April 30, 2009

सम्झना मुगु यात्राको

Filed under: अतिथी

रमेश बस्नेत 

      झण्डै छ महिना अघि काठमाण्डौको गुरुकुल नाटकघरको थिएटरमा कर्णाली दक्षिण वग्दो छ नामको नाटक हर्ेर्दै गर्दा आसु खसाल्ने धेरै दर्शक मध्ये म पनि एक थिए । सत्य कथावस्तुमा आधारित कर्णालीको पीडा अभिनय मार्फ हर्ेदा दर्शक दिर्घामा रहेका म जस्तै धेरै भाव विव्हल भएका थिए । 

२) विमानबाट देखिएको रारा तालको दृश्य ।
      गुरुकुलमा सो नाटक हेरे पछि एक पटक प्रतक्ष्य कर्णाली र कर्णाली वासीको दिनचर्या नियाल्ने रहर उम्लिएको थियो । संयोगले केही समय अघि कर्णाली को पनि कर्णाली भनेर चिनिने मुगु जिल्ला जाने अवसर आफू कार्यरत संस्थाले जुराइदियो । तर सोचेजस्तो सजिलो नुहदो रहेछ मुगु पुग्नलाई । फेरी पनि त्यही नाटकको सम्झना आयो मलाई मेरो मुगु यात्रामा । प्लेनको पर्खाइमा वस्दा वस्दै विरामीको मृत्यु भएको सो नाटकको कथावस्तु नाटक होइन यथार्थता रहेछ । यद्यपि म नाटकमा देखाइएको विरामी पात्र जस्तो नभए तापनि सोही यथार्थता भोग्न बाध्य भए । मुगु यात्रामा निस्किएको मैले चार दिन सुर्खेतमा विताए । एक पटक त प्लेन चढने लाममा एअरपोर्टमा वसिसकेर पनि हावा बढ्यो भन्दै प्लेन क्यान्सील गरियो । 
      मुगु जाने प्लेन पाउनु भनेको अमेरिकाको भिसा पाउनु भन्दा पनि कठिन रहेछ । हप्ताको दुइ दिन मंगलवार र विहिवार नेपालगंजबाट मुगुको लागि नेपाल एअरलाइन्सको हवाईजहाजको उडान तालिका भए पनि यसको भर नहुदो रहेछ । यति एअरलाइन्सको निजी विमानले पनि यात्रु बोक्नु भन्दा खाद्यान्न वोक्नुमा बढी फाइदा हुने भएकाले विभिन्न बहानामा यात्रु फ्लाइट क्यान्सील गरिरहदो रहेछ । उता मौसमको कारण हुने कठिनाई त छदै छ । 

१) मुगुको सदरमुकाम गमगढी बजार ।
      चार दिनको पर्खाइ पछि मेरो मुगु पुग्ने सपना पुरा भयो । सुर्खेतबाट झण्डै एक घण्टाको जहाज उडान पछि मुगुको ताल्चा विमानस्थल पुगिदो रहेछ । जहाज चढेपछि पनि विमानस्थलमा ल्याण्ड नगरुन्जेल सम्म यात्रा अनिश्चित नै हुँदो रहेछ । हावाको कारण विमानस्थलमै पुगेका जहाजहरु पनि ल्याण्ड गर्न नसकी र्फकदा रहेछन् । तर मैले भने त्यो नियति भोग्नु परेन । विमानबाट ओर्लनासाथ हातमा नाम्लो लिएर वसेका बाल भरिया देखेर मन कुडियो । विमानस्थलबाट करिव दुइ घण्टाको पैदल दुरीमा मुगुको सदरमुकाम गमगढी पुगियो । 

      मानवविकास प्रतिवेदनमा नेपालको ७५औ स्थानमा पर्ने यो जिल्लामा पुग्दा झल-झली राजधानीमा नाटकमा हेरेको दृश्य पुनारावृति भइरहेको थियो । नाटकमा वोलिएको एउटा संवाद घरिघरि दिमागमा खेलीरहृयो । " ..पेसा तिरेर दिने नागरिकता बाहेक राज्यले हामीलाई के दियो -" हो साच्चै नीति निर्माताहरुको अदुरदर्शिताको शिकार मुगु भएको यथार्थता त्याहा पुग्दा सहजै अनुमान गर्न सकिन्छ । राज्यले आफ्नो भुगोललाई सही न्याय दिन नसक्दाको परिणाम के हुन्छ भन्ने उदाहरण रहेछ मुगु । 
      मैलो पहिरनमा सुकिलो हासो हास्दै गरेका मुगालीहरुले जवरजस्त जिन्दगीसँग बाच्नका खातिर पाखुरा बजारीरहेकाहरुको नियति गुरुकुलको थिएटरमा हर्ेदा भन्दा सयौ गुणा बढी वास्तविकतामा दुःखदायी लाग्थ्यो । सोचे राजधानीमा नाटक हेरेर आसु खसाल्ने मनहरुले साच्चै नजिकबाट यहाको दृश्य देखेको भए के गर्थ्ो होलान् । गुरुकुलको बन्दकोठा भित्र तुइनमा झुण्डिएको देख्दा डरले आखा चिम्लनेहरुले एउटा नाम्लोमा झुण्डीएर कर्णाली पार गरेको देखे भने रोमाञ्चित हुन्थे वा डराउथे मैले कल्पना गर्न सकिन । 
      सुकिला र हुष्टपुष्ट अनुहार विकासे संस्थाहरुमा कामगर्ने वाहिरी जिल्लाका व्यक्ति वाहेक यहाका रैथानेहरुको देख्न नपाईएको वास्तविकताले पनि मन हुडलीरहृयो । सदरमुकाम त त्यस्तो थियो भने मुगुको दुरदराजका वस्तीहरुको हालत कस्तो होला त्यो कल्पना भन्दा वाहिर थियो । जिल्लामा अभाव वाहेक केही पनि पाइदो रहेनछ ।  

