December 30, 2008

मेरा सिमितताहर र तंपांइका संझनाहरु

नियमित व्लग अपलोड हुन नसकेकोमा तपांइहरुका मांयाका सुस्केराहरु वढेका छन । म हराउनुमा मेरा व्यक्तीगत कारण भन्दा वढि राष्ट्रका समस्याहरु कारक छन । मुलुकमा चमत्कार हुने भविष्यवाणी गर्दै गांउ र शहरलाइ एकै वनाउछू भन्ने कमरेड प्रचन्ड नेतृत्वको सरकारले शहरमा पनि टुकी वाल्न वाध्य पारेर शहर र गांउको सिमा खतम पारेपछि यो कम्प्युटर भन्ने चिज मट्टीतेललले वोल्ने रहेनछ । के गर्ने अध्यारामो खुइया गरेर सुस्तायो व्लग संझियो वस ।

यसैगरी अलिवढि औपचारिकतामा र रमाइलामा दिनहरु विताउदा पछि पछुतो होलाकी भनेर एउटा व्यक्तिगत काममा म अलि वढि अल्झेको छु । मलाइ विश्वास छ केही समयपछि नतिजा आउने त्यो व्यक्तिगत काममा मलाइ सफलता तंपाइहरुको आशिर्वाद र मेरो लगनले मिल्ने छ ।

म सानैमा पिताजी गुमाएको मानिस मेरा तिनै श्रद्धेय पिता जसले दोश्रो विश्वयुद्ध वेलायतका तर्फवाट वर्मा र जापानमा लडेर वेलायतलाइ विजय र परिवारलाय दाम र मामको व्यवस्था गर्नुभयो उंहाको श्राद्ध कर्मकालागि राजधानीवाट वाहिरिनै परेकाले पनि केही दिन व्लग अपलोडमा विलम्व भएको हो ।

त्यस्तै जांगरपनि अलि वढेन व्लगमा यद्यपि तंपाइ अर्थात भाइ शुरेश र विजय, मित्र अर्थात रमेशजी, दैनिक भिजिटर करुण किशोर, कपिल अनि तंमाम देश विदेशमा रहेका विर्घा व्लगका सुभेच्छुकहरुले लौ न वेलैमा अपलोड गर्नुस्न भन्दा पनि । हेरौ आगामी दिनमा तंपाइहरुसंग अलि वढि नियमित गर्ने वाचा सहित

December 21, 2008

स्रष्टा एक सिर्जना अनेकको छैठौं श्रृंखला सम्पन्न

स्रष्टा अच्युत प्रसाद पौड्याल चिन्तनको संयोजन एवं सभापतित्वमा संचार समुहको सभाहलमा मासिक अन्तर्क्रिया कार्यक्रम एवं विशेष कवि गोष्ठी हालै सम्पन्न भएको छ ।
लेखक चित्रप्रसाद सुवेदीको प्रमुख आतिथ्यतामा संचालित उक्त काय्रक्रममा विशेष अतिथिका रुपमा स्रष्टा केशव चौलागांइ, दामोदर गौतम, धिरकुमार श्रेष्ठ र भुवनहरि सिग्देल हुनुहुन्थ्यो । स्रष्टा माधव परियार एवं पम्फा सापकोटाको गायनवाट शुरु भएको उक्त कार्यक्रममा अध्यात्म क्षेत्रका प्रखर वक्ता एवं संचारकर्मी अच्युत प्रसाद पौड्याल चिन्तनद्धारा मानव जीवनमा भक्तिको स्वरुप र यस अन्तर्गत वाचिक भक्ति सिर्जना र विद्या दान कलियुगको विशेष दानवारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
स्रष्टा टोकराज पान्डेले सिर्जनाको समिक्षात्मक टिप्पणी र स्रष्टा सुविसुधा आचार्यले संचालन गर्नु भएको मासिक कार्यक्रमको छैठौ श्रृंखलामा स्रष्टा मुक्तिनाथ शर्मा, कलाधर काफ्ले,भाग्यशाली अधिकारी, शम्भुकुमार मिलन, र्सवज्ञराज पौड्याल, नारायण गोदारे, विजयध्वज थापा, माधव दाहाल, कौशला अधिकारी, लुमडी आचार्य, विद्या घिमिरे, अरुण खत्री नदी, कविता कार्की, भगवती पौड्याल, कुमार अलन, एलजी विवश, गोपिनाथ दाहाल, निर्मला रेग्मी, प्रमोद स्नेही, अनिल कोइराला, वालमुकुन्द कार्की आदि ३६ जना स्रष्टाहरुले समसामयीक विषयमा आआफ्नो रचना प्रस्तुत गर्नु भएको थियो ।
हरेक महिनाको पहिलो शनिवार ठिक ११ वजे वरिष्ठ साहित्यकार अच्युतप्रसाद पौड्याल चिन्तनको संयोजनमा संचारसमुह पुतली सडकमा शुरु हुने सो कार्यक्रममा सम्पूर्ण साहित्यानुरागी महानुभावलाइ सहभागी हुन आयोजकले अनुरोध गरेका छन ।

