April 11, 2009

वर्षैभरी चर्चामा वावुराम

लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम अर्थमन्त्री डा. बाबुराम भट्टराई बजेट, व्यक्तिगत कार्यशैली, मितव्ययिता र सार्वजनिक भाषणका कारण ०६५ सालमा चर्चाका पात्र रहे ।
बजेटकै कारण उनी दुई प्रकारले चर्चामा आए । पहिलो त इतिहासमै महत्त्वाकांक्षी बजेट ल्याएकाले कार्यान्वयन हुन सक्दैन भनेर उनको धेरै आलोचना भयो । पूर्वसरकारले पौने दुई खर्बको बजेट ल्याउने तयारी गरेकामा उनले दुई खर्ब ३६ अर्बको बजेट पेस गरेर विपक्षी र विज्ञहरूको आलोचना खेप्नुपर्‍यो । आलोचनाका विपरीत त्यही बजेट कार्यान्वयनमा उल्लेख्य सफल भएर बाबुरामले यश कमाए ।

बाबुरामको मन्त्रालयले आफ्नो लक्ष्यभन्दा धेरै प्रगति गरेको छ । ३१ प्रतिशतको राजस्ववृद्धिको लक्ष्य राखिएकामा यो वृद्धि ३८ प्रतिशत पुगेको छ । आयको स्वयं घोषणा (भिडिआइएस) कार्यक्रम घोषणा गरेका कारण निजी क्षेत्रबाट बाबुराम आलोचित भए । विगतमा असफल भएको भिडिआइएस ल्याएर बाबुराम असफल हुने मार्गमा हिँडे भनेर सुरुमा चर्चा भए पनि पछि बाबुरामले साँच्चै भिडिआइएस सफल बनाए भनेर अर्का चर्चा भयो । उनलाई चर्चाको केन्द्रविन्दुमा राख्ने अर्काे कार्यक्रम हो— युवा तथा साना व्यवसायी स्वरोजगार कोष । बेरोजगार युवालाई स्वदेशमै स्वरोजगारी उपलब्ध गराउने उनको यो अवधारणा पनि सफलताको दिशातर्फ अघि बढेको छ

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/04/11/p597/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com