३) विमानस्थल छेउमा लेखक ।
      नयाँ बन्दै गरेको संविधानलाई सुझाव संकलन गर्न गएका सभासदहरुको टोली पनि म मुगु छदै जिल्लामा पुगेका रहेछन् । तर जिल्लामा अधिकांसलाई संविधानको वारेमा उति चासो थिएन । क्लिष्ठ भाषा प्रयोग गरिएका प्रश्नावली लिएर मुगुको गाउँमा सुझाव संकलनको लागि आएका सभासदहरुको टोली प्रति व्यङ्ग्य गर्दै माहाकाली उच्च माविका सह प्राध्यापक कृष्णमुराही भट्टले भने, ‘सुझाव संकलनको यो प्रक्रिया केवल नाटकको लागि नाटक मात्र हो । स्कुलका शिक्षकलाई समेत गाह्रो हुने खालका प्रश्नावली लिएर मुगुको गाउँमा सुझाव संकलनको निम्ति जानु हास्यस्पद हो’ उनको तर्क थियो । 
      ‘यदि कसैले मुगुवासीसँग के माग्छौ भनी सोधे भने यहाका जनताले के पो माग्दा हुन’ सँगै यात्रामा चिनजान भएकी स्थानीय गैर सरकारी संस्थामा कार्यरत कल्पना ज्ञवालीले भनिन । मुगु जिल्लाको सात महिने वर्साईको अनुभव सुनाउदै ज्ञवालीले अगाडि भनिन, ‘यहाँका मान्छेको चेतनास्तरमा बृद्धि नभएसम्म यहाँ गरिने विकासे कार्यक्रमहरु केवल वालुवा पेलेर तेल निकाल्ने प्रयास मात्रै हो ।’ हुन पनि जिल्लामा शौचालयदेखि चुल्होसम्म विकासे संस्थाहरुले निर्माण गरिदिएको मुगुमा जनताहरु आत्मनिर्भर हुनुको सट्टा झन परनिर्भर बन्दै गएका रहेछन् । 
      ‘हेलिकप्टरले ओसारेर खुवाएको चामलले मुगु कहिले सम्म बाच्ला र -’ एक अन्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत चिरञ्जिजी दाहालको प्रतिक्रिया थियो । हुन पनि दिनदिनैको अनियन्त्रित जंगल फडानी र नयाँ वृक्षरोपणको अभावले आफैमा भौगोलिक जटिलता खेपी रहेको मुगुले थप आपत्ति भोग्ने निश्चित प्राय छ । 
      साझ परेपछि गमगढी बजार लोकल रक्सीको नसामा अनियन्त्रित हुँदे जादो रहेछ । साझ सडकमा भेटिने युवाहरु अधिकांस जाडको नसामा लठि्ठएको भेटियो । ‘मुगुको मौलिकता भन्नु नै रक्सी भईसक्यो’ गमगढीमा विश्राम होटल सञ्चालन गर्दै बसेका छत्र कुमाइले भने, ‘मैले होटलमा रक्सी बेच्ने नगरेको कारण रक्सी मन नपराउनेहरु मेरो होटलमा आउछन् ।’ मन मनै सोचे म पनित त्यही कारण यो होटलको पाहुना भएको छु । 
      अभाव र समस्याको बीचमा पनि स्कुले विद्यार्थीहरुको सख्यां उत्साहजनक देखेर भने थोरै भएपनि परिवर्तनको सन्देश फैलदै गरेको महशुस भयो । आधा पेट खाएर भएपनि आफ्ना नानीहरुलाई पढाउन साहास गर्ने मुगालीहरु प्रति गौरव पनि लाग्यो । चार रुपैयाको डटपेनलाई २५ रुपैया तिर्नु पर्ने वाध्यता बीचपनि अक्षरसँग रमाउनेहरु देख्दा जति खुसी लाग्यो त्यत्तिकै दुःख स्कुले विद्यार्थीहरुको कुलतको वारेमा थाहा पाएपछि पनि लाग्यो । परिक्षामा रक्सीको नसामा मातेर आउनेहरु पनि हुन्छन सदरमुकाम कै एक उच्च माविका शिक्षकले भने, गाजा चरेर लगाएतका नसा लिनेहरुको संख्या पनि दिनै बढदै गएको छ ।’ 
      अधिकांस मुगाली युवाहरुको हातमा देखिएको मोवाइल फोनले यहाँका युवाहरुमा प्रविधि प्रतिको मोह बढेका जस्तो लागे पनि यसको दूरुपयोग भने प्रशस्तै भएको थाहा भयो । युवाहरुका बीच महंगो मोवाइल सेट प्रयोग गर्ने फेसन जस्तै भएको रहेछ । अधिकांस युवाहरु चर्को स्वरमा मोवाइलमा गीत सुन्दै हिडेको दृश्य यहाको लागि सामान्य थियो । ‘सात महिनामा यहाँ ३५ लाखको रिचार्ज कार्ड विक्रि भएको छ ।’ जिल्लामा मोवाइल फोनको दुरुपयोगलाई प्रमाणित गर्ने अभ्रि्रायले प्रेम नामका एक अधवैसेले भने, यहाका मानिसहरुले पैसा खर्च गर्ने माध्यम मोवाइल र रक्सी मात्र हो ।’ 
      मुगुमा भएका, सुनेका, देखेका यावत गतिविधि राजधानीको गुरुकुल नाटकघरमा हेरेको नाटकको पुनरावृति सिवाय मलाई केही पनि लागीरहेको थिएन । त्याहाका प्रत्येक वास्तविकताले मलाई गुरुकुलको थिएटरमा हेरेको कर्णाली दक्षिण वग्दो छ नाटकको संवाद अभिनय र कथावस्तुको यादलाई ताजा बनायो । 
      राजधानीमा नाटकमा अभिनय गर्ने कलाकार मुगुका नै थिए । अनि सो नाटक प्रदर्शनबाट उठेकोकरकमले मुगुमा पनि नाटकघर बनाउने बताइएको थियो । मैले पनि मेरो वेरोजगारी खल्तीबाट सो नाटक प्रदर्शनको क्रममा नाटक हेर्दा तिर्नु पर्ने शुल्कको अलवा केही पैसा चन्दा वाकसमा खसालेको थिए । मुगु पुग्दा मलाई मेरो चन्दाको सदुपयोग भए नभएको जान्ने इच्छा जाग्यो । गमगढीको एक किराना पसलमा परिचय भएका पारसमणी मल्ल नामका युवासँग मैले आफ्नो जिज्ञासा राखेको थिए तर जवाफ सुुनेर नरमाइलो लाग्यो । किनकी सो नाटक प्रदर्शन गर्ने युवाहरु वीचमा फुट आएको र नाटकबाट उठेको पैसा हिनामिना भएको जानकारी ती युवाले गराए । नाटकमा अभिनय गर्ने मुगाली युवाहरुसँग मुगुमै भटेर साक्षात्कार गर्ने रहर भने पुरा भएन । 
      मुगुको वास्तविकतालाई नजिकबाट नियाल्दा साच्चै किकर्तव्यविमुढ जस्तो भए । कुनै प्रतिक्रिया विहिन । भुगोलले ठगेको त्यो जिल्लामा यदि रारा ताल पनि नहुदो हो त भुगोलको श्रृष्टिकर्तालाई जति सरापे पनि कमी नै हुन्थ्योहोला । श्रृष्टिको अनुपम रचना रारा तालले मुगुका यावत भौगोलिक जटिलतालाई आझेलमा पार्न सकेकेा रहेछ । राराको वयान मेरो स्तरको मान्छेले गर्न खोज्यो भने सम्भवत त्यो दुस्साहास हुने छ । खै कसले भनेको हो रारा लाई धर्तीको अप्सरा भनेर बस यति नै काफी छ राराको वयानको निम्ति । 
      मुगुको अभाव र समस्यासँग नजिकबाट साक्षात्कार गरिरहदा मलाई देशको तर्राई लगाएतका भु-भागमा विभिन्न समूहरुले अधिकार प्राप्तिको निम्ति गरिरहेका संर्घष्ाका कार्यक्रमहरुको पनि याद आयो । अनि साच्चै मन दुःखेको अनुभूति भयो । सोचे कम्तिमा सडक अवरुद्ध पार्ने अवसर त पाएका छन तर्राईवासीहरुले । विचरा मुगालीहरुले कसरी माग्ने अधिकार र न्याय । कसको विरुद्ध कहा आन्दोलन गर्ने । जिल्लामा सरकारको कुनचै निकायमा सेवा अवरुद्ध गरेर विरोध गर्ने । केवल उत्तरविहिन प्रश्नहरु बाहेक मैले मुगुमा केही पाइन । 
      मुगु यात्राको नरमाइलो पक्ष भनेको मेरो क्यामराले दिएको धोका हो । यात्राको क्रममा चिनजान भएका सहयात्रीको क्यामरामा कैद भएका केही तस्विरहरु उनीहरुले इमेल मार्फ पठाएर न्याय गरे भने यो नरमाइलो पनि केही हद सम्म कम हुने छ । तर क्यामराको अभावले यात्राको धित भने मरेन । अन्ततः एकहप्ते मुग वर्साई सकाएर मुगुमा दुःखेको भारी मन लिएर जिल्ला बाहिरिए । (नेपालगंजमा रहेर मानवअधिकारका क्षेत्रमा क्रियाशिल लेखकलाइ निम्न इमेलमा सम्पर्क गर्न सकिन्छ ।)balkrishna@insec.org.np

