March 9, 2009

अमेरिकामा आर्थिक मन्दी गहिरिँदै

संयुक्त राज्य अमेरिकामा बेरोजगारी दर बढेर ८.१ प्रतिशत पुगेको छ । यो दर सन् १९८३ यताको सबैभन्दा उच्च दर हो । श्रम विभागका अनुसार, रोजगारदाताले फेब्रुअरी महिनामा ६ लाख ५१ हजार रोजगार कटौती गरेको जनाएको छ । अर्थविद्हरूले फेब्रुअरी महिनामा ७.९ प्रतिशत कटौतीको अपेक्षा गरेका थिए । जनवरीमा यो दर ७.६ प्रतिशत थियो ।

संशोधित तथ्यांकअनुसार अमेरिकी अर्थतन्त्रले ६ लाख ५१ हजार रोजगार गुमाएको छ र यो १९४९ को अक्टोबरयताको सबैभन्दा बढी हो । डिसेम्बर २००७ मा मन्दी सुरु भएपछि ४० लाख ४० हजार तलवी रोजगार घटे । यो गत चार महिनाको भन्दा दोब्बर कटौती हो । श्रम विभागले फेब्रुअरीमा देशको प्रायः सबै औद्योगिक क्षेत्रमा व्यापक मात्रामा रोजगारी घटेको बताएको छ ।

फेब्रुअरीमा कारखाना उत्पादन क्षेत्रमा १६८,००० र निर्माण क्षेत्रमा एक लाख ४० हजार रोजगारी गुमेका थिए । सो महिनामा सेवा क्षेत्रले ३ लाख ५७ हजार र खुद्रा व्यापार उद्योगले ४० हजार रोजगारी कटौती गरेको छ । व्यावसायिक र व्यापार सेवाले एक लाख ८० हजार, वित्त कम्पनीले ४४ हजार तथा मनोरञ्जन एवं आतिथ्य उद्योगले ३३ हजार रोजगारी गुमाएका छन् । गत महिना सरकार, शिक्षा तथा स्वास्थ्य क्षेत्रले मात्र रोजगारी थपेका थिए । यो श्रम बजारको कमजोरीका फलस्वरूप आर्थिक मन्दी गहिरिँदै गएको छ ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2009/03/09/p572/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com