April 21, 2009

यात्राको रमाइलो

Filed under: भ्रमण


पुर्व सुचना दिएर मैले शुरु गरेको यात्रा शुखद रह्यो । यात्रा काठमाण्डौ भएर काठमाण्डौमै आएर टुंगिएको छ । यात्रा पहिलो दिन देवघाट तनहु, नारायणगढ र कावातोसीमै सिमित रह्यो । विहान कलंकीवाट शुरु भएको यात्रामा अपरान्ह १२ वजे तंनहुको देवघाटमा गएर काली र मर्स्या-दीको दोभानमा गएर नुहाउदा आनन्द मिल्यो ।

 भोकोपेट लिएर हामी पुग्यौ नारायणगढ विरेन्द्र क्याम्पस चितवनका उपप्राध्यापक पूर्णप्रसाद अधिकारीको घरमा । अधिकारीकोमा खाना खाएपछि मेरो भेट मित्र अभिनव भुषालसंग भयो । उनैले पुर्याए नारायणगढ वस पार्क । राजाराम सर र मेरो पहिलो दिनको मुकाम वन्यो कावासोतीका सज्जन नवराज सुवेदीको घरमा । तराइको गर्मीको राम्रै अनुभव रह्यो सुवेदीका घरको वसाइ । विहान सवेरै हामी दलदले वजार पुग्यौ । दलदलेवजारवाट जिप चढेर तनंहुको सिमाना निस्कने हाम्रो पुर्व योजना थियो ।

 यद्यपि जिप प्यासेन्जर कुरेर ढिला हिड्यो । अत्यन्तै विकटको वाटो र कच्चा चालक भएपनि येनकेन दोश्रो दिनको वेलुका हामी पुग्यौ मिथुकरम गाविसको मचेडी । मचेडीमा स्थानीय शिक्षक शाल्रि्राम लामिछानेकोमा हाम्रो वास पर्यो । सज्जन शिक्षक शाल्रि्राम र उनकी श्रीमती आरतिको आतिथ्यताले हामीलाय ठुलो गुन लगायो । भोलीपल्ट स्थानीय वुज्रुकहरुसंगको  भालाकुसारीपछि हाम्रो गन्तव्य वन्यो तंनहुको पुट्टार । हाम्रो यात्रालाइ सहज तुल्याउन शाल्रि्राम सरले आफ्ना आज्ञाकारी पुत्र सरोजलाइ हाम्रोसाथमै पठाउनु भएको थियो ।

 सरोजको सहायतामा करिव चार घन्टाको पैदलपछि हामी पुग्यौ तंनहुको नागेंडाडापछि पुट्टारमा । पुट्टारमा हामीलाइ खाना वनाएर कुर्नु भएको थियो,स्थानीय सज्जन पे्रम प्रसाद गैरेले । भारतीय सेनाका रिटायर्ड गैरे र उंहाकी धर्मपत्नीको आतिथ्यता आत्मिय थियो । पुट्टारका स्थानीय वुज्रुकहरुले हाम्रो खांचो अनुसारको तथ्याकंको लागि आकडा र अन्तर्वार्ता दिएर लगाउनु गुन लगाउनु भयो । ठुलो मात्रामा स्थानीयवासी उपस्थित भएर हाम्रो तथ्याकं संकलनलाइ सहयोग पुर्याउनु भयो, पुट्टारवासीले । भोलीपल्ट हामी लाग्यौ गजरकोट गाविस तर्फ हाम्रो यात्रामा सरोज, भिष्म र प्रतिमाले आधावाटो सम्म आएर सहयोग पुर्याए ।
वाटो विराउदै अल्मलदै जंगलको वाटो करिव ३ घन्टा उकालो हिडेर हामी पुग्यौ गजरकोट गाविसको डांडामा । स्थानीय शिक्षक, प्रहरी चौकीका सुरक्षाकर्मीहरुसंग भलाकुसारी गरीवरी स्थानीय शिक्षक इमानसिंहृ रानाकोमा खाना खाइवरी हामी लाग्यौ घिरङ- सुन्धारा गावीस तर्फ करिव ३ घन्टाको हिडाइपछि वल्ल आइयो सुन्धारामा । स्थानीय चन्द्रज्योति मावीमा पुगियो । त्यहाका शिक्षक शिक्षीकाहरुसंगको वार्तालापपछि त्यहाका वासिन्दा तिनको जनजीवन र रहनसहनवारे सामान्य र्सर्वेक्षणपछि वेलुकाको वास पर्यो शिक्षक रनवहादुर रानाकोमा । उंहाको आतिथ्यपछि जरुरी काम परेकाले म भोलीपल्ट जिप चढेर लागे भिमाद वजारतर्फ तर मेरा गुरु भने एक्लै लाग्नुभयो रिसि-तर्फ ।

यात्रा समग्रमा रमाइलो रह्यो । यात्राका क्रममा विकट भूभागको भ्रमण भयो । खडेरीको मौषम र हावाहुरीले गर्दा अधिकांश पहाडहरु उराठिला र डढेलोले खाएका देखिन्थे । पानीको अत्यन्तै कठिनाइ थियो । यद्यपि हामी जंहा जंहा पुगेपनि स्थानीय शिक्षकहरुले पुर्याएको गुन  विर्सीनसक्नुको रह्यो । यात्रामा मेरा गुरु राजाराम सर लेखकका अलावा कक्षा ७,,९र १० को सामाजिक अध्ययनको पाठ्यपुस्तक तयारकर्ता पनि भएकाले हामीप्रति सवैको चासो थियो ।

  त्यस्तै गांउमा सिधा र इमान्दार जनता सहयोगी पनि थिए । त्यसैलेपनि यात्रा रोमान्चक रह्यो । केही प्राइमरी डाटा कलेक्सन भएको छ । यसैलाइ आधार वनाएर थेसिसपनि तयार गर्नु छ । यात्राको प्रमुख उद्देश्य त मनोरन्जन थियो जुन प्राप्त भएको छ नै । यात्राका सन्दर्भहरु प्रसंगवस उल्लेख गर्दै जाने नै छु ।


तंनुहको देवघाट दोभानमा नंयावर्षको उपलक्षयमा नुहाउने तरखर गर्दै राजाराम सर र म ।


दलदले वजारवाट डेढगांउ जानेक्रममा लोकगीत गांउदै गाडी कुलाउदै चालक ।


तंनहुको पुट्टार जाने क्रममा डुंगावाट वाली घाट तर्दै ।


हामी वास वसेको पुट्टारका प्रेमप्रसाद गैरैको सुन्दर घर ।


सुन्भारका रनवहादर रानाका वावु छोरासंग ।


त्रिशुलको रयाफ्टिङ फर्कने क्रममा


डेढ गांउमा झोलुगें पुल तर्दै ।


गजरकोट गाविस तनहुमा गाइ र गोठालोको हुल ।


गाडी विगे‍‍पछि भिरमा आपत । नवलपरासी दलदले वजार माथी ।


सुन्धारा गाविसको पिक । यंहावाट नेपाल टेलीकमको फोनले राम्रै काम गरेको थियो ।


कतै सुख्खा कतै हरियाली । फर्कने क्रममा पृथ्वी राजमार्गवाट लिइएको तंनहुको धान झुलेको फांट ।


डढेलाको डरले घर छाडेर  रुखमुनी सामानसहित वस्दै आएका विकट गजरकोट गाविसका वुधे कामी ।

तथ्यांक संकलनका क्रममा कुराकानी हुदै ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/04/21/p613/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com