गणतन्त्र दिवस मनाइरहेको छ । सरकारका तर्फवाट खुलामन्च टुडिखेलमा भव्य कार्यक्रम गरेर यो दिवसलाइ औपचारिकता दिइएको छ। यसै अवसरमा गणत्रन्त्र दिवसलाइ राष्टिय दिवसको रुपमा मान्यता पनि दिइएको छ । मुलुकले गणततन्त्र दिवस मनाइरहदा माओवादी वाहेकका राजनैतिह दलहरु हसमुख टुडिखेलमा उपस्थित छन ।

 एकदलीय अधिनायकवाद लाद्न नागरिक सर्वोच्चताको दुहाइ दिने प्रचन्ड र उनको पार्टी वाहेक सवै खुसी नै छन । लाग्छ पूर्व राजा ज्ञानेन्द्रपनि कता कता खुसी छन होला । तर ख्वै नाजी सैलीमा गलतलाइपनि हजारपल्ट सही भनेर प्रचार गराउने अनि गलतलाइ सही वनाउने ध्यान्न र सत्ता कव्जाको रणानितिमा रहेको माओवादी वाहेक अरु कोही यसमा वेखसी हुनु पर्ने कारण छैन । 

खैर मुलुकको पहिलो गणतन्त्र दिवसले सवैमा सद्वुवुद्धी पलाओस । तमाम नेपाली र नेपालप्रति माया राख्ने सवैलाइ गणतन्त्र दिवसको शुभकामना ।

May 28, 2009

भरत वमे र म

मेरा मनका साथी भरत र अश्विन गएको हप्ता अष्टेलिया उडे । मेरा मित्रहरु अष्टेलीया गए । जानु अघि मन भारी वनाएर एयरपोर्टमा विदाइकालागि परिवारका साथमा  साथीहरु म पन्डीत र हरिदाइ उपस्थित थियौ । मेरा निकटका यी मित्रहरु भाग्य अजमाउन अष्टेलीया गएको दुइवर्ष पुरा भएर यो तेश्रो वर्षमा प्रवेस गरेको छ । उनीहरु खुसीछन र देशलाइ वेला वेलामा मिस गरेको वताउछन । भाग्यप्रति आशावादी छन । मेरा यी मित्रहरु केही वर्ष अष्टेलीया वसेपछि पनि त्यहाको माखेसाग्लो तोडेर मातृभूमी फर्कीनेछन भन्ने कुरामा म आसावादी छु जति भरत छन ।


खासमा कीर्तीपुर पढ्दा झांगीएको हाम्रो मित्रता पछिल्ला दिनमा फल्यो फुल्यो । क व्लकमा वमेले ज्रि्रसको हाफ पाइन्ट लगायर सुर्य जलाउदै दाल झानेको हिजो झै लाग्छ । मित्र भरतले सिर्जना विरहीको एउटा चिठ्ठी लेख्न मन लाछ गांउदा कतैकी अव्यक्त मायालाइ संवोधन गरेको पनि हिजो झै लाग्छ । के गरने हामी जीवनको रितलाइ वुझेर आ आफ्ना राग गाउन कोही अष्टेलीया त कोही नेपालमा छौ । कीर्तिपुरको संगत रमाइलो थियो । साथीहरु आति्मय थिए । कोही उपयोगितावादमा विश्वास गर्नेहरु सानो जागिर र कुनै षोडसीसंगको दाम्पत्यमा लटपटिएका छन । जसलाइ आफु र आफ्ना वाहेकसंगको सरोकार छैन । यी वैगुनीका बीचमा अउिदा निरासहुने म कहिले कांही नोष्टाल्जीक हुन्छु ।

 यद्यपि मेरो नजरले सदावाहार हरि गैरे, रोमान्टीक पन्डीत, भावनाकासाथी भरत, मस्त उत्तम पौड्याल र मेरो प्यारो वमे उर्फ अश्विनलाइ संझन्छू । आंखा रसाउछन । मलाइ थाहा छ । सुर्यको स्वाद नपाएपनि वमेले हर कसमा मलाइ संझन्छ । नंया गीत वज्ने वित्तीकै भरतले मैलाइ मिस गर्दा हुन । यता प्रिय मित्र हरि गैरे र मैले पनि कम्ती भुलेका छैनो तिमीहरुलाइ । भविष्यको शुभकाना सहित तिनै मित्रहरुलाइ । 