कस्तो रह्यो ओवामाका सय दिन?

अमेरिकी राष्ट्रपतिको हैसियतमा बराक ओबामाले आज १०० दिन पूरा गरेका छन् यो अवधिमा अर्थव्यवस्था विदेश नीतिमाथि उनले धेरै फेर बदल गर्ने पहल गरे   यो सय दिनमा बढीजसो आर्थिक संकटको मुद्दा हावी रह्žयो तर, यसका बाबजुद अमेरिकाबाहेक वाहिरी विश्वको अन्य मुद्दामा पनि ओबामाको नजर टाढा थिएन । यो सय दिनमा उनको एउटा मुख्य उपलब्धीका रुपमा सात सय ८७ अरब डलरको विशेष आर्थिक व्यापकेज रह्žयो  शपथ लिएको एक महिनापछि नै अमेरिकीरिकभरी एन्ड रिइन्भेस्टमेन्ट एक्टको कानुन बनाइयो यो नयाँ कानुनमा कर कटौती खर्चसम्बन्धी जतिपनि प्रावधान , त्यो यो महिनाबाट मात्र कार्यान्वयन हुनेछ यसले सरकारको वित्तीय घाटा अझ बढ्नेछ  यो वर्ष घाटा .७५ ट्रिलियन डलरसम्म पुग्ने अनुमान गरिएको बीबीसीका अनुसार यो विशेष आर्थिक योजनाबाट वर्तमान आर्थिक संकटको समाधान असम्भव तर, यसबाट वेरोजगारीजस्तो केही मुद्दामा केही हदसम्म भएपनि कमी आउनेछ
त्यसो विदेश नीतिको कारण पनि ओबामा चर्चामै रहिरहे आफ्नो हरेक जसो विदेश भ्रमणका क्रममा उनीले भनिरहे, ‘अमेरिका आफ्नो कुरा मात्र मनाउन खोज्दैन बरु सबैको कुरा सुन्न चाहन्छ यद्यपि यी सबै कुराको नतिजा आउन अझसमय लाग्नेछ
भर्खरै स्वान फ्लु फैलिएपछि ओबामा आन्तरिक रुपमा ठूलो संकटको सामना गरिरहेका छन् . आफ्नो सय दिनको कार्यकालमा ओबामाले धेरै विषयमा नयाँ सुरुवात गरेका छन्ž तर, इराकबाट वास्तवमै सैनिक फिर्ता गर्ने, अफगानिस्तान युद्धको चरित्र बदल्ने स्वास्थ्यमा सुधार गर्नेजस्ता विषयमा अझै वास्तविक परिवर्तन भएको छैन  यस्ता धेरै चुनौतिलाई मध्यनजर गरेर भन्न सकिन्छ कि राष्ट्रपति ओबामाको आउने सय दिन अझ बढी चुनौतिपूर्ण हुनेछ ।

April 21, 2009

यात्राको रमाइलो

Filed under: भ्रमण


पुर्व सुचना दिएर मैले शुरु गरेको यात्रा शुखद रह्यो । यात्रा काठमाण्डौ भएर काठमाण्डौमै आएर टुंगिएको छ । यात्रा पहिलो दिन देवघाट तनहु, नारायणगढ र कावातोसीमै सिमित रह्यो । विहान कलंकीवाट शुरु भएको यात्रामा अपरान्ह १२ वजे तंनहुको देवघाटमा गएर काली र मर्स्या-दीको दोभानमा गएर नुहाउदा आनन्द मिल्यो ।

 भोकोपेट लिएर हामी पुग्यौ नारायणगढ विरेन्द्र क्याम्पस चितवनका उपप्राध्यापक पूर्णप्रसाद अधिकारीको घरमा । अधिकारीकोमा खाना खाएपछि मेरो भेट मित्र अभिनव भुषालसंग भयो । उनैले पुर्याए नारायणगढ वस पार्क । राजाराम सर र मेरो पहिलो दिनको मुकाम वन्यो कावासोतीका सज्जन नवराज सुवेदीको घरमा । तराइको गर्मीको राम्रै अनुभव रह्यो सुवेदीका घरको वसाइ । विहान सवेरै हामी दलदले वजार पुग्यौ । दलदलेवजारवाट जिप चढेर तनंहुको सिमाना निस्कने हाम्रो पुर्व योजना थियो ।

