March 9, 2009

भगवान्लाई फोन सन्देश

नेदरल्यान्डमा आयोजना हुन लागेको एक कलाप्रदर्शनीमा भगवान्लाई फोन सन्देश पठाउन सकिनेछ । भगवान्को हट लाइन नाम दिइएको नम्बरमा फोन गरेर भगवान्लाई सन्देश छोड्न सकिने बताइएको छ ।

डच कलाकार जोहान भ्यान डे डोङले भगवान् सर्वव्यापी हुन्छन् भन्ने प्रस्तुत गर्न भगवान्लाई फोन सन्देश पठाउने व्यवस्था गरेका हुन् । तर, भगवान्लाई फोन सन्देश पठाउने प्रोजेक्टले भगवान्प्रतिको आस्थालाई ठट्टा बनाएको कतिपयले आरोप लगाएका छन् ।
नेदरल्यान्डको ग्रोनिगेन गाउँमा प्रतिस्थापन गरिएको भगवान्को हटलाइनले भन्छ- ‘यो भगवान्को आवाज हो । यो समय म मनुष्यसँग बोल्न सक्दिनँ तर, कृपया सन्देश छोड्नुहोला ।’

भगवान्को हटलाइन औपचारिक रूपमा शनिबारदेखि सुरु हुनेछ । तर, एक साताअगाडिदेखि नै भगवान्को फोन नम्बर एक्टिभ थियो । यस अवधिमा भगवान्लाई एक हजार फोन सन्देश मानिसले पठाइसकेका छन् ।
भगवान्को फोनमा पठाइएका सन्देश एकदमै गोप्य हुने बताइएको छ । भ्यान डे डोङले भने, ‘म पुजारी होइन । म कलाकार हुँ । म भगवान्लाई पठाइएका सन्देश सुन्ने छैन । फोन गर्ने मनुष्य र भगवान्बीचको यो कुराकानी एकदमै गोप्य हुनेछ ।’

भगवान्लाई फोन सन्देश पठाउने व्यवस्था गर्दा कसैको चित्त देखाउन नखोजिएको कलाप्रदर्शनको प्रवक्ता सुसान ग्रुटले बताइन् । ‘पहिले-पहिले चर्चमा प्रार्थना गर्न चर्च जाने चलन थियो । अहिले भगवान्लाई सन्देश पठाउने अवसर प्राप्त भएको छ । यसलाई भगवान्लाई प्रार्थना गर्ने आधुनिक तरिका भन्न सकिन्छ,’ सुसान भन्छिन् । भगवान्को हटलाइन ६ महिनासम्म खुल्ला हुनेछ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/03/09/p573/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com