छापामारको सवारीमा परिक्षा केन्द्रसम्म
आज प्रशासनको अन्तिम पेपर । मेरो सेन्टर त्रिपुरेश्वरको विश्व निकेतनमा । आज फेरी कतै संघीयता मन नपराउने त कतै सरकारको विरोध गर्ने हरुको वन्द । वन्द कर्तामा थिए एकताकेन्द्र मशालका चित्रवहादुर के.सी., रिभोलुस्नरी लेफ्टविङका मणि थापा र नेकपा माओवादीको पुनर्गठन गरेका झोकी नेता मातृका यादव ।
वन्दकाबीच भएको एउटा वाइकपनि चलाउने आंट आएन । भएको यही एउटा नासो कुनै मुर्खको निसाना पर्यो भने फेरी भोलीवाट लेफ्ट राइट । त्यो लफडा वेहोर्नु भन्दा आजै लेफ्ट राइट गर्ने मन भयो । लोकन्थलीको यस गल्छेडीवाट २ वजेको जांच भेट्न १२:३० वजे रवाना भए म । रेडियोको समाचारमा वन्दको प्रभाव नपरेको र यातायात सुचारु भएको के सुनेको थिंए । लाइनवसेर हालेको तेलको पनि याद आयो र पैदलै सवार थिंए ।
वाटोमा निस्केपछि वल्ल वन्दको स्वाद थाहा भयो र कोसेन्सरसिपमा संचालित र्डियाको हविगतपनि याद आयो । अव गर्ने के १२:४० भैसक्यो जांच छ २ वजेवाट चारवटा पेपरमा गुमनाम आमा र स्वर्गे भएका वाउ, हजुरवावुको वतन, नाम, दुनीया भर्न कम्तिमा पनि २० मिनेट लाग्छ । गर्ने के परिक्षा छुट्ने भयो । ज्यानलाइ पर्नु पिर पर्यो । आजै माओवादीले राजधानी लगायत देशका प्रमुख ८ शहरमा शक्ति प्रदर्शनपनि गर्दै थियो । यसैमेसोमा आयो गोडा दशेक वाइकको मोटरसाइकल र्याली । हात दिए वज्जियाहरुले के रोक्थे र रोकेनन । लौ त हिडाइ नै शही, कोटेस्वरसम्मको वाटो पैदलै नापे । त्यहापनि गाडी छैन । अव गर्ने के पर्यो फसाद कोठासम्म वाइक लिन आउ समय छैन ।
वाटो छ वरावर । अव गर्ने के । यक्तिकैमा धन्न काभ्रेतिरवाट ल्याइएका माओवादी छापामार सवार गोडा दुएक वस आए झन्डा हल्लाउदै । हात दिए । रोकेन अघिल्लोले । पछिल्लोलाइ अलि शानसंग हात झड्कारेको तै रोक्यो । त्यसैको छतमा चढेर लागे वानेश्वरतिर । वानेश्वर पुगेपछि छापामारको नेताले उर्दी फरमान गर्यो । ल सवैले नारा लगाउनु । अव गर्ने के हुंदा हुदै वाइसीयल नेपाल जिन्दावाद भन्नुपर्ने अवस्था आइलाग्यो । शुरुमा त वन्दको वेला वसको छतमा हिड्नु रमाइलै लागेको थियो । पर्यो फसाद अव नारा लगाउनु पर्ने भो । त्यसमाथि कोही चिनेकोले देखेमा गर्ने के । ढाक्यो पसिनाले । तै घाटी दुखेको छ भन्दै टारेर नारावाट जोगिए । नारालगाउने र झन्डा समाउनेको कुचा कुच छतमै पनि थियो ।तिनिहरुको हविगत देख्दाभने लाग्नु उदेक लाग्यो । बिचराकानेताहरु पजेरोमा शानसंग नेपाल आर्मिको सुरक्षामा हुइकिएका छन ।नारा लागउने तिनको हविगत छ त्यस्तो । अधिकांश नारा लाउनेका खुट्टामा चप्पल मात्र थिए ।
तिनिहरुको हविगत देख्दा कुनै शासन आएपनि केही नभएका देखिन्थे । वस नारा लाउदै सोझीयो त्रिपुरेश्वर तिर । सिंहदरवार निशेधित क्षेत्र भएकाले होला त्रिपुरेश्वर हुदै वस गयो ।
मलाइ त क्यावात भयो । त्रिपुरेश्वरमा ओर्लिएर लागे विश्व निकेतन तर्फ बिचरा नारा लाउनेले हेर्दै थिए । खुला मन्चमा प्रचन्डले के वोले कुन्नी । वत्ति छैन केही शुन्न र हेर्न पाइएको छैन । तर विडम्वना त्यति दुखले भेटेको मेरा जांच भने सोचेजस्तो भएन । वांकी अर्को भेटमा ।