April 10, 2009

पत्रकार धमलालाइ न्याय

Filed under: तेसो पो

पुनरावेदन अदालत पाटनले रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलालाई साधारण तारेखमा रिहा गर्ने आदेश दिएको छ। धमलालाई थुनामा राख्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश कानुनबमोजिम नमिलेको ठहर गर्दै न्यायाधीशद्वय मोहनप्रसाद घिमिरे र आनन्दमोहन भट्टराईको इजलासले उक्त आदेश दिएको हो।

हातहतियार तथा खरखजाना ऐन अन्तर्गत मुद्दा चलाइएका धमलालाई जिल्ला प्रशासन कार्यालयले गत फागुन १६ मा थुनामा राखी मुद्दाको कारवाही अघि बढाउन आदेश दिएको थियो। पुनरावेदन अदालतले प्रशासन कार्यालयको आदेश बदर गर्दै साधारण तारेखमा रिहा गर्ने निर्णय दिएको हो।

धमलाले प्रशासन कार्यालयको आदेश कानुनविपरीत भएकोले बदर गर्न माग राखी मुलुकी ऐन अदालती बन्दोवस्तको १७ नम्बरबमोजिम पुनरावेदन अदालतमा निवेदन दिएका थिए। निवेदनमा शुक्रबार सुनुवाइ गरेपछि इजलासले सो आदेश दिएको हो।
धमलाइ अस्वस्थ भएकाले अदालतमा उपस्थित थिएनन्। उनी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचार गराइरहेका छन्।

यसअघि मानव अपहरण तथा शरीर बन्धक र ज्यान मार्ने उद्योगमा चलाइएको दुई छुट्टै मुद्दामा काठमाडौं जिल्ला अदालतले धमलालाई साधारण तारेखमा रिहा गर्न आदेश दिइसकेको थियो। उनी जिल्ला प्रशासन कार्यालयको आदेशका कारण हिरासतमा थिए।

राजधानीका विभिन्न स्थानमा भएका विस्फोटका घटनामा संलग्न भएको, रणविर सेनासँग मिलोमतो भएको आरोपमा उनलाई गत फागुन २ मा राजधानीबाट पक्राउ गरिएको थियो।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/04/10/p591/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com