रिपोर्र्टर्स क्लबलाई कारागारबाट सम्झदा
ऋषि धमला
रिपोर्र्टर्स क्लब नेपालले आज चैत्र १७ गते आफ्नो १२ औं वाषिर्कोत्सव मनाउदैछ । नेपालको पत्रकारिता क्षेत्रका आदरणीय अग्रज दाजुदिदी एवं सहकर्मी साथीहरुको हौसला, प्रेरणा र मायाबाटै क्लबले छोटो समयमा उल्लेख्य ख्याति हासिल गर्न सफल भयो । प्रेस स्वतन्त्रता र लोकतन्त्रका पक्षमा खरो उत्रिएर आफूलाई साझा मञ्चका रुपमा प्रस्तुत गरेको क्लबले विभिन्न समयमा धम्कीहरुको पनि सामना गर्दैआएको छ ।
क्लबका अध्यक्षका रुपमा मैंले अहोरात्र नेपाली जनताको आवाजलाई साझा मञ्चबाट मुखरित गर्न सक्रियता देखाएं । यसबीच मलाई विभिन्न समयमा धम्कीहरु आए । राजाको शासनकालमा क्लबमा लोकतन्त्रका पक्षधर नेताहरुलाई ल्याइएको भन्दै प्रहरीले घेराऊ गर्ने देखि राज्यसत्ता चलाउनेहरुबाट धम्की पनि आयो । तत्कालिन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द र नेकपा माओवादीका वरिष्ठ नेता डा.बाबुराम भट्टर्राईलाई एउटै मञ्चमा ल्याएर सहमतिको पक्षमा आइसब्रेक गराउने भूमिका खेल्दा पनि धम्की नआएको होइन । तर कत्तिपनि विचलित नभई क्लबले आफूलाई लोकतन्त्रका पक्षमा खरो उतार्यो ।
सदन नहुंदा जनमत भएका नेताहरुको बोल्ने ठाउं कमै थियो । उनीहरुको आवाज जनतासम्म पुग्न कठिन थियो । त्यतिबेला रिपोर्र्टर्स क्लब नेपालले मिनि संसदको भूमिका निभायो । नेताहरुको तर्क र आवाज जनताको घर घरसम्म पुग्न क्लबको मञ्चनै उपयोगी सावित भएको इतिहास साक्षी छ । त्यतिबेला पनि क्लबले विभिन्न धम्कीको सामना गर्नुपर्यो तर विचलित भएन ।
एकपछि अर्को प्रहारको सामना गर्दै अगाडि बढेको रिपोर्र्टर्स क्लब नेपालले आज इतिहासकै र्सवाधिक कठिन चुनौतीको सामना गरिरहेको छ । क्लबका अध्यक्षका रुपमा रहेको ममाथि सुनियोजित षड्यन्त्र भएको छ । भूमिगत सशस्त्र समूहसंग सम्बन्ध रहेको अभियोग लगाएर थुनामा राखिएको छ । शुरुमा जनतालाई भ्रम र्छन विभिन्न प्रोपोगाण्डा गरियो । केही पत्रकारलाई डरधाक धम्की देखाएर मविरुद्ध बयान दिन लगाइयो जुन सुनियोजित रुपमा र्सार्वजनिक गरेर केही अधिकारीहरुले ठूलो विजयको धमास देखाए । हिटरमा पिसाब फर्ेन लगाएर मविरुद्ध बोल्न लगाइएको खुलासा स्वयं पत्रकार साथीहरुबाट खुलासा भइसकेको छ । त्यसैलाई आधार बनाएर ममाथि भूमिगत समूहसंग सम्बन्ध रहेको भन्दै ज्यान मार्ने उद्योग, हतियार तथा खरखजाना र जर्बजस्ती चन्दा असुली जस्ता अभियोग लगाइएको छ । अदालतले हतियार तथा खरखजानाको अभियोगबाहेकमा तारेखमा राखेर मुद्या चलाउन आदेश दिएको छ । हतियार तथा खरखजानाको अभियोगउपर अनुसन्धानका लागि भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले थुनामा राख्न भनेपछि म पुनरावेदन अदालत पाटनमा न्यायको लागि पुगेको छ । किन हो कुन्नि दायर मुद्याउपर बहसमा ढिलाई भइरहेको छ ।
अहिले ममाथिको प्रहार प्रेस स्वतन्त्रतामाथिको प्रहारको अर्को रुप भनिएको छ । विगतमा पनि प्रेस र पत्रारमाथि आक्रमण नभएका होइनन् । पछिल्लो समयमा ममाथि गरिएको प्रहार नितान्त नयां ढंगको छ । बुढी मरी भन्नुभन्दा पनि काल पल्कने खतरा छ । नेपालको प्रेसमाथि निकै खतरा बढेको छ । आम पत्रकार साथीहरु, न्यायप्रेमी लोकतन्त्रका पक्षधरहरु यसप्रति सजग हुन जरुरी छ । पत्रकार तर्सर्ाा अधिनायकवादको बाटो फराकिलो पार्ने सूत्रपात त भइरहेको छैन – यसप्रति सबै सजग हुन जरुरी छ । रिपोर्र्टर्स क्लब नेपालको १२ वर्षलामो इतिहास संर्घष्ानै संर्घष्ाले भरिएको छ । क्लबले कुनैपनि अधिनायकवादसंग डगेन बरु डटेर त्यसविरुद्ध आफूलाई उभ्याएको छ । भविष्यमा आउने चुनौतीको समना गर्न पनि क्लब तयार छ । भनिन्छ खाएको विष लाग्छ नखाएको लाग्दैन । नियोजित रुपमा अभियोग लगाएर मलाई ज्यान मार्ने अभियोग, हतियार तथा खरखजानासम्बन्धमा फसाउन खोज्नु आफैमा हास्यास्पद हुनजान्छ । मेरा पक्षमा आदरणीय वरिष्ठ कानुन व्यवसायीहरु शम्भु थापा, विश्वकान्त मैनाली, शेरबहादुर केसी, माधव बास्कोटा, डा.