November 27, 2008

मुम्वइमा आतंककारी हमला

भारतको मुम्बईमा भएको आतंककारी हमलामा ८० जनाको मुत्यु भएको छ भने करिब ९०० जनाको घाईते भएका छन ।
अनुसार ताज होटलमा बिदेशीसहित १५ जनालाई आतंककारीहरुले बन्दी बनाएका छन । हमलामा दुई उच्च सरकारी अधिकारीकोसमेत ज्यान गएको छ । हमलाकारीले सात स्थानमा आक्रमण गरेका थिए । हालसम्म डेकन मुजहद्दीन नामक एक स्थानिय आतंककारी समुहले घट्नाको जिम्मा लिएको टाइम्स अफ इन्डियाले जनाएको छ । गए राति लगातार सातवटा बम पड्किंदा अरु २ सय भन्दा बढी घाइते भएका छन् । मृत्यु हुनेको संख्या ८0 पुगेको सीएनएनले जनाएको छ ।

अहिले ताज महल र ओबराय होटलमा आक्रमणकारीले मानिसहरुलाई बन्धक बनाएर राखेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । होटल ताज महलमा आगोको मुस्लो देखिएको छ । अहिले पनि केही ठाउँमा बम पड्किएको आवाज समेत आएको बताइएको छ । नागरिकलाई बन्धक बनाएर राखिएको भन्दै प्रहरी र सैनिक टोलीले होटल ओबराय र ताज महललाई घेराउ गरी कारबाही प्रक्रिया अगाडि बढाएको छ ।

प्रहरीले चार जना शंकास्पद आतंककारी मारिएको र ९ जना नियन्त्रणमा रहेको जानकारी दिएको छ । दोहोरो मुठभेडमा पाँच वरिष्ठ अधिकारीसहित ११ प्रहरीको मृत्यु भएको छ । अहिले मुम्वईमा ठूलो संख्यामा सुरक्षाकर्मी खटाइएको महाराष्ट्रका गृहमन्त्री आर आर पाटिलले जानकारी दिनुभएको छ ।घटनामा अहिलेसम्म कोही नेपाली नपरेको त्यहा अध्ययनका क्रममा रहेका नेपाली विद्यार्थी शुरेस पान्डेले भर्खरै जानकारी दिएका छन ।

युवकहत्याको विरोधमा काठमाण्डौमा तनाव

Filed under: अपराध

ताहचलका रितेश रौनियार र आशिष मानन्धरको हत्याको विरोधमा काठमाण्डौ तनाव ग्रस्त बनेको छ । मृतकका आफन्त, स्थानीय वासिन्दा र विद्यार्थीहरुले काठमाण्डूका विभिन्न ठाउँमा बिहानैदेखि प्रदर्शन गरिरहेका छन। प्रदर्शनकारीहरुले अहिले काठमाण्डूको त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, कालीमाटीलगायतका ठाउँमा पर्रदर्शन गरिरहेका छन् ।

 प्रदर्शनका कारण काठमाण्डूको कलंकी, सोल्टिमोड, कालीमाटी, टेकु, कुलेश्वर, बल्खु, थापाथली, प्रदर्शनीमार्गलगायतका क्षेत्रमा गाडीहरु चल्न सकेका छैनन् भने पसलहरुसमेत बन्द भएका छन् ।

गाडीहरु चल्न नसकेपछि यात्रुहरु पैदल हिँडेरै आफ्नो गन्तव्यतिर लागेका छन् । गएको कात्तिक ३० गते छाउनी जान भनी निस्केका रौनियार र मानन्धरको शव काठमाण्डूको महादेवस्थान गाविस वडा नम्बर ५ मा रहेको मातातिर्थ नजिकैको सामुदायिक बनको खोंचमा हिजो प्रहरीले फेला पारेको हो । रौनियार बाफलमा रहेको विल्सन एकेडेमीमा र मानन्धर भुरुङ्गखेलमा रहेको न्यू जेनिस स्कुलमा कक्षा ९ मा अध्ययनरत थिए

