April 20, 2009

ऋण तिर्न पूर्वराष्ट्रपति क्लिन्टन चिठ्ठामा

Filed under: लौ है त

संयुक्त राज्य अमेरिकाकी विदेशमन्त्री हिलारी क्लिन्टनले श्रीमान् तथा पूर्वराष्ट्रपति विल क्लिन्टनलाई चिठ्ठामा राखेकी छिन् । आफ्नो चुनाव अभियानको ऋण तिर्न उनले विललाई चिठ्ठामा राखेकी हुन् ।

 

 ऋण तिर्न सघाउनेलाई चिठ्ठा प्रक्रियाद्वारा विल क्लिन्टनसँग एक दिन बिताउने अवसर दिने योजना छ । यस योजनाका बारेमा हिलारीका समर्थकलाई इमेल पठाइएको छ । यसको जिम्मा पूर्वचुनाव अभियान व्यवस्थापक जेम्स कार्भिलीले लिएका छन् । डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारका लागि चुनाव लड्दा उनलाई २० लाख ३० हजार अमेरिकी डलर ऋण लागेको छ ।

हिलारीलाई पाँच डलर चन्दा दिने समर्थकलाई लक्की ड्रमा समावेश गरिनेछ । विजेताहरूका लागि विभिन्न पुरस्कारहरू राखिएका छन् । पुरस्कारअन्तर्गत पूर्वअमेरिकी राष्ट्रपति विल क्लिन्टनसँग एक दिन बिताउने र अमेरिकन आइडल शोको टिकटको व्यवस्था गरिएको छ । यसबाहेक पुरस्कारमा डेमोक्रेटिक पार्टीका रणनीतिकार जेम्स कार्भिलीसँग वासिङ्टनमा लन्च पनि रहेको छ ।

 

चिठ्ठा विजेताले विल क्लिन्टनसँग न्युयोर्कमा भेट्नेछन् र विभिन्न आकर्षक स्थानमा सँगै घुम्न जानेछन् । "आज पाँच डलर सहयोग गर्नुस् । तपाइले जीवनको सबैभन्दा महत्त्वपूर्ण अवसर पाउनुहुनेछ,’"कार्भिलीले इमेलमा लेखेका छन्, "तपाइको सहयोगले यी रमाइला पुरस्कार जित्न मात्र सहयोग गर्दैन, हाम्री मित्र हिलारीलाई ऋण तिर्न पनि सहयोग गर्नेछ ।"

 

 विदेशमन्त्रीको रूपमा हिलारीले चन्दा संकलन गर्न प्रतिबन्ध छ । त्यसैले उनको ऋण तिर्न समर्थकहरू तम्सिएका छन् । यसअगाडि पनि हिलारीको चुनाव अभियानमा लागेको ऋण घटाउन अपिल गरिएको थियो । हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा बाराक ओबामासँग पराजित भएकी थिइन् ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/04/20/p605/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com