December 19, 2008

ओबामा “वर्षव्यक्ति”

संयुक्तराज्य अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाराक ओबामालाई टाइम पत्रिकाले यस वर्षको "वर्षव्यक्ति"घोषित गरेको छ । पत्रिकाका अनुसार अप्ठ्यारो परिस्थितिमा उनी जनताका लागि आशाका किरणसमान छन् । अहिलेको असहज परिस्थितिबाट ओबामाले आफूहरूलाई बाहिर निकाल्छन् भन्ने विश्वास अमेरिकी जनतालाई भएको पनि टाइम पत्रिकाले लेखेको छ । पछिल्लो वर्ष रुसका प्रधानमन्त्री भ्लादिमिर पुटिन टाइम पत्रिकाको "वर्षव्यक्ति" घोषित भएका थिए । दुई वर्षअगाडि मात्र अमेरिकाका आधाजसो जनताले नाम नसुनेका ओबामा अहिले सार्वजनिक जीवनमा छाएको पत्रिकाले लेखेको छ । टाइम पत्रिकाको अन्तर्राष्ट्रिय संस्करणका सम्पादक मिसेल इलियट भन्छन्- "बाराकको कथा सामान्य छैन ।

उनले जकार्तादेखि डर्बिलन र ओहायोदेखि लिएर न्युहाम्सायरसम्म सबैलाई प्रभावित गरे । बाराक ओबामाप्रति मानिसको एक किसिमको उत्साह छ । जसलाई हामी आफूले मन पराएको व्यक्ति बनाउन चाहन्थ्यौँ"। पछिल्लो दुई वर्षमा टाइमको कभरमा मात्र ओबामाको तस्बिर १५ पटक छापिएको थियो । यो कुनै पुरस्कार नभएर विश्वमा हुने घटनालाई प्रभावित गर्ने व्यक्तिलाई वर्षव्यक्ति घोषित गर्ने गरिएको टाइम पत्रिकाले जनाएको छ ।

 सन् १९२७ यता टाइम पत्रिकाले प्रत्येक वर्ष "वर्षव्यक्ति" घोषणा गर्दै आएको छ । २००५ मा माइक्रो सफ्टका संस्थापक बिल गेट्स, उनकी श्रीमती मिलिन्डा र रक-स्टार बोनो वर्षव्यक्ति घोषित भएका थिए । २००४ मा अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुस वर्षव्यक्ति घोषित भएका थिए भने २००३ मा अमेरिकी सैनिक वर्षव्यक्ति घोषित भएका थिए । १९३८ मा हिटलर टाइम पत्रिकाको वर्षव्यक्ति घोषित भएका थिए भने १९७९ मा इरानका धार्मिक नेता आयतुल्ला खामेनी वर्षव्यक्ति घोषित भएका थिए।