May 27, 2009

श्रीलंकामा युद्धअपराध छानविन माग

श्रीलंकामा मंगलबार समाप्त भएको युद्धका क्रममा भएका युद्धअपराधबारे स्वतन्त्र छानविन गर्न अन्तर्राष्ट्रिय क्षेत्रबाट माग गरिएको छ । राष्ट्रसंघका मासविच बान की मुनले पनि छानविनका लागि आव्हान गरेका छन् । तमिल टाइगर विद्रोही र सेना दुवैतर्फवाट हजारौं सर्वसाधारण मारिएको अनुमान गरिएको छ । टाइगरले मानवढालका रुपमा सर्वासधारणलाई प्रयोग गरेको र सेनाले जथाभावी आक्रमण गरेर धेरै मानिसको ज्यान लिएको अनुमान छ ।
स्वतन्त्र छानविनका पक्षमा रहेका राष्ट्रसंघका महासविच वान की मनु शुक्रबार श्रीलंकाको भ्रमणमा जाँदैछन् । उनले मंगलबार जेनेभामा पत्रकारसँग कुराकानी गर्दै स्वतन्त्र छानविनको आवश्यकतामा जोड दिए । “सर्वसाधारणको ज्यानप्रति म गम्भीर छु”, उनले भने । राष्ट्रसंघ मानवअधिकार परिषदले आगामी साता श्रीलंकाको मानवीय संकटलाई केन्द्र बनाएर विशेष बैठकको आयोजना गर्ने भएको छ । “सशस्त्र द्वन्द्वमा सर्वसाधारणको ज्यान गएको बेला मानवअधिकार परिषद मार्टिन इहोगियान उहोमिभिहीले भने,”मानवअधिकार उल्लंघनका पीडितलाई अन्तर्राष्ट्रिय समुदायले न्या दिनुपर्छ। ” युद्ध समाप्त भए पनि उत्तरीश्रीलंकामा युद्धकै जस्तो अवस्था छ ।
सहायताकर्मीलाई अझै पनि युद्धप्रभावित क्षेत्रमा प्रवेश गर्न दिइएको छैन । धेरै महिनादेखि पेटभरि खान नपाएका महिला र बालबालिकाको अवस्था चिन्ताजनक रहेको दाताहरुले बताएका छन् । “श्रीलंकाले अब जिम्मेवार भएर प्रस्तुत हुनुपर्छ। अझै पनि दण्डहीनतालाई प्रश्रय दिइनु हुँदैन ।” नवअधिकार उच्चायोगका एक प्रवक्ताले भने ।
बेलायतले पनि आफ्नो पूर्वउपनिवेश श्रीलंकामा भएको मानवअधिकार उल्लंघनको स्वतन्त्त छानविनका लागि माग गरेको छ । तीन महिनायता साढे ६ हजार तमिल सर्वसाधारणको ज्यान गएको बताइए पनि युद्धको अन्त्यतिर अरु धेरै मानिसको ज्यान गएको आशंका गरिएको छ । तमिल टाइगरले आइतबार हतियार बिसाएको जानकारी दिँदै एकै दिन तीन हजार तमिल सर्वसाधारणको मृत्यु भएको दाबी गरेका थिए ।
मानवअधिकारवादी संस्था ह्युमन राइट्स वाचले युद्धमा सेना र विद्रोही दुवै पक्षले सर्वसाधारणलाई निशाना बनाएको आरोप लगाएको छ । दुइ साताअघि सार्वजनिक भूउपग्रहमा खिचिएको तस्वीमार सेनाले सर्वसाधारणमाथि भारी हतियार प्रयोग गरेको संकेत प्राप्त भएको वाचले दोहोर्žयाएको छ ।

May 25, 2009

कविसँग कविता गाउँको यात्रा

· बालकृष्ण बस्नेत

चैतको मध्यदिनमा पनि ज्याकेटको याद आउने गरी चिसो हावा चलेको थियो । हामी हाम्रो पैदल यात्रा थाल्नु अघिको विश्राममा थियो । पारीपट्ट माच्छापुच्छ्रे हिमाल खुलेर हास्दै थियो । सँगैका केही सहयात्री आफ्नो रोजाई अनुसारको खानेकुराले भोक मेटदै थिए । मौसमको मेलो नपाएर मैले पातलो कपडा मात्र लायर आएको थिए, त्यसैले म अलिक हतार गरेर बाहिर घाममा राखेको टेवुलमा निस्किय । निकै आनन्दको अनुभूति भयो । एक्लो घामको बसाइलाई साथ दिन छेउँमै आएर बसिन सहयात्री बसन्ती । म भन्दा त्याहाको परिवेशसँग अलिक पुरानो चिनजान छ उनको ।

म उनीसँग सोध्न थाले हाम्रो यात्रा र स्थानीय परिबेशको वारेमा । उनले मायालु स्वरमा झर्को मानेझै गरेर भनिन ‘सबै अहिले नै भन्यो भने यात्राको रमाइलो घटन सक्छ ।’ मैले जिज्ञासा राख्ने क्रम रोकिन । सायद बढी नै सोधे कि क्याहो । उनले कडा स्वरमा भनिन, ‘टुरिष्ट नै त नवनन यार’ । ‘घरको भात त मीठै नलाग्ने’ । हाम्रो ध्यान खिच्ने गरी १५/१६ वर्षो किशोर आवाज सुनियो । हामी दुवैले ती किसोर भएतर्फटाउँको फर्कायो । ऊ आफ्नै साथीसँग गफमा मस्त थियो ।  ‘म तरकारी खादिन’ होटल साहुनीको तरकारी हाल्दीउ भन्ने अनुरोधलाई प्रतिवाद गर्दै ती किसोरले जवाफ फर्काए । उसलाई मासुको लत लागेको रहेछ । दुवै रहेछन् बसका   सहचालक । दुइ दिनको कविता गाउँको पदयात्रामा निस्किएका हामीलाई चकित पार्ने गरी तिनीहरु कुरा गर्दै थिए ।

‘भाई त्रि्रो नाम के हो नि -’ साथी वसन्तीले प्रश्न तेरसाइन । ‘सवैले खले भन्छन क्यारे’ बागलुङ घर बताउने उनले विनासंकोच इमान्दार भएर बोले । बसका सहचालक रहेछन् उनी । खलासी भएर होला खले भनेका । कस्ले भन्छ तिमीलाई खले ड्राइभरले – प्रश्न पनि सकिन नपाइ तिनले जवाफ दिए ‘होइन’ । ‘ड्राइभर पनि पहिला खलासीबाटै बनेका हुन’ उसले भन्यो । त्यसो भनिरहदा उसलाई आफ्नो नाम प्रति कुनै गुनासो थिएन ।

