सपना अजमाउन विदेश जानेहरुको पिडा
मेरो छोरो बिदेश गएको छ भनेर परिवार तथा आफन्तलाई घिरौला जत्रो नाक बनाउदै ठीक्क छ। बिदेशको भिशा लाग्न साथ अब सुखका दिन आए, खुशीका दिन , अब भने आफुले भनेको जस्तो हुने भयो भनेर मख्ख पर्न नपाउदै जब बिदेशको माटोमा पाइला टेक्छ तब आफ्नो आँखा वरीपरी देखिने समस्याले नराम्रो सँग झस्कन्छ।
बिधार्थी जुन सपना देखेर अष्ट्रेलिया आएका हुन्छन आँखा तेती बेला खुल्छ जब घर भाडा तिर्नु पर्ने हुन्छ, आफ्नो लुगा आँफै धुनु पर्ने हुन्छ, आफ्नो लागि आँफै पकाउन पर्ने हुन्छ, आफ्नो लागि आँफै कमाएर फी तिर्न पर्ने हुन्छ तेती बेला आफ्नो काधमा पहाडले आएर थिचेको महसुस् गर्छन्। बाबु आमाले रिन धन गरेर बिदेश पठाउछन यहाँ आउने बेलामा १५००-२००० डलर दिएर पठाउछन् तेतिले त बिचरा उसलाई एक महिना पनि थेग्न गार्हो पर्छ।
कहिले घरयाशि काम नगरेकाहरु दिनमा पढाई र अरु बेला कामको चपेटा, फी तिर्न पर्ने टेन्सन आदी इत्यादी परिस्थिती ति कलीला ठिटा ठिटिले कसरी सहदा हुन्। यहाँ केटाहरु धेरै जसो भाडा माज्ने रैछन्। त्यो काम पनि पाउन बडा मुस्किल हुने रैछ। नेपालको घरमा एउटा चिया खाएको गिलास सफा नगर्ने बज्रस्वाठ्हरुलाई रास का रास भाडा माज्नु पर्दा अमिलो मन हुदो हो । भाडा माज्ने बाहेक किल्निङ, वेटर काम पनि गर्दा रैछन ।
कतिपय बिधार्थीले त आफुले गरेको काम नेपालमा भन्दै भन्दैनन् सकेसम्म लुकाउन खोज्छन र घरमा काम राम्रो हल्का छ भनेर दङ्ग पार्दिन्छन्। हुन पनि हो आफ्नो छोरोले अर्काको ट्वाइलेट् सफा गर्दै छ भन्ने कुरा कुन चाँही आमाले सहलिन र? तर अर्को पाटो हेर्दा बिद्यार्धिहरु औधी खुशी छन् । काम गर्छन्, पढ्छन् आफु आत्म निर्भर छन् जसो तसो गरेर घरमा अली अली आमालाई साडी र बाबुलाई सर्ट किन्ने पैसा पठाएका छन्।
विद्यार्थीहरुको भनाइमा पैसा भए पछी अली अली मोज पनि भै हाल्छ । बाबु आमाको कच् कच् सुन्न परेको छैन। पैसा के हो भनेर राम्रो सँग चिनेका छन्। आफु आत्म निर्भर भएकोमा गौरब पनि गर्छन्। काम त आखिर काम हो उनिहरु आँफै भन्छन् हामी सँग केही काम गर्ने skill छैन न त हामी नेपालबाट आउँदा केही professional training नै लिएर आएका छौ अनी हामीलाई कस्ले म्यानेजरको जागिर दिन्छ त? हो आफुले केही सिप सिकेर नआएकोमा चुक चुक मान्छन्। तर पनि यो लाईफ हो जसरी पनि बिताउनु छ भोली पढि सके पछी PR apply गर्ने अनी राम्रो जागिर खाने, परिवारलाइ खुशि पार्ने सपना मुटुभरी राखेर बिदेशी भुमिमा बसेका छन्।
By Archana Shrestha