November 25, 2008

इजरायल जान रोक

सरकारले व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीका लागि इजरायल जान रोक लगाएको छ । श्रम तथा रोजगार प्रवर्द्धन विभागले व्यक्तिगत प्रयासमा रोजगारीका लागि इजरायल जानका लागि रोक लगाएको हो। झन्डै डेढ वर्षघिबाट इजरायलले नेपाली कामदारलाई भिसा दिन रोक लगाएकोमा दुइ महिना अघिबाट खोलिएको थियो।

इजरायलस्थित नेपाली दूतावासबाट व्यक्तिगत प्रयासमा गएकाहरूको समस्या आउन थालेको जनाउँदै नपठाउन आग्रह आएकाले व्यक्तिगत प्रयासमा कामदार पठाउनका लागि स्वीकृति दिने कार्य रोकिएको हो’ -श्रम तथा रोजगार प्रवर्द्धन विभागका निर्देशक शरद अधिकारीले जानकारी दिनुभयो।

संस्थागत रूपमा गएकाहरूको समस्या आएको खण्डमा सम्बन्धित म्यानपावर कम्पनीलाई झिकाएर कारबाही गर्न सजिलो हुने भए पनि व्यक्तिगत रूपमा जानेहरूको हकमा त्यस्तो कार्य कठिन भएपछि अब संस्थागत (म्यानपावर कम्पनी) मार्फ मात्र इजरायल जानका लागि स्वीकृति दिइने उहाँले बताउनुभयो।

स्रोतका अनुसार इजरायलमा व्यक्तिगत प्रयासमा रोजगारी नै पाइँदैन। तर त्यहाँका म्यानपावर कम्पनीले नेपालका म्यानपावर कम्पनीलाई कामदारको अर्डर गर्ने र यहाँका कम्पनीहरूले मागपत्रलाई टुक्रयाएर व्यक्तिगत रूपमा पठाउने कार्य गर्दै आएका छन्। यहाँबाट व्यक्तिगत रूपमा पठाए पनि कामदार स्वीकार गर्दा भने संस्थागत रूपमै त्यहाँ पुग्ने तर नेपालमा भने कागजी रूपमा व्यक्तिगत देखिएकाले समस्या बढेको जनाउँदै राजदूतावासले गत साता पत्र पठाएको थियो।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/11/25/p549/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com