‘घर जान हिडेको दिलिपले भन्यो ‘घरमा पनि नमिठो त काहा“ हुनु तर फरक फरक होटलका स्वादले मुख बिग्रिएको छ’ । स्कुल पढ्दा-पढदै छोडेर आएका उनीहरुमा पहिला शहर हेर्ने रहरले तान्यो रे । अनि त घर बस्ने गरी फर्किएनन । बाटोमा ओहोर-दोहोर गर्नेको भिड थियो । यतिवेलासम्म हाम्रा यात्राका सहयात्री गितकार/कवि विनोद गौचन, र कवि भावना अधिकारी हाम्रो गफको स्रोता बन्न नजिक आइपुगी सकेका थिए ।
र्
पर्यटन साहित्यलाई प्रोत्साहन गर्ने उद्देश्यले विनोद गौचनको परिकल्पनामा भर्खर लुम्ले गाविस कविता गांउमा परिणत भएको हो । ‘लुम्लेलाई औपचारिक रुपमा कविता गाउँ घोषणा गरिएपछिको यो पहिलो साहित्यीक यात्रा हो’ गीतकार गौचनले भने । लुम्लेकै पोथना पुग्ने योजनामा हामी थियौ । ‘ओई पत्रकार’ म झसंग भएर पछाडि हेरे । करिव २४ वर्षो गुरुङ युवतीले मुस्काउदै भनिन, ‘हजुरलाई भनेको होइन’ । अन्तै गफमा मस्त साथी वसन्तीको पिठ्युमा मायालु धाप मार्दै ती युवतीले भनिन, ‘बोलाको पनि सुन्न छाडिस है ।’ उनी रहिछिन हाम्र्रा् सहयात्रीको बाल्यपनको साथी  निरु गुरुङ । धेरै दिनपछि भेट भएका हितैषीहरुको मायालु संवादमा हामी पनि केही वेर रमायौ । ‘अलिक अगाडि आएको भए लालीगुरास फुलेको हेन पाइन्थ्यो’ निरुले हाम्रो यात्राको बारेमा प्रतिक्रिया दिइन । जवाफमा विनोद दाइले हास्दै भने, ‘हामी मनमा लालीगुरास फुलाएर यात्रामा निस्किएका बनमा फूल सुकेर के भो र -’ निरुसँग ठट्यौली विदाई गर्दै हाम्रो पैदल यात्रा सुरु भयो ।

‘साच्चै लालीगुरास त सुकिपो सकेछन’ गुरासको फेदीमा छायँपर्दै भावनाले भनिन । ‘यसपालीको लामो खडेरीले चाडै सुक्यो नानी’ लाहुरे भेषका एक अधवैशेले भने । लाइट भएको एफएम रेडियो बोकेर काडेको उकालो चढदै गरेका  खाइलाग्दो देखिने ती अधबैशेले मोटो लौरो टेकेका थिए । मनमनै सोचे बहादुरै मान्छेलाई पनि उकालोमा लौरोको सहारा त चाहिदो रहेछ ।

काजीमान रानामगर नामका ती अधबैशेलाई  जो कोहिले रिटायर्ड लाहुरे भन्ने अनुमान लगाए पनि सबैको अनुमान गलत सावित भयो । ‘आफन्तले ल्याइदिएको फँट्यो यो रहरले आफै किनेर लगाएको ।’ उनले आफ्नो पोशाकको बारेमा स्पष्टिकरण दिदै भने, ‘यो नक्कली हो ।’ तिनलाई राजनीतिमा चासो थिएन तर घृणा पनि रहेनछ । उनी भर्खरै सम्पन्न उप-निर्वाचनको परिणाम जान्नको लािग समाचारको खोजिमा एफएम रेडियोको ट्युन वटार्दै  थिए ।

लान्दुक घर हिडेका उनले भने, ‘गा“उमा कुहिएको चामल जान्छ केही उत्पादन हुदैन छोराको पार्सपोर्ट बनाएर आएको पहिला बनाएको एजेन्टले खायो ।’ समग्र गा“उको प्रतिनिधित्व गर्दै बोले उनी । ‘जुन पार्टर्ीीाए नि खुट्टा तानातान । पहिला ढिडो खुवाएर र सेनाको लात्ती खाएर पालेको मान्छे एैसरले गरीवलाई कानुन लाउने’ तिनी माओवादी भातृसंगठन वाईसीएलको कुरा गर्न खोज्दै थिए । ‘राजनीतिमा पनि च्याख -रहरमर्दै गयो ।’ उकालो चढेको थकानको सुस्केरामा बोले उनी ।

‘ए मामा के छ खवर -’ खच्चडलाई सिमेन्ट बोकाएर आएका पुर्ण बहादुर विक चौतारामा बसेपछि रानाको कुरा मोडियो ।  ४५ देखि ७० हजारसम्म पर्छ खच्चडलाई खुकुरी भिरेका उनले भने ‘एउटा खुकुरी र लाइटको भरमा ७५ वटा जिल्ला घुम्न पर्छ ।’ उनले हामीलाई पछि पार्दै अगाडि बढे । सोचे हामी जस्तै उनी पनि ट्रेकिङ्गका लागि हिडेका भए उनी पनि थकाई मार्दै उकालो चढथे होला । उकालोमा आराम गर्दै गर्दा हामीलाई गा“उका सवैले छाडीसकेका थिए । लालीगुरासको बोटमा बाकी रहेका फाट्ट फुट्ट गुरासका थुंगाले पनि हामीलाई रोमाञ्चित बनायौ ।