December 16, 2008

अमेरिकामा गीता अनिवार्य

संयुक्त राज्य अमेरिकाको सेटन हल युनिभर्सिटीमा सबै विद्यार्थीका लागि गीताको अध्ययन अनिवार्य गरिएको छ । न्युजर्सी सन् १८५६ मा स्थापित स्वायत्त क्याथोलिक सेटन हल युनिभर्सिटीमा अनिवार्य पाठ्यक्रमको रुपमा गीताको अध्ययन समावेश गर्ने निर्णय गरिएको हो ।

 विश्वविद्यालयको स्टिलमेन विजनेस स्कुलका प्राध्यापक एमडी अमरले सोको जानकारी दिँदै यो संसारभरकै पहिलो निर्णय भएको जानकारी दिए । यस विद्यालयमा अध्ययन गर्ने आठ सय विद्यार्थीमा एक तिहाइभन्दा धेरै इसाइ छन् र उनीहरुमा भारतीय विद्यार्थीको संख्या पनि उल्लेख्य छ ।

 गीता अध्ययन अनिवार्य गराउने निर्णय गराउनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका प्राध्यापक अमर विश्वविद्यालयमा गीता आधारभूत पाठ्यक्रमको रुपमा रहने र सबै विद्यार्थीले अनिवार्य रुपमा यसको अध्ययन गर्नुपर्ने बताउँछन् । सन् २००१ मा विश्वविद्यालयले विश्वजगतमा आफ्नै बेग्लै पहिचान कायम गर्नका लागिअ आधारभूत कोर्सको थालनी गरेको थियो ।

 यसमा विद्यार्थीलाई सामाजिक जीवनसँग जोडिएको सरोकार र दायित्वोधको जानकारी सरकारको र दायित्वोचको जानकारी गराइनेछ जसले युवावर्गलाई सामाजिक व्यवस्थासँग जोड्ने विश्वास गरिएको छ । यस मामिलामा गीताको ज्ञान सर्वोत्तम साधन हुने प्राध्यापक अमर बताउँछन् । यसकै महत्व बुझेर विश्वविद्यालयले सबै विद्यार्थीका लागि यस ग्रन्थको अध्ययन अनिवार्य गर्ने निर्णय गरेको हो ।

बुशलाई जुत्ताको बिदाइ

‘यो तिम्रो बिदाइ चुम्बन हो, कुकुर !’ रिसले बर्बराउँदै एक इराकी पत्रकारले संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जर्ज डब्लु बुसमाथि पहिलो जुत्ता प्रहार गरे । उनले आफैंले लगाएको जुत्ता खोलेर बुसलाई हिर्काएका हुन् । बग्दादका अल बग्दादिया टेलिभिजनका स्टि्रन्जर संवाददाता मुन्तदार अल-जइदीले बुसलाई दोस्रो जुत्ता प्रहारसँगै अरविकमा गाली गर्दै भने- ‘यो जुत्ता चुम्बन विधवा, टुहुरा र इराकमा मारिएका नागरिकको तर्फबाट हो ।’ जइदीले प्रहार गरेका दुवै जुत्ता छल्न बुस सफल भए । जुत्ता उनको टाउकोमाथिबाट गएर अमेरिकी र इराकी झन्डालाई छँदै भित्तामा ठोक्कियो । र, पछारियो ।

अरब राष्ट्रमा जुत्ता देखाउनुलाई अपमानजन्य मानिन्छ । इराकीहरूले सद्दाम हुसेनको पतनपछि उनको सालिकलाई जुत्ताले पिटेका थिए । तर, बुसले यस घटनालाई गम्भीरतापूर्वक नलिएको बताएका छन् । उनले भने- ‘मैले आफ्नो कार्यकालमा यस्ता कैयौं अनौठा घटना भोगेको छु । यो आममानिसको ध्यानार्कषण गर्ने तरिका हो । यो घटनाले इराकी पत्रकार पनि दुःखी भएका छन् ।’ उनले घटनासम्बन्धी ठट्टासमेत गर्दै भने- ‘यदि तपाइंलाई यसको पूर्ण विवरण चाहिन्छ भने यो जुत्ता १० नम्बरको थियो ।’

