April 11, 2009

महान पाठक, व्लगकारिता र म

राजधानी काठमाडौका सडक किनारा पारिजातका निला फुलहरुले ढाकीरहदा मैले विर्घा व्लगको अपलो८प्रत्तलीया चेन्ज गरेको छु । सक्रीय पत्रकारिताको ह्याङ ओभर मेटाउन व्लग मार्फत शुरु गरेको नागरिक पत्रकारिताका दौरान अनेक थरी अनुभवहरुवाट म घेरिएको छु । तपाइ महान पाठकहरुका सरोकार चाहे ती गाली हुन या ताली मेरो व्लग यात्राका उर्जा हुन । विना पाठकको यात्रा वेहुली विनाको वैवाहिक जीवन जस्तो हुन्छ नै । त्यसैलेपनि मेरो व्लगकारितामा पाठकको स्थान सर्वोपरी रह्यो, छ र रहनेछ । तंपाइहरु कति त मौनम सम्मति हुनुहुन्छ । तर कतिपय जागरुक पाठकले वेला वेलामा झक्झक्याउनु हुन्छ, खवरदारी गर्नु हुन्छ, अनि सचेत तुल्याउनु हुन्छ । तपाइहरुको विना सरोकार खरानी तुल्य हुने म जव तपाइका संझना र चासोले भरीएका मेल, कमेन्ट र शुभकामनाहरु प्ाउंछु अरवी मिथकीय चरी फिनिक्स जस्तो आफै वर्षा राग गाएर पुन पानी पानी हुन्छु । जव तपाइका संझनाहरुले झक्झकाउछन म फेरी जीवन राग गाउछु र नित्य व्लगकारिताको कर्ममा फर्किन्छु । जीवन जिउने अनेक कला हुन्छन ती कला तपाइका आफ्ना स्वभावले मार्गनिर्देशित हुन्छन । विगतप्रतिको संझना र भविष्यप्रतिको आशावादीताका बीच मेरो जीवनको उत्तरार्धको लामो समय गुजि्रएको विर्घा मानस पटलमा घरी घरी आउछ । सवै गांउवाट शहर भित्रिनेहरुलाइ जस्तै मलाइ जव पुरानो स्मृतिले घोच्छ अनि म मेरो गांउको माया स्मृति र उन्नत भविष्यलाइ संझदै उसै गांउका वारेमा फलाकी रहेको हुन्छु । शहरको रमझममा वसेपनि शुदुर अतीतका पानाहरु पल्टाउने जमर्को हो – विर्घा व्लग । भूतको माया वर्तमानको कर्म र भविष्यको आशा हो – विर्घा व्लग । एउटा मिठो स्मृति र तपाइहरुबीच संवन्ध जोड्ने प्रयास हो – विर्घा व्लग । झन्डै एक वर्ष अगाडी शुरु भएको व्लगसमको यात्रा यो दोसाधमा आउदा थप सक्रिय भएको छ । अझै अनेक प्रविधिगत समस्याहरु छन । यी समस्याहरु गर्दै सिक्दै सुल्टाइने छन । निरन्तरताको अभाव छ । अझै यसलाइ तपाइहरुका संझना खवरदारी र सरोकारले सुल्झाउन मद्दत गर्ने छ । केही आर्थिक कठिनाइहरु छन त्यसलाइ गुगलको एडले केही मद्दत गर्ने छ । अनि मित्रहरुका ओठे संझना होइन गम्भीर सहकार्यले व्लग विर्घा नागरिक पत्रकारिता, ग्रामिण व्ल्गकारिता र स्मृति साटासाट गर्ने सेतु वन्ने छ । विवगतको माष्टहेड अनि अमुर्त भाषा र अहिलेको सेटिङ तंपाइलाइ कस्तो लाग्यो केही शव्द लेख्न कन्जुस्याइ नगर्दिनु होला । तंपाइहरुका सल्लाहवाट नै विर्घा व्लगको आगामी वाटो तय हुने छ । आगे तंपाइको जिम्मा ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/04/11/p598/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com