‘यो फुल पनि अव राष्ट्रिय फुल हैन भन्न सक्छन् कतिपयले ।’ विनोदले कुरा निकाले, ‘भन त भावना के हुन सक्छ – अवको राष्ट्रिय फुल -’ ‘अअअ… बनमारा’ उनले कुनै सोचविचार नै नगरी प्वाक्क भनिन, यो नेपालमा सबैतिर पाइन्छ ।’ हामीलाई पछि पार्दै अघि बढेका भारी बोक्ने पेसा गर्नेहरुलाई देखेर मनमनै सोचे ‘यो बाटो, यो जङगल कसैलाई दिनचर्या छ कसैलाई ट्रेकिङ ।’

ठुला खर्क पुग्दा अचम्मको बातावरण देखियो ढुङगा कुदेर बनाउन लागेका होटल, सम्मो ठा“उ अनि र्छलङ देखिने हिमाल । तर स्थानीयबासिलाई ती हेरेर रमाईलो हुदो हो त – छोराछोरी बोकेका महिला, तिनका कपडा र कोशेली बोकेका बुढा मानिस, नेपाली भन्दा विदेशी नाम बढी बोल्दै बाटो काटदै थिए । अस्टि्रयन क्याम्प चर्चित रहेछ नाम । मैलेत सोचेको थिए अष्ट्रेलियालीहरु क्याम्प बनाएर बसेका होलान कुनै प्रोजेक्टका लागि तर त्यो त ठाउँको नामपो रहेछ । ‘पहिला अस्टि्रेलियनहरु क्याम्प बनाएर बसेकोले त्यो नाम राखेको’ यो बाटो र गा“उलाई थुप्रै पटक नजिकबाट नियालेका विनोदले भने ।

मन रमाएपनि शरिर थाकेको प्रष्टै अनुमान लाउन सकिने गरी विदेशी पर्यटकहरुको ताती विपरित दिशाबाट आउदै गरेका प्रसस्तै भेटीय । पर्यटक लखतरान थिए । त्यसभन्दा बढी लखतरान थिए तिनीहरुका भारी बोक्ने पोटर । डोकोमा उनीहरुका सामान लिएर हिडदै थिए । तर अनुहारमा खुशी थियो । कर्मा सिङ लोप्चन तामाङ, लक्षिन र्राई एउटै गा“उका रहेछन् रसुवा घर बताउने उनीहरुको दिनचर्या भने कष्टकर थियो । ‘उकालोमा ४०/५० केजिको सामान बोकेर हिड्नु दुःख छ नि घरमा उव्जाएको ४ महिना खान पुग्दैन’ लोप्चानले भने, ‘घरमा काम नभएको बेला यता आएको केही कमाएकोले घरमा सहयोग होला भनेर ।’ झन कर्माले त तीनओटा बिहे गरेका रहेछन् ‘सबै बुढीहरु छोडेर गइहाले’ उनले भने ‘छोराछोरी छन् पाल्न पर्‍यो ।’ दोहोरी गीत खुव गाउनुहुन्थ्यो कि क्या हो – ‘अ हो त दोहोरीमा जितेर त तीन ओटी ल्याएको ।’ दोहारीमा जस्ले जित्यो उसैले लैजाने पुरानो चलनलाई उनले बुझाए हा“स्दै भने ‘तर त्यसरी ल्याएको बस्दा रहेनछन् ।’

लक्षिन राइले भने अझैपनि कुमारमै चित्त बुझाउन परेको रहेछ । ४५ वर्षो र्राईलाई विहे गर्ने रहर नै भएन रे । बाटैभरी नौला-नौला फुल र बोटहरु थिए ति भन्दा नौला लाग्थे पदयात्राबाट फर्केका पर्यटक जो बिभिन्न देश, रुप र रङका थिए । देउरालीमा होटल चलाउने सन्तबहादुर गुरुङ ठूलो झोला बोकेर गा“उ उक्लदै थिए । यतिवेलासम्म हामी हाम्रो गन्तव्यमा पुगी सकेका थियो । पर्यटकीय गांउ सफा थियो । पोथनामा रहेका ७ घर पुरै होटल थिए । त्यसमा पनि झण्डै बास पाउनै मुस्किल जस्तो । घर वरिपरि फुलेका रंगीविरंगी फूल अनि मुटु छुने लुम्लेको हावा साच्चै आनन्ददायी थियो ।

पश्चिमतिरको डाँडाँबाट घाम ओरालो लाग्दै गर्दा चिसोको अनुभूति पनि बढदै थियो । अन्नपर्ण गेष्टहाउसमा  बसेर खाजा खादै गर्दा झुल्किए गितकार/गजलकार प्रकट पगेनी शिव । उनी हाम्रो यात्राको साझेदार हुन नसकेका एउटै मिसनका सहयात्री थिए । प्रकटको आगमनले विनोद दाइको मुहारमा बेग्लै चमक देखियो । शायद उनलाई आफ्नो दौतरी मिल्यो । चाउरिएको गाला थप चाउरी पार्दै मधुर मुस्कानमा विनोद दाइले प्रकटको आगमनलाई साहित्यीक स्वागत गर्दै भने, ‘प्रकृति र प्रकटको मिलनले अव बल्ल पोथना रमाउने भो ।’
 
होचो कदका फूर्र्तिला प्रकटले उमेरले सेताम्मे पारेको कपालमा कालो मेहन्दी भर्खरै लगाएका रहेछन् । सँगैका महिला मित्रहरुले गिज्याएको प्रतिउत्तरमा उनले भने, ‘विज्ञानले गरेका अविष्कारलाई पनि हेला गर्नु हुन्न भनेर प्रयोग गर्दिएको मात्र हु ।’ उनको आगमनसँगै हामी बीचको वातावरणनै साहित्यीक भै सकेको थियो ।

