आमा तिम्रो मुहारमा ………………
-अच्युतप्रसाद पौडेल "चिन्तन" आमा तिम्रो मुहारमा कोशी देख्न पाउँ मेची देखि कालीसम्म दृश्य हेर्न पाउँ कर्णाली र भेरी सेती तिम्रै हेर्न पाउँ वागमती र विष्णुमती स्नान गर्न पाउँ आमा तिम्रो मुहारमा हाँसो देख्न पाउँ काखमा तिम्रा सपुतहरु वीरहरु पाउँ चुरापोते सजिएको सृंगार हेर्न पाउँ सपनीमा पनि तिम्रै सिउँदो हेर्न पाउँ मुक्तिक्षेत्र देवघाट सधै वरिपरि रहोस् तिम्रो मुहारमा चमक सधैभरि डाँडा पाखा तर्राई देखि हिमालयक्षेत्र लालिगुराँस वनै भरि सुखी मनै भित्र । आमा तिम्रो मुहारमा शान्ति देख्न पाउँ अंग अंग सवैतिर कान्ति देख्न पाउँ ज्योति त्रि्रा चन्द्र सूर्य दृश्य हेर्न पाउँ आमा तिम्रो मुहारमा सुख देख्न पाउँ तिम्रै छाती भित्र भित्रै रम्न सधै पाउँ मन भित्र आँसु होइन हाँसो देख्न पाउँ भोलि, पर्सी सधै भरि तिमीलाई हेर्न पाउँ आमा तिम्रो मुहारमा संसार हेर्न पाउँ आमा तिम्रै शिरविन्दीमा सगरमाथा पाउँ तिम्रै आँचल सजाएर काखमा वस्न पाउँ अमृतधारा पिउँदा पिउँदै अमर हुन पाउँ अमृतधारा पिउँदा पिउँदै अमर हुन पाउँ अमर हुन पाउँ, अमर हुन पाउँ । विश्व कविता दिवस २०६५ चैत्र ८