सिरानीमै नेट
मेरो सिरानी र माउसको दुरी वरावर भएको छ । अनेक पटकका वाचापछि आजवाट मेरो आफ्नै अोच्छ्यानमा वसेर व्लग अपडेट गर्ने सपना साकार भएको छ । यूटीयलको अनलिमिटेड नेट सर्भिस मेरो पहुच भित्र आएपछि यता तातो चिया खादै व्लग अपलोड गर्दै गरेको छु । केही दिन अगाडी यो सेवा लिएपनि सफ्टवेयरको समस्याका कारण प्रयोग गर्न सकेको थिइन । मित्र भिमजीले यो कनेक्ट गरिदिएपछि अव तपाइ र म साच्चै नजिक भएका छौ ।
आफु सुत्ने खाटमा वसेर कम्प्युटरको माउस चलाउनुको मजा वेग्लै हुदो रहेछ । जुन मैले अनुभूत गरिरहेको छु । नेपालमै वसेर केही गर्नु पर्छ भन्ने मानयता राखेर मुलुक छोड्न अल्छी गर्ने म जस्तालाइ मुलुकको दुर्दशा र प्रविधीमा पंहुच नपुग्दा पर्नु पिर पर्दो रहेछ । खैर अरु समस्या त समाधान हुदै जालान अहिलेलाइ यो नेटको किचलो र वत्तिको प्रव्लम भने केही हदसम्म सामाधार गरेको छु । मेरो उत्साहमा उर्जा थप्ने आखिर तंपाइहरुनै हो क्यार हेरौ तंपाइका सम्झनाहरु कत्तिको दोहोरिन्छन ।