भीमार्जुन आचार्य, टिकाराम भट्टर्राईलगायतले बहस गर्नुभएको छ । उहांहरुले न्यायका लागि मलाई साथ दिनुभएको छ । आदरणीय नेपाल पत्रकार महासंघका अध्यक्ष धर्मेन्द्र झा, पर्ूव अध्यक्ष तानाराथ दाहालका अलावा महासंघका साथीहरु प्ाोषण केसी, रामजी दाहाल, रमेश बिष्ट, जगत नेपाल, उजिर मगर, दिवाकर बागचन्दलगायतले न्यायका लागि मैंले चालेको कदममा साथ दिइरहनुभएको छ । मानवअधिकारवादी चरण प्रर्साईं, सुदीप पाठकलगायतको हौसला मेरो साथमा छ ।
मामाथि भएको अन्यायका विरुद्धमा आदरणीय नेताज्यू, पत्रकार साथीहरु, मानवअधिकारवादी, कानुन व्यवसायीलगायतले न्यायको लर्डाईंमा साथ दिने उद्घोष गरिसक्नुभएको छ । जनआन्दोलन २०६२।६३ <mबष्तियस्६२।६३श्र का नायक गिरिजाप्रसाद कोइरालाले सुनियोजित षड्यन्त्र भएको बताइसक्नुभएको छ । कांग्रेस कार्यवाहक सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, सहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्य सुजाता कोइराला, एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता केपी शर्मा ओली, तमलोपा अध्यक्ष महन्थ ठाकुर, नेकपा मालेका महासचिव सीपी मैनालीले ममाथि अन्याय भएको प्रष्ट रुपमा बोलिसक्नुभएको छ । सरकारकै मन्त्रीहरु राजेन्द्र महतो, जयप्रकाशप्रसाद गुप्ता र गणेश शाहले ममाथि लगाइएको अभियोग र थुनामा राख्नुको कारणबारे मन्त्रिपरिषद बैठकमा कुरा उठाउनुभएको छ । संयुक्तराष्ट्र्संघीय मानवअधिकार उच्चायुक्त नाभी पिल्ले, नेपाल आएका पत्रकारहरुको अन्तराष्ट्रि्य मिसनका पदाधिकारीलगायतले पनि मेरो गिरफ्तारीबारे गम्भीरता देखाउदै कानुनी प्रक्रियामा ढिलाई गरिएकोमा आपत्ती जनाउनुभएको छ ।
म डिल्लीबजार कारागारमा बसेर विगतको स्मरणपनि गरिरहेको छु । १० वर्षो सशस्त्र जनयुद्धताका क्लबलाई माओवादीसम्वद्ध पत्रकारलाई लुकाएको आरोप लागेको थियो । कतिपटक क्लबलाई धम्की पनि आयो । तर पत्रकारको हकहितका पक्षमा कटिवद्ध रिपोर्र्टर्स क्लब नेपाल डगमगाएन । नितान्त पत्रकारको हकहितप्रति समर्पित भएर सक्रिय भयो । आज क्लबमाथि ठाडै तर्राईको सशस्त्र संर्घष्ारत समूहसंग सम्बन्ध रहेको आरोप लगाइएको छ । यो आफैमा कपोकल्पित र आग्रह पर्ूवाग्रहबाट ग्रस्त छ भन्ने उजागर हुदै गएको छ ।
ढिलो भएपनि म न्याय पाउनेमा विश्वस्त छु । तर म चुनौतीका साथ भन्न चाहन्छु कि ममाथि लगाइएको झूटा अभियोग पर्दाफास गरेर छाड्नेछु । म यस्ता अभियोगबाट कदापि डग्नेछैन । नेपालको प्रेस स्वतन्त्रताका पक्षमा अझ डटेर अगाडि बढ्नेछु । डेढ महिना लामो कारागार बर्साईंले मलाई चुनौतीसंग जुध्ने नयां आधार र शक्ति प्राप्त भएको छ । म यसलाई ऊर्जा ठानेर अझ सशक्त ढंगबाट जनताको घरआंगनका समस्यालाई क्लबको साझा मञ्चमार्फ जनतामाझ ल्याउन कटिवद्ध हुनेछु । कारागारमा राखेर मेरो ऊर्जा विनाश गर्ने सपना देख्नेहरुले भ्रम नपाले हुन्छ कि अब ऋषि धमलाले समाचार उत्पादन गर्न सक्दैन, प्रेस स्वतन्त्रताका पक्षमा सशक्त भूमिका निभाउन सक्दैन । न्याय त अवश्य मिल्नेछ । कारागारबाट छुटेपछि म अझ सशक्त र खरो रुपमा प्रस्तुत हुनेछु । समाचारको दुनियांमा आफूलाई झन् सक्रिय बनाउनेछु । रिपोर्र्टर्स क्लब नेपालको यात्रा पनि अविरल हुनेछ । विभिन्न आरोह र अवरोहसंग जुध्दै यो सशक्त रुपमा अगाडि बढ्नेछ । सदरखोर, डिल्लीबजार,काठमाडौ, नेपाल ।
२०६५ चैत्र १६ गते मंगलबार