November 16, 2008

माओवादी गलत लाइनमा छ-कोइराला

Filed under: ए हो र

 

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले माओवादीले सहमति र सहकार्यको राजनिति तोडेको आरोप लगाउनु भएको छ । उहाँले नयाँ संविधान निमार्ण प्रक्रियामा नेपाली कांग्रेस सक्रिय भएर लाग्ने तर माओवादीका गलत प्रक्रियाको भण्डाफोर गर्ने बताउनु भयो ।

प्रेस यूनियन पर्साले आज विरगञ्जमा गरेको पत्रकार सम्मेलनमा कांग्रेस सभापति कोइरालले जानाकारी दिनुभयो । कांग्रसको जागरण अभियान अर्न्तगत विरगञ्ज पुग्नु भएका कोइरालाले भारत र चीनले नयाँ संविधान समयमा नै निमार्ण गर्ने र्सतमा भारत र चीनलले प्रचण्ड सरकारलाई सहयोग गरेको पनि बताउनु भयो । उहाँले भन्नु भयो भारत र चीन लागतय छिमिकीहरुले नयाँ संविधान समयमा नै बनाउने र्सतमा विभिन्न् मूलुकले सहयोग गरेका हुन तर त्यो माओवादीले विर्सिदै गएको छ ।

उहाँले संविधान बनाउन माओवादी जिम्मेवार नभएको पनि आरोप लगाउनु भयो । सभापति कोइरालाले संविधान बनाउने काम सफल बनाएर कागं्रेसले अर्को इतिहास रच्ने दाबी गर्नुभयो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/11/16/p541/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com