November 25, 2008

स्रष्टा एक सिर्जना अनेकको मंसिर श्रृंखला सम्पन्न

काठमाण्डौ । स्रष्टा अच्युत प्रसाद पौड्याल चिन्तनको संयोजकत्वमा मासिक अन्तक्रिर्या कार्यक्रम स्रस्टा एक सिर्जना अनेक विषयक साहित्यिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ । संचार समुहको सभाहलमा चक्रपरमंहंस योग सेवाका १००८ स्वामी बालकृष्णनन्दजीको प्रमुख आतिथ्य र प्रहरी सेवाका वरिष्ठ अधिकृत भीष्म प्रसाइको विबिष्ठ आतिथ्यतामा सम्पन्न कार्यक्रमको सभापतित्व अन्नग्रहण नगरी व्रत साधनामा रहेकी मातृशक्ती श्री विष्णुवाट भएको थियो ।

साहित्यकार प्रा.रामप्रसाद दाहाल, प्राकृतिक चिकित्सक डा. निर्मला कायस्थ, अभिनव साहित्य समाजका गोविन्द घिमिरे, स्रष्टा लुमडी आचार्य, माधव परियार,अरुण, विद्या घिमिरे, ललिता दोषी, गीता लामिछाने, निर्भिक राइ, रामवहादुर पहाडी,वावु त्रिपाठी, आर के एन खडेरी, आनन्दराम पोखरेल, व्रम्हप्रिय, प्रकाशमणि दाहाल लगायतका स्रस्टाहरुले आफ्नो रचना प्रस्तुत गर्नुभएको थियो ।

सो कार्यक्रमको समग्र समिक्षा विश्लेशक प्रा.डा. विष्णुहरि नेपालले गर्नुभएको थियो । स्वामी वालकृष्णानन्दजीले योग साधना र योग साहित्यका वारेमा प्रवचन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा संयोजक पौड्यालले अध्यात्म चिन्तन र मानव जीवन वारे कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । प्रत्येक महिनाको पहिलो शनिवार संचार समुहको सभाहलमा हुने उक्त कार्यक्रममा सवै स्रष्टाहरुलाइ आमन्त्रण गरिएको आयोजा पक्षले जनाएको छ ।

सावधान डेटिङ जानेहरु

जवानीको काउकुटीले लहलहैमा क्षणभरमै बहकिन बेर नलाग्ने भरखर कलकलाउँदो उमेरका किशोरकिशोरीहरु कलेजको बहाना पार्दै केटाकेटी मिलेर डेटिङ जाने बिकृति अहिले नेपालमा बढ्दो छ । अचेल राजधानी लगायतका शहर बजारमा कलेज पोशाकका किशोरकिशोरीहरु कोही सिनेमा हलतिर भेटिन्छन् भने कोही मन्दिर परिसर, एकान्तका जंगल, उद्यानतिर प्रेमालापमा तल्लिन अवस्थामा भेटिने गरेको अवस्था छ ।
यस्तो बिकृतिलाई बेलैमा रोकथाम गर्न हेटौडा नगरपालिका वाड नं २ स्थित बनस्खण्डी मन्दिर ब्यवस्थापन समितिले एउटा सह्रायिन कार्यको थालनी गरेको छ । सो समितिले डिजिटल क्यामेरा किनेर कलेज आउने बहानामा मन्दिर परिसर वा वरपर आपत्तिजनक अवस्थामा डेटिङमा भेटिएका जोडीको तुरुन्त फोटो खिचेर आ-आफ़्ना अभिभावकलाई बुझाईदिने अभियान शुरु गरेको छ ।
वनस्खण्डी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष केन्द्रगोविन्द जोशीले पढ्ने समयमा विद्यार्थीहरू गलत बाटोतिर हिँडेकाले यस्तो गर्नुपरेको बताउनुभयो । धार्मिक स्थल र मन्दिर स्कुल तथा कलेजका युवायुवतीहरूको डेटिङ जाने थलो बनेपछि विकृति फैलन सक्ने सम्भावना बढेकाले यो अभियान थालिएको अध्यक्ष जोशीको भनाइ छ ।