जीवनका महत्वपूर्णा वसन्तहरु लुम्लेमा विताएका प्रकटलाई लुम्लेले नै साहित्य लेखनमा अभ्रि्रेरित गरेको रे । उनको लागि त्यो ठाउँ प्रिय र चिनारु थियो । ‘धेरै हिसावले मेरो लुम्लेसँग भावानात्म सामिप्यता छ’ प्रकटले भने । यसैबीचमा उनका कविता सुरु भै सकेका थिए । अक्सर टंकलालहरु शिर्षमा उनले कविताको सुरुवात गरे-

अमाजु आउलीन घिउ सगाल्नै पर्‍यो
नन्द आउलिन मिठो मसिनो ख्वाउनै पर्‍यो
भान्जाभान्जी आउलान, पाउनापाछा लाग्लान
थोरे व्याएन भनै क्याछ्र्यौ मंसुरी भाउजु – …………….

……फाटी मर्नु छ  टंकलालहरुलाई । मल्लर् इम्पोरिएम देखि सुन पसलका रहर र बकेर्नो भैसीको गोवर सोहर्दैमा वितेको टंकलालहरुको जीन्दगको कुरा कवितामा रसिक मानेर फ्रेन्च चिप्स र कोदोको झोलमा प्रकटले सुनाइरहदा ट्रेकिङ गाइड पल्लो टेवलमा आफ्ना पर्यटकसंग तास खेल्न छाडेर हाम्रै टेवलमा आइपुगे । दाउरा बालेर तातो पारिने स्थानीय हिटरको तातो ले कोठा पुरै न्यानो बनेको थियो । ट्रेकिङ्ग गाइड देवराज अधिकारीले फ्रेन्च केटीहरुलाई सुपारी साइलीहरु भनी गरेका सम्वोधनले हामी सबै हास्यौ । हाम्रो हाँसोले सायद तिनलाई थप उर्जा मिलेछ । अधिकारीले फ्रेन्च केटीहरुलाई हामीले सुन्ने गरी पानपाते साहीली लगाएतका नामहरु पनि राख्न भ्याय । थपिदै गएको कोदोको झोलको मात्राले प्रकट दाइलाई झनै साहित्यीक बनाउदै लगेको थियो । पर्यटकीय गाउँको सीमालाई कदर गर्दै हामी ११ नबज्दै विछ्यौना तिर लाग्यो ।

विहान हुदा“ आगनमा लालिगुरास र पाखामा हिमाल खुलेको थियो । खुशीमान गुरुङ आफ्ना साथिस“ग पोखरा धम्पुस हुँदै पोथना आईपुगेका रहेछन् उनले भने’अव त प्राकृतिक पर्यटन बढ्दो छ । हामी पनि पर्यटक हौ“ नि । मट्टिखान नि रमाइलो छ ।’ नेपालकै पर्यटकीय गा“उ घुम्ने योजनामा रहेछन केदार श्रेष्ठ, सानु र रिञ्जु गुरुङ । क्षेत्र बहादुर गुरुङ थिए त्यस गा“उका गन्यमान्य उनले भने ‘द्वन्द्वले अलि कम भएको अहिले त राम्रो हुदैछ ।’ कविता गा“उ भएकोमा उनी खुशी थिए । साहित्यकारले कुनै पनि ठा“उलाई कति चर्चित र पर्यटकिय गा“उ बनाउन सक्छ भन्ने उदाहरण विनोद गौचनको गित ः "तगारोमा  रुमाल राखि बाटो छेक्यौ तिम्ले, त्यही रुमालमा पञ्चासेको फूल राखे मैले "को प्रसङ्ग पनि त्यस बीचमा उठ्यो । यही गीतले गौचनलाई चिन्ने पनि हाम्रो यात्राको क्रममा धेरै भेटिए ।

विनोद, प्रकट, बसन्ती र भावनाले अघिल्लो दिन रचना गरेका कविता वाचन गरे । मैले भने आफूले लेखेको कवितालाई सेल्फ सेन्सर लगाउदै वाचन नगर्ने निधो गरे । स्थानीयवासी, पर्यटक र घाचोकबाट आएका विद्यार्थी चउँरभरी झुम्मिएका थिए । कसरी यो गा“उलाई व्यवस्थित र  एेतिहासिक बनाउन सकिन्छ – सुरु भयो अन्तक्रिर्या । नानि, धम बहादुर, रेशम गुरुङ लगाएतका उत्साही व्यक्तिहरुले संग्राहालय मात्र हैन सिर्जना गर्ने ठा“उ पनि बनाउने कि एउटा कोठालाई प्रस्ताव अघि सारे । विदेश बसेर आएका हरिमान गुरुङले भने, ‘मैले अव देशमै केही गर्छर्यही पर्यटन व्यवसायलाई दीगो बनाउछु ।’ उनले उत्साह मात्रै हैन विदेशमा सिकेको कुरालाई सदुपयोग पनि गर्ने र्सार्वजनिक वाचा गरे ।