जुत्ता प्रहार गरिएका बेला बुस र इराकका प्रधानमन्त्री नुरी अल मल्लिकी पत्रकार सम्मेलन कार्यक्रममा अगाडि उभिइरहेका थिए । राष्ट्रपति बुस अचानक इराक पुगेका थिए । त्यसपछि उनी अफगानिस्तान पुगे । आफ्नो कार्यकाल सकिनुभन्दा ३७ दिन मात्र रहँदा बुस इराक पुगेका हुन् । सुरक्षाकर्मीले मुन्तदार अल जइदीलाई आफ्नो नियन्त्रणमा लिएका छन् ।

बग्दादका टेलिभिजन स्टेसनले जइदीको तुरुन्त रिहाइ गरिनुपर्ने माग गरेका छन् । इजिप्टको कायरोबाट प्रसारित हुने टेलिभिजन स्टेसनले प्रेस विज्ञप्तिमा भनेको छ- ‘अमेरिकी अधिकारीले इराकी जनतालाई प्रतिबद्धता गरेको लोकतन्त्र र वाक्-स्वतन्त्रतालाई आधार मान्दै मुन्तदर अल-जइदीलाई तुरुन्त रिहाइको माग अल-बग्दादिया टेलिभिजन गर्छ ।’ टेलिभिजन स्टेसनका प्रोग्रामिङ डाइरेक्टरले जइदी गाैरवशाली अरब र खुल्ला विचारधाराका व्यक्ति भएको बताएका छन् । जइदीको सुरक्षाको चिन्ता आफूहरूलाई लागेको पनि उनले बताए ।

इराकमा हिंसा न्यून भएको र भर्खरै सम्झौता भएको संयुक्तराज्य अमेरिका-इराक सुरक्षा सम्झौताको खुसियाली मनाउन बुस इराक पुगेका थिए । यस सम्झौताअनुरूप सन् २०११ को अन्त्यतिर इराकबाट अमेरिकी सेनालाई फिर्ता लान सकिनेछ ।

December 14, 2008

आर्थिक-मन्दीको संकेत अमेरिकीको अनुहारमा

आर्थिक-मन्दीको स्पष्ट संकेत अमेरिकीको अनुहारमा झल्कन थालिसकेको छ । मन्दीका कारण रोजगारी गुमाएका अमेरिकी पुरुषले दार्‍ही पाल्न थालेका छन् । ‘यसलाई तपाइं अनुहारको स्वतन्त्रता भन्न सक्नुहुन्छ’- वाल स्टि्रट जनरलमा लेखिएको छ । पहिले चिरिच्याट्ट भएर बस्ने कर्पेरेट कार्यकालका पूर्व कर्मचारीको अनुहारमा दार्‍ही देखिन थालेको छ ।
‘यो बेरोजगारीले दिएको सानो सुविधा हो । यस बेला मानिसहरू दैनिक कामबाट मुक्त भएका छन्’- बिहीबार छापिएको लेखमा उल्लेख छ । जर्ज हेन्डरिक्सनले म्यानह्याटन हेच फन्डमा केही साताअगाडिदेखि रोजगारी गुमाए । काम छोडेको दिनदेखि उनले दार्‍ही काटेका छैनन् । ‘मैले लामो समयसम्म दार्‍ही काटेको छैन । काम गुमाएको सकारात्मक पामा पनि हेर्नुपर्छ । सकेको बेलामा मैले आफ्नो जीवनशैली परिवर्तन गरेको छु’- हेन्डरिक्सन भन्छन् ।
संयुक्तराज्य अमेरिकाका उपराष्ट्रपति अल गोरले २००० मा राष्ट्रपतिको चुनाव हारेपछि दार्‍ही पालेको उद्धृत गद लेखिएको छ- ‘यो एकदमै सुविधाजनक छ । यो संस्थापनाविरोधी पनि छ । उनले सिर्जनात्मक काममार्फत् यसले नोबल पुरस्कार विजेतासम्म पुर्‍यायो ।’
३५ वषीया अर्थविद् स्टक बर्जरले हेज फन्ड लरोस क्यापिटल म्यानेजमेन्टबाट काम छोडेपछि अक्टोबरदेखि नै दार्‍ही काट्न छोडे ।

