ज्ञानेन्द्र भारत उडे
सधैं दौरासुरुवाल र ढाका टोपीमा सजिएर विदेश भ्रमणमा निस्कने पूर्वराजा ज्ञानेन्द्र नागरिक भएपछि सुटटाइमा विदेश प्रस्थान गरेका छन्। गणतन्त्र घोषणापछि नारायणहिटी छाडेका ज्ञानेन्द्र पहिलो पटक छिमेकी मुलुक भारत गएका हुन्। मध्यप्रदेशको भोपालस्थित राजखानदान करण सिंहकी नातिनीको विवाहको निम्तो मान्न पूर्वरानी कोमल, निजी सचिव सार तिमिल्सिना र अंगरक्षँक महेश चन्द ठकुरीसहित उनी बुधबार नयाँ दिल्ली उडेका छन्। जेट एयरवेजको विमानबाट सवा ४ बजे दिल्ली हिँडेका ज्ञानेन्द्र आज बिहीबार विवाहमा सरिक हुनेछन्।
लामो समयदेखि भारतका कांग्रेस आई, भाजपालगायतका मुख्य पार्टी नेतासँग भेट गर्ने आकांक्षा राखेका ज्ञानेन्द्रले मध्यप्रदेश दिल्लीलगायत स्थानमा उच्चस्तरीय नेतासँग भेट गर्ने भएका छन्।विशेष गरी भारतका ठूला व्यापारी र राजनीतिज्ञसँग भेट गर्ने कार्यक्रम तय भइसकेको छ’ दुइ साता लामो भ्रमण तय गरे पनि लामो समयसम्म उतै रहनेछन्’, स्रोतले भन्यो। ज्ञानेन्द्रले जोधपुरस्थित राजस्थानी राजकुमारीको भव्य होटलमा बस्ने र भेटघाट गर्ने कार्यक्रम रहेको छ’ -स्रोतले भन्यो।
ँनिर्मलनिवासबाट बाहिरिँदा पूर्वराजारानीले साइत पूजा गरेका थिए। पूजाविधिका कारण पूर्वराजारानी निर्धारित समयभन्दा केही ढिला विमानस्थल पुगेका हुन्’ -स्रोतले भन्यो। ३४५ बजे तय भएको समय करिब आधा घन्टा ढिलो भएको थियो।
पूवराजालाई स्वागत गर्न राजावादीहरू त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलद्वारदेखि नै लामबद्ध थिए। विमानस्थलको विशिष्ट कक्षमा पुग्न हम्मे परेका ज्ञानेन्द्रलाई सञ्चारकर्मीले प्रश्न गर्दा केही उत्तर दिन चाहेनन्, हाँसे मात्र। निधारमा लामो रातो टीका र रातो टाइलगाएका पर्ूवराजा ज्ञानेन्द्र हषिर्त देखिन्थे।