 यद्यपि जिप प्यासेन्जर कुरेर ढिला हिड्यो । अत्यन्तै विकटको वाटो र कच्चा चालक भएपनि येनकेन दोश्रो दिनको वेलुका हामी पुग्यौ मिथुकरम गाविसको मचेडी । मचेडीमा स्थानीय शिक्षक शाल्रि्राम लामिछानेकोमा हाम्रो वास पर्यो । सज्जन शिक्षक शाल्रि्राम र उनकी श्रीमती आरतिको आतिथ्यताले हामीलाय ठुलो गुन लगायो । भोलीपल्ट स्थानीय वुज्रुकहरुसंगको  भालाकुसारीपछि हाम्रो गन्तव्य वन्यो तंनहुको पुट्टार । हाम्रो यात्रालाइ सहज तुल्याउन शाल्रि्राम सरले आफ्ना आज्ञाकारी पुत्र सरोजलाइ हाम्रोसाथमै पठाउनु भएको थियो ।

 सरोजको सहायतामा करिव चार घन्टाको पैदलपछि हामी पुग्यौ तंनहुको नागेंडाडापछि पुट्टारमा । पुट्टारमा हामीलाइ खाना वनाएर कुर्नु भएको थियो,स्थानीय सज्जन पे्रम प्रसाद गैरेले । भारतीय सेनाका रिटायर्ड गैरे र उंहाकी धर्मपत्नीको आतिथ्यता आत्मिय थियो । पुट्टारका स्थानीय वुज्रुकहरुले हाम्रो खांचो अनुसारको तथ्याकंको लागि आकडा र अन्तर्वार्ता दिएर लगाउनु गुन लगाउनु भयो । ठुलो मात्रामा स्थानीयवासी उपस्थित भएर हाम्रो तथ्याकं संकलनलाइ सहयोग पुर्याउनु भयो, पुट्टारवासीले । भोलीपल्ट हामी लाग्यौ गजरकोट गाविस तर्फ हाम्रो यात्रामा सरोज, भिष्म र प्रतिमाले आधावाटो सम्म आएर सहयोग पुर्याए ।
वाटो विराउदै अल्मलदै जंगलको वाटो करिव ३ घन्टा उकालो हिडेर हामी पुग्यौ गजरकोट गाविसको डांडामा । स्थानीय शिक्षक, प्रहरी चौकीका सुरक्षाकर्मीहरुसंग भलाकुसारी गरीवरी स्थानीय शिक्षक इमानसिंहृ रानाकोमा खाना खाइवरी हामी लाग्यौ घिरङ- सुन्धारा गावीस तर्फ करिव ३ घन्टाको हिडाइपछि वल्ल आइयो सुन्धारामा । स्थानीय चन्द्रज्योति मावीमा पुगियो । त्यहाका शिक्षक शिक्षीकाहरुसंगको वार्तालापपछि त्यहाका वासिन्दा तिनको जनजीवन र रहनसहनवारे सामान्य र्सर्वेक्षणपछि वेलुकाको वास पर्यो शिक्षक रनवहादुर रानाकोमा । उंहाको आतिथ्यपछि जरुरी काम परेकाले म भोलीपल्ट जिप चढेर लागे भिमाद वजारतर्फ तर मेरा गुरु भने एक्लै लाग्नुभयो रिसि-तर्फ ।

यात्रा समग्रमा रमाइलो रह्यो । यात्राका क्रममा विकट भूभागको भ्रमण भयो । खडेरीको मौषम र हावाहुरीले गर्दा अधिकांश पहाडहरु उराठिला र डढेलोले खाएका देखिन्थे । पानीको अत्यन्तै कठिनाइ थियो । यद्यपि हामी जंहा जंहा पुगेपनि स्थानीय शिक्षकहरुले पुर्याएको गुन  विर्सीनसक्नुको रह्यो । यात्रामा मेरा गुरु राजाराम सर लेखकका अलावा कक्षा ७,,९र १० को सामाजिक अध्ययनको पाठ्यपुस्तक तयारकर्ता पनि भएकाले हामीप्रति सवैको चासो थियो ।

  त्यस्तै गांउमा सिधा र इमान्दार जनता सहयोगी पनि थिए । त्यसैलेपनि यात्रा रोमान्चक रह्यो । केही प्राइमरी डाटा कलेक्सन भएको छ । यसैलाइ आधार वनाएर थेसिसपनि तयार गर्नु छ । यात्राको प्रमुख उद्देश्य त मनोरन्जन थियो जुन प्राप्त भएको छ नै । यात्राका सन्दर्भहरु प्रसंगवस उल्लेख गर्दै जाने नै छु ।


तंनुहको देवघाट दोभानमा नंयावर्षको उपलक्षयमा नुहाउने तरखर गर्दै राजाराम सर र म ।


दलदले वजारवाट डेढगांउ जानेक्रममा लोकगीत गांउदै गाडी कुलाउदै चालक ।


तंनहुको पुट्टार जाने क्रममा डुंगावाट वाली घाट तर्दै ।


हामी वास वसेको पुट्टारका प्रेमप्रसाद गैरैको सुन्दर घर ।


सुन्भारका रनवहादर रानाका वावु छोरासंग ।


त्रिशुलको रयाफ्टिङ फर्कने क्रममा


डेढ गांउमा झोलुगें पुल तर्दै ।


गजरकोट गाविस तनहुमा गाइ र गोठालोको हुल ।


गाडी विगे‍‍पछि भिरमा आपत । नवलपरासी दलदले वजार माथी ।


सुन्धारा गाविसको पिक । यंहावाट नेपाल टेलीकमको फोनले राम्रै काम गरेको थियो ।


कतै सुख्खा कतै हरियाली । फर्कने क्रममा पृथ्वी राजमार्गवाट लिइएको तंनहुको धान झुलेको फांट ।


डढेलाको डरले घर छाडेर  रुखमुनी सामानसहित वस्दै आएका विकट गजरकोट गाविसका वुधे कामी ।

तथ्यांक संकलनका क्रममा कुराकानी हुदै ।

मेरो सानो साथी सरोज


 सरोज लामिछाने १३ वर्षका पुगे र उनी स्थानीय मिथुकरम गाविस नवलपरासीमा वस्छन । उनी यसैवर्ष स्थानिय धर्मात्मा मावीवाट कक्षा ८ मा सर्वप्रथम भइ कक्षा ९ मा पुगेका छन । घरका जेठो सन्तान सरोजका एक भाइ र दुइ वहिनी छन । उनी स्थानीय शिक्षक शाल्रि्राम लामिछाने र आरती लामिछानेका जेठा छोरा हुन ।