र्फकदा हाम्रो पदयात्राको रुट बदलियो । हामी धम्पुसको लालीगुरास महोत्सवलाई पनि नियाल्ने योजना बनाएर ओरालो लाग्यो । प्रकट र विनोददाइको साहित्यीक संवादहरुले हामीलाई ओरालोमा पनि कठिनको अनुभूति हुन पाएन । प्रकट दाइले छाता निकाल्नु भयो । मैले भने ‘छाता ओढनै पर्ने घाम छ र प्रकट दाई -’ मेरो त्यो प्रश्नले प्रकटदाइको कवि हृद्यलाई खुराक मिलेछ । उनले भने, बालकृष्ण भाइ मलाई कविताको शिर्ष मिलाइदिनुभयो । साच्चै कविता परिवेशले मात्र होइन मनले सिर्जना गर्ने रहेछ । यस्तै लाग्यो प्रकटदाइले सामान्य लाग्ने विषयवस्तुलाई पनि कवितामा ढालेको देखेर ।

‘पदयात्राबाट जिवन, मानिस र ठा“उ बुझ्न सजिलो हुदोरहेछ त्यसैले मस“ग संगत गर्ने मानिस प्रकृती बुझेपछि फिरन्ते बन्छ ।’ पदयात्राको अन्त्यतिर विनोदले निकै प्रफुल्लित भावमा भने । धम्पुसको उकालो चढदै गरेकी एक महिलाले प्रकटलाई संम्वोधन गरेर भनिन ‘ए बाजे’ अरु हा“स्न थाले प्रकटले भने म एैना हर्ेर्दिन, किन – यो प्रसङग अघिल्लो दिन नै आएको थियो । कस्तोलाई बुढो भन्ने – उकालो चढन सक्दिन भनेर पदयात्रामा सामेल नभएका युवा साथिलाई कि पदयात्रामा सिर्जना फुराएर झरेका बाजेलाई – भावनाको हा“सो रोकिएन प्रकटले भने ‘अव को-को पात्र भेटिने हुन् । पहिलाका यात्रामा भेटिएका मानिस, खाना र गरीएका कुराकानिलाई संम्भिmएर बाजे ओरालो झर्दे थिए । कतै नविर्साई ।

पैसठ्ठी सालको अन्तिम र्सर्ुय अस्ताउनु भन्दा ठीक एक दिन अगाडिको र्सर्ुय अस्ताउने तर्खर गर्दै गर्दा हामी पैदलयात्रा सकायर बस चढने ठाउँमा आइपुग्यौ । "मनत मेरो यसै नै धमिलो, धमिलोमा नथप अमिलो" छुटने वेलाको भावइंकित गर्दै प्रकटले भने । साझ नपर्दै हामी पोखरा आइपुग्यो । समय मिलाएर अर्को पदयात्रा पनि गर्ने अनिश्चित योजना वनाएर हामी छुट्टयिो । कविहरुसँगको कविता गाउँको यात्रा टुंगियो तर मनमा बसेको यात्राको सम्झना बर्तमानदेखि भविष्य र भविष्यदेखि सुदुर भविष्य सम्मपनि सायदै मेटिएला..।

वधाइ माधव नेपाल

Filed under: लौ है त

असफल राजनितिज्ञको संज्ञा पाएका एमालेका पूर्व महासचिव माधव नेपाललाइ यसपटक प्रधानमन्त्री हुने मौका जुरेको छ । कांग्रेसको कांधमा टेकेर प्राप्त भएको यो अवसर पनि त्यति लामो हुने छाट भने छैन । ज्योतिषहरुले भदौसम्मकालागि भनेर भविष्यवाणी गरिएका नेपाललाइ प्रधानमन्त्रीत्वको शुभकामना । चरम चुनौतिका बीच शुरु हुन लागेको कार्यकालमा माओवादी दाहिना हुन, वर्षा लागेको छ गिरिजा प्रसाद कोइरालाको पालामा जस्तो वाढि पहिरोले दुख नदेओस , झलनाथको महत्वाकांक्षा नजागोस र केही भएपनि सफलता मिलोस माधव नेपाललाइ शुभकामना । 

May 23, 2009

रमाइलो शनिवार

 हप्ता दिन लामो धपेडीपछिको विदाको दिन । दिन रमाइलो त गराउनै थियो । यद्यपि यो कोटेश्वरको उवडखावड वाटो मेरो पांच वर्ष पुरानो खटरोले धान्न सकेको थिएन । राजधानीका वाइकरहरुको हुलमा म मिल्दीन । वढिमा ४० को स्पिडमा वाइक कुदाउदापनि वाटोको कारणले मेरो खटरो उपचारको खोजिमा थियो ।

एउटा असल वर्कसपमा विहानैको टाइम मिलेको थियो । एकाविहानै कालोचियाको सुर्को संगै लागे उतैपट्टी । खटरोको उपचारपछि करिव दशवजे गुंडमा आइपुगे । विहानको वर्कसप वसाइमा पत्रिकाहरु पढेर सकेको थिंए । अरु त के पत्रिका भन्नु खवरवजारमा भिड वढाउने मात्रै त हुन नी ।

कान्तिपुर त्यसमा खासमा अभि सुवेदीको आर्टीकल र नागरिकमा छापिएका सुदिप श्रेष्ठ लगायतका आर्टीकल पढ्दा मजा त लाग्यो नै । त्यो कर्म सकिसकेको थिंए । यद्यपि अन्नपूर्णपोष्ट र राजधानी पनि हेरियो तर पढ्न लायक सामाग्री ती पत्रिकाले कहिले छाप्लान जस्तो लाग्छ मलाइ त । विहान चारो मुखमा हालेपछि भने नखाने कुरा खाएजस्तो झ्याप्पै छोप्यो न्रि्राले वाहिर ननिस्की यत्तिकै विताए ।