December 9, 2008

रमाइलो रह्यो मालुङगाको शिविर

स्याङजाको मालुङगा गावीस टुनिवोट स्थित प्राथमिक स्वास्थ्य केन्द्रको एक दिने निशुल्क स्वास्थ्य शिविर सफलतासाथ सम्पन्न भएको छ । शिविरमा ३ सय ५० महिला तथा युवतीहरुले स्वास्थ्य परिक्षण गराएका थिए ।

  जसमध्ये अप्रेसन गर्नु पर्ने १४ जनालाइ आयोजककै पहलमा थप उपचार हुने भएको छ । किष्ट मेडिकल कलेज, ग्रामिण विकास तथा स्वास्थ्य प्रतिष्ठान नेपाल र पोक्यासको संयुक्त तत्वावधानमा भएको उक्त विविरमा ९ जना वरिष्ठ चिकित्सक सहितको १४ जनाको प्राविधिक टोली प्रत्यक्ष र अन्य आधा दर्जन वढि सहयोगी हातहरुको प्रत्यक्ष सहभागिता रहेको थियो ।

 कार्यक्रमलाइ सफल पार्न प्रतिष्ठानका अध्यक्ष यमप्रसाद पान्डेकेा अत्यन्तै महत्वपूर्ण हात रहेको थियो । त्यसैगरी पुर्व सांसद शंकरप्रसाद पान्डे, कमल पंगेनी, लालगोपाल अर्याल, दुर्गा प्रसाद पान्डे, जलेश्वर पान्डे र टोकराज पान्डेले आ आफ्नो तर्फवाट सक्दो योगदान पुर्याउनु भएको थियो ।

 स्थानीय पशुपति वस्याल, नन्दलाल वस्याल, भिम भन्डारी, डोलराज वस्याल, मित्रलाल न्यौपाने, लिलावल्लभ न्यौपाने लगायतका स्थानीय व्यक्तीहरुले पनि शिविरमा ठुलो योगदान पुर्याउनु भएको थियो ।

चिकित्सकहरु डा.श्रीकृष्ण द्धा, डा.निना राइ, डा.रिचा पान्डे, डा. स्मृती वस्न्यात, डा. प्रदिप पान्डे, नसिव कृष्ण वस्न्यात लगायतको ठुलो हात रहेको थियो । शिविरमा सहभागी हुन हाम्रो १४ जनाको टोली राजधानीवाट शनिवार त्यसतर्फ लागेको थियो ।

आइतवार स्वास्थ्य केन्द्रको शिविरका साथै स्थानीय माध्यामिक विद्यालयमा परामर्श शिविर पनि शंचालन गरेको थियो ।मालुङगा मेरा लागि परिचित भएपनि यति नजिकवाट भ्रमण गर्ने अवसर भने पहिलो नै थियो ।

 स्थानीय विद्यार्थी, समाजसेवी र राजनैतिक दलका प्रतिनिधीहरुसंग रमाइलो मुलाकात पछि म पनि टोलीसंगै काठमाण्डौका लागि आइतवार नै पोखरा हुदै यता आएको थिए । समग्रमा हाम्रो भ्रमण सफल, फलदायी र उपलव्धी मुलक भएको जानकारी गराउदै अहिलेलाइ विदा ।

