March 9, 2009

गान्धीले प्रयोग गरेका सामग्री लिलाम

महात्मा गान्धीले प्रयोग गरेका केही सामग्री अमेरिकामा विहीबार लिलाम भएका छन् । लिलाम गरिएका ती सामग्री भारतीय व्यापारीले नै खरिद गरेका छन् । यसपछि भारतमा खुसियाली मनाइएको छ । ती सामान भारतका मदिरा तथा वायुसेवा कम्पनीका मालिक विजय माल्याले खरिद गरेका छन् ।

 माल्याले १८ लाख अमेरिकी डलरमा महात्मा गान्धीले प्रयोग गरेका छालाका एक जोडी चप्पल, घडी र थालबटुका किनेका हुन् । ती सामग्री भारत फर्काइने सम्भावना बढेको छ । गान्धीका पनाति तुसार गान्धीले आफ्नो जिजुबाका सामान फिर्ता गराउन अभियान नै सञ्चालन गरेका थिए । सरसामान स्वेदश फिर्ता हुने आशा बढेपछि आफूलाई हर्षलागेको तुसारले बताए । "अब ती सामग्री भावी पुस्ताले देख्न पाउने भए । ती सामग्रीलाई नयाँदिललीस्थित गान्धी राष्ट्रिय संग्रहालयमा राखिनुपर्छ", उनले भने, "संग्रहालय गान्धीका सामग्री राख्न बनाइएको हो । ती सामग्री त्यस संग्रहालयमा राखिएपछि कसैले पनि नाफा कमाउने उद्देश्यले खरिद वा बिक्री गर्दैन ।"

ती सामग्रीको लिलाम बिक्रीले भारत सरकार र सामग्रीका धनी मानिएका जेम्स ओटिसबीच भनाभनकै स्थिति उत्पन्न भएको थियो । सरकाराले ती सामग्री लिलाम हुनुलाई मुलुकको इज्जतसँग जोडेकाले विषय गम्भीर बनेको थियो । मुलुकमा प्रदर्शन नहुन्जेलसम्म भारत सरकार पनि मौन रहेको थियो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/03/09/p576/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com