उनलाइ मैले पहिलोपल्ट नवलपरासीको दलदले वजारमा भेटेको हुं । त्यतिवेलै देखि उनीप्रति मेरो आकर्षण वढेको थियो र यो क्रम मित्रतामा परिणत भयो । उनले यसपटकको हाम्रो यात्राभरी ठूलो गुन लगाएका छन । भविष्यमा इन्जिनियर वन्ने सपना देखेका सरोज पढाइमा जति लगनशिल लागे व्यवहारमा उक्तिकै सरल पनि । हाम्रो यात्रालाइ उनले अविष्मरणीय वनाइदिएका छन । उनले मचेडीमा मात्र होइन तंनहुको पुट्टारसम्म सामीलाइ गाइड गरे । यी हरफहरु प्रविधिको असुविधाले गर्दा उनले पढ्न त सक्दैनन तर पनि तिनै साना मित्र सरोजको संझनामा यी शव्दहरु ।


आमा र वहिनीसंग सरोज ।

सरोजका पिता माता र वहिनी ।

 


सरोज आफ्नै उमेरका मामा भिष्मसंग ।

सरोज, भिष्म र प्रतिमा राजाराम सरका साथमा । 

 

६० प्रश्न बाबुरामलाई

१). के कस्ता काममा व्यस्त हुनुहुन्छ अचेल ?

नेपालमा आर्थिक क्रान्ति सम्पन्न गर्ने ध्याउन्नमा व्यस्त छु ।

२). तपाईंको नजरमा प्रेम ?

समान उद्देश्यप्रतिको लगाव नै प्रेम हो ।

३). तपाइको विवाह प्रेम कि मागी ?

प्रेम !

४). पहिलो प्रेम प्रस्ताव तपाईंले गर्नुभयो कि हिसिला यमीले ?

मैले !

५). तपाईंको जीवनमा सबैभन्दा पीडादायी क्षण ?

युद्ध मोर्चामा कमरेडहरू शहीद भएको क्षण ।

६). तपाई आफ्नो जीवनमा सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?

गणतन्त्र घोषणा भएको दिन ।

७). नेपाल भित्र तपाईं नपुगेको कुनै जिल्ला ?

केही सूदूर पश्चिमका जिल्ला छन् जुन छिटै भ्रमण गर्दैछु ।

८). समय र फुर्सद पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहनुहुन्छ ?

हिमालको फेदीमा ।

९). तपाईका आदर्श व्यक्ति ?

कार्ल माक्र्स ।

१०). तपाईं प्रभावित भएको कुनै व्यक्ति ?

त्यस्तो कुनै व्यक्ति विशेषलाई किट्न सम्भव देख्दिनँ ।

११). तपाईंलाई कतिपय मानिस घमण्डी भन्छन् नि ?

भन्नेलाई नै सोध्नु उपयुक्त होला । म अन्तरमुखी भएको कारणले कतिपयलाई त्यस्तो भ्रम पर्न सक्छ ।

१२). तपाईंलाई मन पर्ने खाना ?

सुक्खा रोटी र करेलाको तरकारी ।

१३). खाना पकाउन र भाँडा माझ्ने काम मध्ये कुन रोज्नुहुन्छ ?

भाँडा माझ्ने । किनकि त्यसमा समयको वचत हुन्छ ।

१४). तपाईंका विदेश भ्रमणहरु ?

यूरोपका कतिपय देश, अमेरिका, जापान आदि ।

१५). तपाई हाँस्न निकै कन्जुस्याईं गर्नुहुन्छ भन्छन् नि ?

त्यो मेरो प्राकृतिक स्वभाव होला ।

१६). तपाईका कमजोरी र सफलताका पाटाहरु के के हुन् ?

मानिससंग कम घुलमिल गर्ने मेरो कमजोरी हो भने कडा परिश्रम शायद मेरो सफलता हो ।

१७). तपाई सबैभन्दा बढी विश्वास केमा गर्नहुन्छ ?

विज्ञान र कडा मेहनतमा ।

१८). ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?

सामान्य रुपमा मन पराउँछु ।

१९). स्कूले जीवनमा तपाईको लक्ष्य राजनीति नै थियो या अरु केही ?

अमूर्त रुपमा देश र समाज सेवा गर्ने लक्ष्य थियो । तर ठोस विचार वनिसकेको थिएन ।

२०). तपाईको एस्.एल्.सी देखि संविधानसभाको चुनावसम्मका नतिजा बताईदिनुस् न ?

त्यो सवैको अगाडि रहेको खुला रहस्य हो ।

२१). तपाईको दृष्टिकोणमा मृत्यु के हो ?

जुन चीज जन्मन्छ त्यसको मृत्यु हुनैपर्छ, यो द्वन्दवादको नियम हो । त्यसैले मेरो निम्ति मृत्यु स्वाभाविक र अपरिहार्य प्रक्रिया र विज्ञानको नियमको पुष्टी हो । आफ्नो मृत्यु कसैले देख्न नसक्ने भएकाले मृत्युवारे कसैले सोच्नु र चिन्ता गर्नु नै व्यर्थ छ । त्यसैले म मृत्यु वारे सोच्दैसोच्दिनँ ।

राजनीति

२२). तपाईंको दृष्टिकोणमा राजनीति के हो ?

वर्ग संघर्षको हतियार हो ।

२३). राजनीतिको महत्व के देख्नुहुन्छ ?

वर्गीय मुक्ति ।

२४). तपाई राजनीतिमा लाग्नुको कारण ?

न्यायपूर्ण र समुन्नत समाज निर्माण गर्न ।

२५). राजनीति र जीवन वीचको अन्तरसम्वन्ध के पाउनुहुन्छ ?

मेरो निम्ति अव राजनीति नै जीवन हो र जीवन नै राजनीति हो ।

२६). पार्टी र सरकारको जिम्मेवारीमा के कस्तो फरक अनुभूति पाउनुभयो ?

पार्टीमा वढी वैचारिक-राजनीतिक काम हुन्थ्यो भने सरकारमा वढी व्यवहारिक काम ।

२७). नेपाल कस्तो भएको हेर्न र बनाउन चाहनुहुन्छ तपाई ?

विश्वको सम्पन्नतम र समतामूलक देश ।

२८). अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डसँगको तपाईको पहिलो भेट ?

२०३७ सालमा वनारसमा सम्पन्न अखिल भारत नेपाली विद्यार्थीसंघको चौथो सम्मेलनमा ।

२९). कहिल्यै दोस्रो नहुने तपाई, माओवादी आन्दोलनमा तपाईको स्थान सधैं दोस्रो रह्यो नि ?