 यो सांझको समयमा अर्थात माओवादीका नेता नारायणकाजी श्रेष्ठको धमकीपुर्ण भाषण र गिरिजा प्रसाद कोइरालाको मन्तव्य सुनिसकेपछि माधव नेपाल प्रधानमन्त्री नियुक्त भएको यो मुलुकमा म रैति यति वेला तंपाइ तमाम मित्रका संझनामा व्लग अपलोड गरीरहेको छु । संझना तंपाइहरुलाइ र सुभकामना माधव नेपाललाइ ।

May 22, 2009

वर्षे झरी, युगकवी र विदेशिनेहरुप्रति

युटिएलको नेटको खुवै भर रहेनछ । वज्जीयाहरुले अनेक स्कीमका नाममा ठगेका पो हुनकी जस्तो लागेको छ । सस्तो छ भनेर यो सेवा लिइ हाले तर ठगिएको महसुस भइरहेछ । यसै कारणलेपनि मेरो व्लग अपलोड नियमित हुन सकेन ।
आज अली नियास्रो लागेकालेपनि व्लग अपलोडको कोसिस गरेको छु । आज अली रिक्तता महशुस भइरकेको छ । आजको दिनमात्र मैले ६ जना आफन्तलाइ विदेशी भूमिमा पठाउनु पर्यो ।

मेकानिकल इन्जिनीयर वालकृष्ण वस्याल र उंहाको परिवार, वाणिज्य वैंकका शुसिल भट्टराइ, कलेजका साथी द्धय अस्विन र भरत । कहिले कांही त लाग्छ के हामी नेपाल रित्याइरहेका त छैनौ । हामी के का लागि यति विघ्न विदेशी मोहमा फसीरहेका । के गर्ने अनेक वहाना र समस्याकाबीच विदेशिने मित्रहरु नेपाल फर्किएर भन्न लायक केही काम गरेको उदाहरुण पाइदैन ।

आजै युगकवि सिद्धिचरण श्रेष्ठको जन्मदिवस । ओखलढुंगामा जन्मेर काठमाण्डौमा वसेपनि प्यारो ओखलढुंगा र आफ्नो रन वन भुल्न नसकेका तिनै श्रष्टाको कवितालाइ कालजयी गायक नारायण गोपालको शव्द संगीतले भरिएको कर्णप्रीय गीत सुन्दै मेरा आफन्तलाइ विदाइ गरीरहदा हुनु सम्मको असमन्जसमा म छु । हुन त कतिले भन्लान पनि हुतिहारा आफु पनि वाहिरिदैनन अरुगएको पनि देखिसहदैनन ।

हुतिहारा भने हुतिहारा नै सही तर मुलुक छोडेर जाने कुरासंग भने म सहमत छैन । केही दिनकालागी, वा शिक्षाकालागि मात्रै जानेलाइ त लौ सही छ अन्यथा मुलुक भित्रै चरम अवसरहरु हुदा हदै विदेशीनेहरुप्रति भने दुख लाग्छ मलाइ त । आखिर यो छोटो जीवनमा आफ्नै समाज परिवेश र अनुकुलता छोडेर पलपलमा घर परिवार र समाज मिस गरेर असन्तुष्टिका आंधीवेहेरी चलाएर विदेश वस्नुलाइ मेरो मनले कनै हालतमा जायज ठहर्याउन सक्दैन ।
यतिवेलाको काठमाण्डौका सडकहरु निला पारिजातका फुलहरुले लटरम्म छन । छिनछिनमा आउने वर्खे झरीले सडक सिनित्त सफा पारेको छ । यो जाडोमा महावौद्धको ममचामा कस्तो हर्र वाफ उडेको छ । गोलभेडा र तिलको झोलसंग त्यो ममचा खानुको स्वादै वेग्लै । यसो एउटा भटभटे होस पछाडीको सिट खाली नहोस, नगरकोटतिर हुंइकिदा कति मजा छ । सिर्र आउने हावा, झुलुक्क झुल्कने घांम , चंसुर र पालुगोंको साग, आउदै गरेका चाडवाड । अरे वाफ कंहा पाइयोस अम्सटाडर्ममा या साल्टलेक सिटीमा वा वर्लिनमा या मेलवर्नमा ।
तिनै तमाम रमाइलाकाबीच मित्रमन्डलीको ओइरो ओरोलो लागेको देख्दा लाग्नु उदेक लागेको छ । यसो संझिनुस त कवी सिद्धिचरणको प्यारो कविता मेरो प्यारो ओखलढुंगा ।तंपाइको पनि प्यारो रंगेली, ट्यांम्के, वाहुनडांडा, खरानीटार, मिर्लुगं, वछेउली, रामपुर, धुर्कोट, वलेवा, मणिग्राम, विजौरा, चौरजहारी, ठाकुरद्धार वा महेनद्रनगर ।

यो सवले तपाइलाइ संझेको छ । मित्रहरु यो स्वरगसरी मातृभूमी भरसक नछोडौ भो । संझनुस त एकादसी या कृष्णास्टमीको दर, जनै पूर्णीमाको डोरो,  दशैका पिगं, माइत हिडेका महिलाका हुल या वेलुन उडाउदै गरेका केटा केटी । स्कुलेको लाम , पोसाकमा सजिएका स्कुले या  विहानै नागरिक या कान्तिपुर पढ्नेको हुल ।

 "वा: यो भूमीले तंपाइलाइ वहुतै मिस गरीरहेको छ । तोडौ माखेसांग्लाहरु फर्को आफ्नै गुंड गुंडमा । आगे तंपाइको जिम्मा ।

May 17, 2009

विर्घाका वुढा र युवाहरु

 


