March 31, 2009

पारशले दरवार हत्याकाण्डबारे मुख खोले

सात वर्षअघि भएको दरवार हत्याकाण्ड जर्मनी र अमेरिकी राईफल किन्ने सम्वन्धि तत्कालिन राजा बिरेन्द्र र युवराज दिपेन्द्रबीचको बिबादका कारण भएको पूर्व युवराज पारशले बताएका छन् । सिंगापुरमा रहेका पूर्व युवराज पारस शाहले २०५८ साल जेठ १९ गते भएको दरवार हत्याकाण्ड तत्कालिन राजा बिरेन्द्र र युवराज दिपेन्द्रबीच जर्मन र अमेरिकी हतियार किन्ने बिबादका कारण भएको बताएका हुन् ।

 

 सिंगापुरमा निस्किने "द न्यू पेप" पत्रिकालाई अन्तर्वाता दिदै उनले दिपेन्द्रको जर्मनी " जी ३६ राईफल ल्याउने चाहना बिरेन्द्रले अस्विकार गरेका कारण सम्पूर्ण परिवारको कत्लेआम गरेको दावी गरे ।

 

  "क्लेमेन्ट मेसेनस" नामका पत्रकारसँगको अन्तर्वार्तामा पारसले भनेका छन्, "नेपाली सेनाका लागि करिव ५० हजार राईफल ल्याउँदा पाइने कमिशन लिने योजनामा रहेका दिपेन्द्र बिरेन्द्रले जर्मनी राईफल किन्न नमानेपछि रिसाए र आफू रिसाएको कुरा हामीलाई समेत भनेका थिए ।"

  पारशका अनुसार, बिरेन्द्र अमेरिकी "एम १६" राईफल किन्ने सेनाको योजनाको पक्षमा थिए ।

 

नेपाल सरकारले दरवार हत्याकाण्डबारे अनुसन्धान सुरु गर्ने भनेकाले त्यसबेलाका तथ्य सार्वजनिक गरेको उल्लेख गर्दै पारशले अन्तर्वार्तामा दिपेन्द्र बिरेन्द्रसँग २०४६ सालको जनआन्दोलनमार्फत भएको परिवर्तनपछि नै आक्रोशित भएको दावी गरेका छन् ।

राजनीतिक दलहरुलाई शक्ति दिनु तथा दिव्यानी राणासँग बिबाह गर्न अनुमति नपाउनु दिपेन्द्र बिरेन्द्रसँग रिसाउनुका थप कारण भएको पारशको अन्तर्वार्तामा उल्लेख छ ।

 

"हत्याकाण्डभन्दा अघिल्लो वर्षको आफनो जन्मदिनमा दिपेन्द्रले हामीलाई राजाको हत्या गर्ने बताएका थिए, तर हामीले पत्याएनौं" पारशले अन्तर्वार्तामा भनेका छन् ।   

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/03/31/p585/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com