मैले कहिल्यै आफुलाई पहिलो नम्वरमा राख्ने उद्देश्यले काम गरेको छैन । आन्दोलनमा स्थानको फैसला इतिहासले गर्छ ।

३०). पार्टीभित्र तपाईलाई गर्मीको चिसो कोक र जाडोको तातो चियाको रुपमा तपाईको क्षमतालाई प्रयोग गरिएको जनता महशुस गर्छन् नि ?

म आफुलाई त्यस्तो लाग्दैन । म सामान्य मान्छे हुँ ।

३१). अध्यक्ष प्रचण्ड र तपाईबीचको सम्वन्ध चिसिएको भन्ने हल्ला सत्य हो ?

सच्चा क्रान्तिकारीहरू वीचको सम्वन्ध सधैं एकता-संघर्ष-एकतामा आधारित हुन्छ ।

३२). साँच्चिकै गणतान्त्रिक नयाँ नेपाल निर्माणको निम्ति तपाईंको भिजन/विचार के छ ?

१० वर्षमा गरीवी र पछौटेपनको अन्त्य गर्ने, २० वर्षमा मध्यमस्तरको विकासको तहमा पुग्ने र ४० वर्षमा विश्वकै सम्पन्नतम देशको कोटीमा पुग्ने ।

३३). बढ्दो बेरोजगारी र युवा शक्तिहरु पलायन भइरहेको यो अवस्था रोक्न केही सोच्नुभएको छ कि ?

देशको तीव्र औद्योगिकरण गरेर देशभित्रै उत्पादनशील रोजगारीको सिर्जना गर्ने र विदेश पलायन रोक्ने । यस वर्ष शुरु गरिएको स्वरोजगार कार्यक्रम त्यसको शुरुवात हो ।

३४). तपाइलाई मन पर्ने नेता/नेतृ ?

लेनिन ।

३५). एकीकृत नेकपा माओवादी पार्टीका तमाम कार्यकता/योद्धाहरु तथा व्यारेकमा कष्टकर जीवन बिताई रहेका जनमुक्ति सेनाका कमरेडहरुलाई तपाई के भन्न चाहनुहुन्छ ?

मौलिक ढंगले क्रान्तिसम्पन्न गर्न प्रतिवद्ध वनौं र भविष्यप्रति आशावान वनौं । आवश्यक पर्दा थप वलिदानको निम्ति तयार रहौं ।

३६). आगामी बजेट कस्तो बनाउने तयारीमा हुनुहुन्छ ?

‘उत्पादनशील रोजगार, नयाँ नेपाल निर्माणको आधार’ आगामी वजेटको मुख्य नारा र अन्तरवस्तु हुनेछ ।

३७). पुँजीवादसँगै विश्वभर दिनप्रतिदिन माक्र्सवादीहरूको संख्या बढ्नुको कारण के होला ?

पुँजिवादकै गर्भवाट समाजवाद जन्मने हुनाले पुँजिवादी संकट वढ्दै जाँदा माक्र्सवादी क्रान्तिकारीहरूको संख्या वढ्दै जानु स्वाभाविक कुरा हो ।

३८). माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि अरू दलहरूवाट वढी आलोचित भएको छ नि ?

राम्रो काम गर्नेको आलोचना हुनु स्वाभाविक हो । साथै स्वस्थ आलोचनाले गल्ती सच्चाउन मद्दत पनि पुग्छ । यसवारे मलाई संस्कृतको यो श्लोक भन्न मन लाग्छ- ‘जिवन्तु मे शत्रुगणाः सदैव, एनाम् प्रासादात् सुविचक्षणोहम्, यदा यदा माम् विकृतिम् लभन्ते, तदा तदा माम् परिवोधयन्ति ।’ अर्थात् , मेरा शत्रुहरू सधैं वाँचिरहून् , जसको कृपाले म धेरै चनाखो वनेको छु । किनकि जव जव मैले गल्ती गर्नपुग्छु, तव तव उनहिरूले मलाई सतर्क गराइदिन्छन् ।

साहित्य/कला/मनोरंजन/विविध

३९). कुनै पुस्तक र आफ्नी एक्ली छोरी मध्ये कसलाई बढी प्रेम गर्नुहुन्छ ?

दुवैलाई वरावरी गर्छु ।

४०). अध्ययनको महत्व ?

दुनियाँलाई वुझ्ने र वदल्ने ज्ञान हासिल गर्नु ।

४१). तपाईलाई किताबको किरो भनिन्छ नि ?

त्यस्तो वन्न सके मलाई गौरवको अनुभूति हुनेछ ।

४२). कितावमा उल्लेख गरिने सैद्धान्तिक पक्ष र व्यावहारिक जीवनमा कस्तो अन्तर पाउनुभएको छ ?

सिद्धान्त र व्यवहार वीच नङ र मासुको सम्वन्ध हुनुपर्दछ । त्यस्तो हुन नसकेको सिद्धान्त अन्धो र व्यवहार लंगडो हुन्छ ।

४३). तपाईले सबैभन्दा वढी रुचाएको पुस्तक ?

मैले धेरै पटक भनेको छु , मेरो सर्वकालिक मन पर्ने पुस्तक स्टेफन हकिङको ‘ए वि्रफ हिष्ट्रि अफ टाइम’ हो ।

४४). कुनै मन पर्ने पात्र ?

लुस्युनको उपन्यास ‘आह क्यू को साँचो कथा’ को पात्र आह क्यू मेरो सवभन्दा मन पर्ने पात्र हो ।

४५). तपाईलाई खेल्न र हेर्न मन पर्ने खेलहरु के के हुन ?

मलाई व्याडमिन्टन खेल्न मन पर्छ भने क्रिकेट हेर्न मन पर्छ ।

४६). मन पर्ने लेखक/लेखिका ?

स्टेफन हकिङ ।

४७). मन पर्ने साहित्यकार ?

पारिजात ।

४८). मन पर्ने संगीतकार ?

नेपालका रायन/रामेश र भारतका ए.आर्. रहमान ।

४९). मन पर्ने नायक/नायिका ?

मह जोडी ।

५०). चलचित्र कत्तिको हेर्नुहुन्छ ? हेरेका मध्य सबैभन्दा बढी तपाईंले मनपराएका चलचित्र ?

फुर्सद पाउँदा हेर्छु, तर आजकल धेरै भयो पाएको छैन । श्याम वेनेगलको फिल्म ‘अंकुर’ मेरो सवभन्दा मनपर्ने फिल्म हो ।

५१). अहिलेको परिवेशमा युवाहरुले पढ्नै पर्ने पुस्तक ?