रोमान्टीक गफका धनी मोहनीलाल खराल पुर्व वडाध्यक्ष चोलाकान्त पान्डे अर्थात डल्लु वा

कट्टीका वुढाहरु एक औपचारिक कार्यक्रममा

 


युवाहरु कट्टी प्रावीको चौरमा गफिदै ।

 

नेपाली mate हरु मुख नछाडौ, ट्रैनमा सभ्य भाषा बोलौ

अर्चना श्रेष्ठ

अष्ट्रेलिया आयो भन्दैमा जे पायो तेही जहाँ पायो तेही बोल्न पाईन्छ र? याद राख्नुस् तपाईंको भाषा अरुले नि बुझछन्। ८ बर्ष पछि एक जना दाईले आफ्ना बुढा बुवा आमालाई मेल्बर्न घुमाउन बोलाएका थिए कहिले थानकोट नकाटेका बुवा आमा सिधै hongkong हुँदै Melbourne airport आएका बाबुआमाको खुशीको सिमानै थिएन त्यही माथि आफ्नो तीन बर्षको प्यारो नाती हेर्ने खेलाउने सुम्सुमाउने रहर पनि पुरा भएको थियो।
उनिहरुले ठानेको स्वर्ग यही थियो । आफ्नो छोरोको बलबुताले यो बिरानो देशमा घुम्न पाएकोमा बाबुको शिर ठाडो थियो भने आमाको छाती गर्व ले फुलेर चोली को तुना फुत्किनै थालेको थियो। ३ महिनाका लागि आएका ति दाईका बाबु आमासँग बिताउने टाइम धेरै कम थियो त्यसैले बिदाका बेलामा स-परिवार जोल्टिएर घुम्न जाने प्लान गर्थे।
नेपालीहरु धेरै जसो upfield line, coburg, Brunswick, cragiburn line मा बस्ने गर्छन् । ति दाई पनि एक्दिन coburg, Brunswick हुँदै सिटी तिर घुम्न जान लागेका रैछन। त्यो लाइनमा नेपाली धेरै बस्ने हुनाले ट्रैनमा प्रसस्तै नेपाली भेटिन्छ।
बिरानो मुलुकमा अरु नेपाली नानीहरु देखेर बुढा बाउ, आमा पनि दङ्ग पर्दै रैछन। ट्रैन आफ्नै रफ्तारमा हिड्डै थियो, त्यो दाई लाई समस्या त तब परेछ जब अरु नेपाली भाईहरुले ट्रैनमा बोल्न थालेछन।
बोलीनै पिच्छे सार्है तल्लो स्तरको मुख छाडे पछी पर्नु आपत परेछ। आफ्ना आदर्णीय बुवा आमाका अगाडि यस्तो असभ्य भाषा सुन्न पर्दा लाजले पानी पानी भएछन। भर्खर नेपाली बोली सिक्दै गरेको छाउरोले कहाँ तिनीहरुले बोलेको सुनेर टिपी हाल्ला भनेर हत्तनपत्त म्युजिक सुन्ने बाबु भनेर कानमा i-pod ठोसाइ दिएछन।

साच्चै भन्ने हो भने त्यो दाईलाई आँफैलाई लाज लागेछ र तेती बेला कुरा अन्त अन्त लगेर भुलाउन खोजेछन् तर आफ्ना बाउ आमाले त्यस्तो तल्लो स्तरको बोली सुनेर के सोच्नु भयो होला भनेर बडा चिन्तित भएका रैछन। ति दाई मात्रै होइन म आँफै पनि ट्रैन चढ्दा नेपाली केटाहरुको बोलाई नसुनेको होइन। आइतबारको दिन थियो म upfield line Train मा चढेको थिए। एक ग्रुप नेपाली केटाहरु थिए। मेरो मुख झट्टै हेर्दा Chinese/ Korean जस्तो देखिने हुनाले होला मेरो अगाडिनै खुब मुख छाडी छाडी कुरा गरे कसम!! भनेको मैले एस्तो भद्दा र तल्लो स्तरको बोली त सुनेकै रैनछु।
मेरो दिमाखले काम गर्न छोड्यो मलाई लाग्यो। हे भगवान छि! छि! धन्नै म अरु कोही भाईबहिनीको अगाडि रैनछु। एक मन त मलाई एक झापड दिउ कि जस्तो नि लाग्यो तर आफु बडो सम्यमित भएर अर्को स्टेसनमा ओर्लेर अर्को डब्बामा चढे। आफु नेपालमा बस, माइक्रो चढ्दा driver खलासिले पनि तेस्तो तल्लो स्तरमा गिरेर बोलेको सुनेको थिइन। के मेल्बर्नमा आउने भाइहरुको स्तर त्यो भन्दा तल हो?? हाम्रो नेपालको गर्ब गर्ने धरै कुरा छ। हामी मात्रै होइन, सारा संसार ले वाह! वाह! गर्ने चिज हरु छ । यस्तो आँफैमा गर्व बोकेको देशबाट आएका हामीले बिदेशमा आएर जे पायो तेही बोल्दा नेपालीले त सहलान तर जब नेपाली बुझ्ने बिदेशीले सुन्लान तब हामीलाई कती जङ्गली र अस्भ्य भन्लान। जती जानाले यो ब्लग पढ्नु भएको छ तपाईं आफ्नो कोठा भित्र ढोका लगाएर जती मुख छाडे नि छाडनुस्, जती गाली गरे नि गर्नुस् तर प्लिज ट्रैनमा चाँही सभ्य भाषा प्रयोग गरी दिनुस्।   अर्चनाको ब्लग

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com