बकर इद पर्व मनाउँदै

देशभरका मुसलमान समुदायले आफ्नो ठूलो चाड बकर इद धुमधामकासाथ मनाउँदै छन् । आजको दिन विहानै नुहाइ धुवाइ गरी सफा लुगा लगाएर सबै मुसलमानले इदगाह मस्जिद वा खुला मैदानमा भेला भइ नमाज पढेर सामूहिकरुपमा प्रार्थना गर्छन । त्यसपछि उनीहरु एक अर्कासँग हातेमालो गरेर इदुल अजहाको बधाइ तथा शुभकामना आदान प्रदान गर्छन ।

काठमाडौंको घण्टा घरमा रहेको जामे मस्जिदमा पनि मुस्लिम धर्मावलम्वीहरुले नमाज पढि बकर इद मनाएका छन् । यसैबीच प्रधानमन्त्री प्रचण्डले समस्त नेपाली खासगरी मुसलमान धर्मावलम्बी दाजुभाई एवम् दिदी-बहिनीहरूको धार्मिक-सांस्कृतिक आस्थाको केन्द्रविन्दु एवम् मिलन, आपसी भाइचारा, सम्मान र सद्भाव प्रवर्द्धन गर्ने प्रेरणाको स्रोत बकर इद पर्वको उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति परमानन्द झाले शुभकामना सन्देश दिँदै सम्पूर्ण नेपाली मुस्लिम दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति तथा समृद्धिको लागि शुभकामना व्यक्त गर्नुभएको छ । यसैगरी नेपाली कंग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले बकर इदले सबै जिम्मेवार पक्षलाई राष्ट्रिय जिम्मेवारी पूरा गर्नका लागि प्रेरणा प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

December 1, 2008

आफ्नै सुचना

मंसिर २२ गते मालुङगामा स्वास्थ्य शिविर हुने

गृह मन्त्रालयले संचालन गरेको सुरक्षा संयन्त्र सम्वन्धी तालिममा रहनु परेका कारण केही समय व्लगमा नियमित हुन नपाएकोमा तपाइहरुसंग क्षमा माग्दछु । एकहप्ता सम्म वानेश्वरको तालिम हलमा विहान अफिस आवरपछि अपरान्ह पांच वजेसम्म रहनु परेकाले व्लग नियमित अपडेट हुन सकेको छैन ।

आगामी शुक्रवार यस तालिमवाट फुर्सद मिल्ने भएपनि आगामी मंसिर 22 गते स्याङजाको मालुङगा गाविस ८ टुनिवोटमा संचालन हुने स्वास्थ्य शिविरकालागि त्यता लाग्ने भएकाले अवका केही दिन नियमित व्लग अपडेट हुन सक्ने छैन । यद्यपि समय मिलेमा राष्ट्रिय अन्तराष्ट्रिय घटनावारे तपाइलाइ जानकारी गराउने जमर्को गर्ने छु ।

 यही मंसिर २२ गते आइतवार मालुङगाको टुनिवोटमा किष्ट मेडिकल कलेज, ग्रामिण विकास तथा स्वास्थ्य प्रतिष्ठान लगायतको संयुक्त संयोजनमा उक्त शिविर हुदै छ । त्यसका लागि शनिवार चिकित्सक सहितको हाम्रो टोली त्यस तर्फ प्रस्थान गर्ने छ । आइतवार शिविर पछि हामी पोखरा फर्कने छौ । पुर्व निर्धारित कार्यक्रमअनुसार सोमवार राजधानी आउने कार्यक्रम तयभएको छ ।

8 असोजमा स्याङजाको विर्घामा भएको मुटु सम्वन्धी शिविरका तस्विर क्यामेराको खरावीका कारण तंपाइहरु समक्ष पस्कन नपाउदा खल्लो लागेको छ । यस पटक त्यस्तो नहुने वाचाका साथ । त्यपछि व्लग नियमित अपडेट हुने नै छ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com