चे ग्वेभाराको जीवनी ।

५२). पढ्दा कस्तो वातावरण मनपराउनु हुन्छ ?

शान्त र एकान्त वातावरण ।

५३). अहिले कुन पुस्तक पढ्दै हुनुहुन्छ ?

Bad Samaritan

५४). पढ्न कति समय छुट्टाउनुहुन्छ ?

निश्चित् समय आजकल छैन । फुर्सद भएको सवै समय पढ्न मै खर्चन्छु ।

५५). तपाईको वेबसाइटमा आउने पाठक प्रतिक्रिया/सुझावहरुले तपाईलाई के कस्तो मद्दत पुगिराखेको छ ?

आफ्ना सकारात्मक र नकारात्मक पक्ष वुझ्न निकै मद्दत पुगेको ठान्छु ।

५६). वेबसाइटमा आउने सबै पाठकका सुझावहरु पढने समय पाउनुहुन्छ ?

केही दिन विराएर सवै सुझावहरू पढ्ने गरेको छु ।

५७). तपाईंको विचारमा सूचना के हो ?

सत्य र तथ्यको जानकारी नै सूचना हो ।

५८). तपाई सूचना पाउन कुन सञ्चार माध्यम बढी प्रयोग गर्नुहुन्छ ?

पत्रपत्रिका र टि.भी.

५९). विश्वव्यापीकरणलाई प्रतिभा पलायनसँग कसरी दाँजेर हेर्न सकिन्छ ?

प्रतिभा पलायन भनेको असमान विकासको परिणाम हो । देशहरू वीचको विद्यमान असमानता हटाएर मात्रै प्रतिभा पलायन रोक्न सकिन्छ ।

६०). देश/विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?

नयाँ समुन्नत र न्यायपूर्ण नेपाल वनाउन स्वदेशमै आˆनो उत्पादनशील उर्जा खर्च गरौं ।

 प्रस्तूति : विश्वदीप पाण्डे (साभार वावुराम भट्टराइको नीजि वेवसाइड www.baburambhattari.com )

April 20, 2009

ज्ञानेन्द्र-पारस बोलचाल बन्द

पूर्वराजा ज्ञानेन्द्र र उहाँका पुत्र पारसवीच बोलचाल बन्द भएको छ । पारस सिंगापुरबाट फर्किएको दुई साता नाघेपनि बाबुछोरावीच भेटघाट र बोलचालसमेत  भएको छैन । सिंगापुरमा रहदा त्यहाको दैनिक द न्यू पेपरलाई अन्तरवार्ता दिदैं पूर्वयुवराज पारसले आफ्नो पिता ज्ञानेन्द्रप्रति आक्रोश व्यक्त गरेका थिए ।

सो अन्तर्वार्ताले गर्दा सम्बन्धमा झन दरार उत्पन्न भएको थियो । समाचारपत्रमा पकाशित समाचार अनुसार ´म उहाँलाई सधै नयाँ पुस्ताको सल्लाह लिन आग्रह गर्थे जसले नेपाललाई अगाडि बढाउन सक्थे तर उहाँले सधै बूढापाकाको मात्रै कुरा सुन्नुभयो ।´

पूर्वयुवराज पारसले आफ्ना बाबु ज्ञानेन्द्रसँग बस्न नसक्ने भएपछि देश छोडेको र त्यस बेला नेपालमा रहनु आफ्ना लागि सुरक्षित नभएको बताउनुभएको थियो । तर नेपाल फर्किएपछि दुवै जना निर्मलनिवासभित्र हुनुहुन्छ तथापि भेटघाट भने छैन । पारसको नेपाल आगमनको दुईवटा उदेश्य भएको उहाँका निकटस्थहरुले बताएका छन् । सिंगापुरमा व्यापार गर्न बाबुसँग पैसा माग्नु र नेपालमा पाटी गठनका लागि सहयोगीहरुसँग छलफल गर्ने उद्देश्य भए पनि पारसका यी दुवै उद्देश्य भने पूरा नहुने भएका छन् । सिंगापुरको सो दैनिकलाइ पारसले पार्टी खोलेर ब्यालेटको सहयोगबाट सत्तामा पुग्ने र अन्तर्राष्ट्रिय अर्थतन्त्रमा सुधार आएपछि सेयरको कारोबार गर्ने बताउनुभएको थियो।

नेपाल फर्किएपछि बाबुछोराबीच भेटघाटसम्म नहुनुले उहाँले व्यापारमा लगाउने पैसा पाउने स्थिति नदेखिएको पारका सहयोगीहरुले जानकारी दिए । ´बाबुछोरा दुवै निर्मलनिवासमै बसेका छन् तर खाना खाने समयमा पनि एकसाथ कहिल्यै हुँदैनन् । ज्ञानेन्द्र सधै नियमति समयमा खाना खान आउनुहुन्छ तर पारस भने खाना खान कहिले पनि समयमा आउनुहुन्न´ स्रोतले भन्यो ।

लोडसेडिङ घट्यो

Filed under: जन चासो

शुक्रबारदेखि लोडसेडिङ सरदर दैनिक १२ घण्टामा झर्ने भएको छ। मध्य मर्स्याङदीसहित अन्य नदीहरुमा पानीको सहत केही बढेकाले विद्युत गृहहरुमा बढी उत्पादन हुन थाले पछि लोडसेडिङ घट्ने भएको हो।
नेपाल विद्युत प्राधिकरण भारप्रेषण केन्द्रका निर्देशक शेरसि‌ह भाटले मध्य मर्स्याङ्दी सहित नदिमा पानीका सहत बढेका कारण विद्युत उत्पादन बढेकाले हफ्तामा ८४ घण्टा लोडसेडिङ हुने दैनिकी डटकमलाई जानकारी दिए।
प्राधिकरणले लोडसेडिङ घटेको औपचारिक घोषणा नगरेपनि केही दिनदेखि लोडसेडिङमा कमी आएको थियो।

नदीमा पानीका सहत घटे पछि पर्याप्त मात्रमा विद्युत उत्पादन हुन नसकेको भन्दै प्राधिकरणले दैनिक १६ घण्टा लोडसेडिङ गर्दै आएको थियो। रन अफ द रिभर परियोजनाहरुले सुख्या मौसममा १ सय ९३ मेगाबाट विद्युत उत्पादन गर्दै आएकोमा अहिले तिनको उत्पादन २ सय ३० मेगावाट पुगेको भाटले बताए।

कोइराला र ओलीविच अर्थपूरण भेटवार्ता

नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र नेकपा एमालेका नेता के.पी.शर्मा ओलीविच भेटवार्ता भएको छ । कोइराला निवास महाराजगञ्जमा भएको भेटवार्तामा पछिल्लो राजनितिक घटनाक्रम, नेपाली कांग्रेस र एमालेविचको सहकार्यका विषयमा छलफल भएको स्रोतले जनाएको छ ।

