November 5, 2008

“मेरी हजुरआमा घर जानुभयो”-ओबामा

डेमोक्र्याट उममेदबार बाराक ओबामाकी हजुरआमाको ८६ बर्षको उमेरमा निधन भएको छ । निर्वाचनको एकदिन अगाडी मेडल्यान डनहमको मृत्यु भएको हो । ओबामाको जीवनमा असाध्यै प्रभाव पारेकी उनकी हजुरआमा केहि समयदेखि बिरामी थिइन ।ओबामाले आफ्नो चुनावी अभियान समेत दुई दिनलाई स्थगित गरेर हजुरआमालाई भेट्न गएका थिए ओबामाले चुनावी अभियानकै क्रममा नर्थ क्यारोलिनाबाट यो समाचारको पुष्टी गरेका छन् । उनकी हजुरआमा क्यान्सरबाट ग्रसित थिइन । तर ओबामा र उनकी बहिनीद्वारा जारी विज्ञप्तीमा उनको मृत्यु सहज किसीमले भएको उल्लेख छ ।

 

“मेरी हजुरआमा घर जानुभयो”, ओबामाले निकै भावुक भएर नर्थ क्यारोलिना विश्वविद्यालयमा भेला भएका उनका समर्थकहरू पनि भावुक भएका थिए । उनले अगाडी भने, “उहाँ सहज तथा शान्तिपुर्ण तरिकाले मर्नुभयो, मेरि बहिनी छेउमा थिइ । म यसबारेमा धेरै कुरा गर्दिन किनकी मलाई यो बिषयमा कुरा गर्न गाह्रो भइरहेको छ”

 

स्रोतले उनी आफ्न हजुरआमाको संघर्षका कथा सुनाउन चाहेको बताएको छ । कसरी उनकी हजुरआमाले दोस्रो विश्वयुद्धताका देशको लागि लडिरहेको लोग्नेलाई सहयोग गरिन, बच्चा हेरिन र जतिखेर पनि पड्कने सक्ने बमको सामना गरिन । उनले आफ्नी हजुरआमा निकै विनम्र भएको बताए । ओबामाको वीचारमा उनकी हजुरआमा लाखौ अमेरिकन अभिभावक झैं थिइन जो आफ्नोस सन्ततीको भविष्य सुरक्षित गर्न चाहन्छन् ।

Comments »

The URI to TrackBack this entry is: http://birgha.blogsome.com/2008/11/05/p534/trackback/

No comments yet.

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>



Anti-spam measure: please retype the above text into the box provided.

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com