कस्तो रह्यो ओवामाका सय दिन?
अमेरिकी राष्ट्रपतिको हैसियतमा बराक ओबामाले आज १०० दिन पूरा गरेका छन् । यो अवधिमा अर्थव्यवस्था र विदेश नीतिमाथि उनले धेरै फेर बदल गर्ने पहल गरे । यो सय दिनमा बढीजसो आर्थिक संकटको मुद्दा हावी रह्žयो । तर, यसका बाबजुद अमेरिकाबाहेक वाहिरी विश्वको अन्य मुद्दामा पनि ओबामाको नजर टाढा थिएन । यो सय दिनमा उनको एउटा मुख्य उपलब्धीका रुपमा सात सय ८७ अरब डलरको विशेष आर्थिक व्यापकेज रह्žयो । शपथ लिएको एक महिनापछि नै अमेरिकी ‘रिकभरी एन्ड रिइन्भेस्टमेन्ट एक्ट’ को कानुन बनाइयो । यो नयाँ कानुनमा कर कटौती र खर्चसम्बन्धी जतिपनि प्रावधान छ, त्यो यो महिनाबाट मात्र कार्यान्वयन हुनेछ । यसले सरकारको वित्तीय घाटा अझ बढ्नेछ । यो वर्ष घाटा १.७५ ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको छ । बीबीसीका अनुसार यो विशेष आर्थिक योजनाबाट वर्तमान आर्थिक संकटको समाधान असम्भव छ । तर, यसबाट वेरोजगारीजस्तो केही मुद्दामा केही हदसम्म भएपनि कमी आउनेछ ।
त्यसो त विदेश नीतिको कारण पनि ओबामा चर्चामै रहिरहे । आफ्नो हरेक जसो विदेश भ्रमणका क्रममा उनीले भनिरहे, ‘अमेरिका आफ्नो कुरा मात्र मनाउन खोज्दैन बरु सबैको कुरा सुन्न चाहन्छ ।’ यद्यपि यी सबै कुराको नतिजा आउन अझसमय लाग्नेछ ।
भर्खरै स्वान फ्लु फैलिएपछि ओबामा आन्तरिक रुपमा ठूलो संकटको सामना गरिरहेका छन् . आफ्नो सय दिनको कार्यकालमा ओबामाले धेरै विषयमा नयाँ सुरुवात गरेका छन्ž । तर, इराकबाट वास्तवमै सैनिक फिर्ता गर्ने, अफगानिस्तान युद्धको चरित्र बदल्ने र स्वास्थ्यमा सुधार गर्नेजस्ता विषयमा अझै वास्तविक परिवर्तन भएको छैन । यस्ता धेरै चुनौतिलाई मध्यनजर गरेर भन्न सकिन्छ कि राष्ट्रपति ओबामाको आउने सय दिन अझ बढी चुनौतिपूर्ण हुनेछ ।