सरकारले अहिले सम्म गरेको निणर्य, प्रतिवद्धता अनुसार भइरहेका कामकारवाहीका विषयमा कुरानी भएको छ । कांग्रेसले एमालले समिकरणको अभ्यास गरिरहेका वेला यो भेटलाइए अर्थपूरण लिइएको छ । कोइराला सँगको भेटवार्ताका लागी एमाले नेता ओली अघि साडे १० बजे महाराजगञ्ज पुग्नु भएको छ ।

ऋण तिर्न पूर्वराष्ट्रपति क्लिन्टन चिठ्ठामा

Filed under: लौ है त

संयुक्त राज्य अमेरिकाकी विदेशमन्त्री हिलारी क्लिन्टनले श्रीमान् तथा पूर्वराष्ट्रपति विल क्लिन्टनलाई चिठ्ठामा राखेकी छिन् । आफ्नो चुनाव अभियानको ऋण तिर्न उनले विललाई चिठ्ठामा राखेकी हुन् ।

 

 ऋण तिर्न सघाउनेलाई चिठ्ठा प्रक्रियाद्वारा विल क्लिन्टनसँग एक दिन बिताउने अवसर दिने योजना छ । यस योजनाका बारेमा हिलारीका समर्थकलाई इमेल पठाइएको छ । यसको जिम्मा पूर्वचुनाव अभियान व्यवस्थापक जेम्स कार्भिलीले लिएका छन् । डेमोक्रेटिक पार्टीको राष्ट्रपति उम्मेदवारका लागि चुनाव लड्दा उनलाई २० लाख ३० हजार अमेरिकी डलर ऋण लागेको छ ।

हिलारीलाई पाँच डलर चन्दा दिने समर्थकलाई लक्की ड्रमा समावेश गरिनेछ । विजेताहरूका लागि विभिन्न पुरस्कारहरू राखिएका छन् । पुरस्कारअन्तर्गत पूर्वअमेरिकी राष्ट्रपति विल क्लिन्टनसँग एक दिन बिताउने र अमेरिकन आइडल शोको टिकटको व्यवस्था गरिएको छ । यसबाहेक पुरस्कारमा डेमोक्रेटिक पार्टीका रणनीतिकार जेम्स कार्भिलीसँग वासिङ्टनमा लन्च पनि रहेको छ ।

 

चिठ्ठा विजेताले विल क्लिन्टनसँग न्युयोर्कमा भेट्नेछन् र विभिन्न आकर्षक स्थानमा सँगै घुम्न जानेछन् । "आज पाँच डलर सहयोग गर्नुस् । तपाइले जीवनको सबैभन्दा महत्त्वपूर्ण अवसर पाउनुहुनेछ,’"कार्भिलीले इमेलमा लेखेका छन्, "तपाइको सहयोगले यी रमाइला पुरस्कार जित्न मात्र सहयोग गर्दैन, हाम्री मित्र हिलारीलाई ऋण तिर्न पनि सहयोग गर्नेछ ।"

 

 विदेशमन्त्रीको रूपमा हिलारीले चन्दा संकलन गर्न प्रतिबन्ध छ । त्यसैले उनको ऋण तिर्न समर्थकहरू तम्सिएका छन् । यसअगाडि पनि हिलारीको चुनाव अभियानमा लागेको ऋण घटाउन अपिल गरिएको थियो । हिलारी क्लिन्टन डेमोक्रेटिक पार्टीका राष्ट्रपति उम्मेदवारको प्रतिस्पर्धामा बाराक ओबामासँग पराजित भएकी थिइन् ।

कान्तिपुरबाट अलग्गिएकाको नागरिक सुरुवात

 

नेपाल रिपब्लिक मिडियाले आफ्ना दुई राष्ट्रिय दैनिकहरू नागरिक र रिपब्लिका (अंग्रेजी) वैशाख ११ देखि प्रकाशन गर्ने भएको छ। प्रकाशन अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले एक विज्ञप्ति जारी गरी यी नयाँ प्रकाशनहरूले सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात् गर्ने दृढता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ- ‘राष्ट्रका प्रतिष्ठित तथा व्यवसायिक पत्रकारहरू र नेपालमा व्यवसायिक दैनिक पत्रिका सुरुवात गर्ने प्रकाशन समूहको यो अद्वितीय सङ्गमले पाठकहरूको चाहना अनुरुप निष्पक्ष, निडर र उत्कृष्ट पत्रकारिताको नयाँ जग बसाल्दै सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात गर्ने प्रतिज्ञासहित हामी उपस्थित हुने जानकारी गराउँछौं।’

नागरिकको सम्पादन नारायण वाग्लेले गर्दैछन् भने अंग्रेजी दैनिक रिपब्लिकाका सम्पादक अमित ढकाल छन्। वाग्ले यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए भने ढकाल दी काठमाडौं पोष्टमा समाचार सम्पादकका रुपमा क्रियाशील थिए।

प्रकाशनका अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली कान्तिपुर पब्लिकेसन्सको सुरुका दिनदेखि क्रमशः अध्यक्ष र निर्देशकका रुपमा थिए। दुबै गत वर्ष कान्तिपुरबाट अलग्गिएका थिए।

विज्ञप्तिमा नेपाली र अंग्रेजी दैनिकहरू सम्पूर्ण रुपमा बेग्लाबेग्लै परिचय, चरित्र र मिठास लिएर पाठकहरूको समाचार-तृष्णालाई तृप्ति दिलाउँदै एक सम्पूर्ण पत्रिकाका रुपमा बजारमा आउन लागेको उल्लेख गर्दै यस क्षणमा आफूहरू हामीलाई व्यवसायिक प्रकाशक र पत्रकारहरूको बलियो समूहको रुपमा पहिल्यैदेखि नै चिन्ने, पढ्ने र रुचाउने सम्पूर्ण पाठकहरूको माया र विश्वासको डोरी पुनः जोडिने विश्वास व्यक्त गरिएको छ।
‘सम्पूर्ण पाठकहरूको विश्वास र भरोसाको एक भरपर्दो सेतु बन्दै चाँडै नै यी प्रकाशनहरू देशको पत्रकारिता क्षेत्रमा एक उज्वल नक्षत्र भएर स्थापित हुने दृढ विश्वास यस प्रकाशनले लिएको सबैमा जानकारी गराउँछौं’, विज्ञप्तिमा उल्लेख छ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com