November 5, 2008

तराईमा प्रहरी परिचालन गरिने

गृहमन्त्री वामदेव गौतमले तराईका शसस्त्र समूहसँगको वार्ता सफल नभए शान्ति सुरक्षा कायम गर्न प्रहरी परिचालन गरिने बताउनुभएको छ । उहाँले तराईका शसस्त्र समूहसँग वार्ताको प्रयास जारी रहेको र यदि उनीहरु वार्तामा नआए प्रहरी परिचालन गरेर भए पनि सुरक्षा कायम गरिने चेतावनी दिनुभयो ।

अध्यागमन विभागको नवनिर्मित भवनको सिलान्यास गर्दै गृहमन्त्री गौतमले शिक्षामन्त्री रेणु यादव शसस्त्र समुसहसँगको वार्ताको खाजीका लागी नभइ पारिवारिक कामले भारत गएको जानकारी दिनुभयो । सरकारले चाहेको र भनेजस्तो शान्ति सुरक्षा दिन नसकेको स्वीकार गर्दै गृहमन्त्री गौतमले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले माओवादी लडाकूलाई मापदण्डका आधारमा सेनामा सहभागी गराइने पनि जानकारी दिनुभयो ।

मन्त्री गौतमले कांग्रेस सेना समायोजन समितिमा सहभागी हुनेमा विश्वस व्यक्त गर्नुभयो । स्थानीय विकास मन्त्री रामचरुन्द्र झाले पनि सेना समायोजन विशेष समितिमा नेपाली कांग्रेसलाई समावेश नगरे समितिको काम सफल नहुने बताउनुभएको छ । मन्त्री झाले नेपाली काँग्रेसविना सेना समायोजनलगायत राजनीतिक प्रक्रियाले गति लिन नसक्ने बताउनु भयो ।

छठ पर्वको समापनका अवसरमा आज बिहानै रानीपोखरी पुग्नुभएका मन्त्री झाले कुरा गर्दै यस्तो बताउनुभएको हो । मन्त्री झाले ठूलो दल भएकाले नेपाली कांग्रसको सहभागीता अनिबार्य रहेको पनि बताउनु भयो ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/11/05/p535/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com