अभियान थालेपछि मन्दिरपरिसरमा डेटिङमा आउने विद्यार्थीहरूको संख्यामा कमी आएको उहाँको बुझाइ छ। देशलाई पर्यटकीय र धार्मिक स्थल बनाऔं भन्ने धारणा बनिरहेको समयमा यस्तो कार्य बढ्नु राम्रो नभएको उहाँ बताउनुहुन्छ । यस्तो कार्यले मन्दिरको बदनाम हुने र विद्यार्थीको भविष्य पनि अन्धकारमा धकेलिने हुँदा सजगता अपनाउन अभियान थालिएको तर्कसमेत उहाँको छ ।

इजरायल जान रोक

सरकारले व्यक्तिगत प्रयासमा वैदेशिक रोजगारीका लागि इजरायल जान रोक लगाएको छ । श्रम तथा रोजगार प्रवर्द्धन विभागले व्यक्तिगत प्रयासमा रोजगारीका लागि इजरायल जानका लागि रोक लगाएको हो। झन्डै डेढ वर्षघिबाट इजरायलले नेपाली कामदारलाई भिसा दिन रोक लगाएकोमा दुइ महिना अघिबाट खोलिएको थियो।

इजरायलस्थित नेपाली दूतावासबाट व्यक्तिगत प्रयासमा गएकाहरूको समस्या आउन थालेको जनाउँदै नपठाउन आग्रह आएकाले व्यक्तिगत प्रयासमा कामदार पठाउनका लागि स्वीकृति दिने कार्य रोकिएको हो’ -श्रम तथा रोजगार प्रवर्द्धन विभागका निर्देशक शरद अधिकारीले जानकारी दिनुभयो।

संस्थागत रूपमा गएकाहरूको समस्या आएको खण्डमा सम्बन्धित म्यानपावर कम्पनीलाई झिकाएर कारबाही गर्न सजिलो हुने भए पनि व्यक्तिगत रूपमा जानेहरूको हकमा त्यस्तो कार्य कठिन भएपछि अब संस्थागत (म्यानपावर कम्पनी) मार्फ मात्र इजरायल जानका लागि स्वीकृति दिइने उहाँले बताउनुभयो।

स्रोतका अनुसार इजरायलमा व्यक्तिगत प्रयासमा रोजगारी नै पाइँदैन। तर त्यहाँका म्यानपावर कम्पनीले नेपालका म्यानपावर कम्पनीलाई कामदारको अर्डर गर्ने र यहाँका कम्पनीहरूले मागपत्रलाई टुक्रयाएर व्यक्तिगत रूपमा पठाउने कार्य गर्दै आएका छन्। यहाँबाट व्यक्तिगत रूपमा पठाए पनि कामदार स्वीकार गर्दा भने संस्थागत रूपमै त्यहाँ पुग्ने तर नेपालमा भने कागजी रूपमा व्यक्तिगत देखिएकाले समस्या बढेको जनाउँदै राजदूतावासले गत साता पत्र पठाएको थियो।

November 23, 2008

सजिलो छैन अमेरिकामा छाक टार्न

सन् २००७ को कुनै समयमा संयुक्तराज्य अमेरिकाका ६ लाख ९१ हजार बालबालिका भोकै रहेको कृषि विभागले जनाएको छ । यसैगरी, आर्थिकमन्दीअगाडि नै करिब आठ अमेरिकीमध्ये एक अमेरिकीलाई बिहान-बेलुकाको छाक टार्न धौधौ परेको पनि विभागले जनाएको छ ।
आफूले नियमित लिने खाद्यान्नमा अनियमिताको सामना गर्न बाध्य भएका बालबालिकाको संख्या २००६ को भन्दा २००७ मा ज्यादा भएको विभागले जनाएको छ । २००६ मा यो संख्या ५० प्रतिशतभन्दा ज्यादा, चार लाख ३० भएको विभागको खाद्य सुरक्षासम्बन्धी वार्षिक प्रतिवेदले उल्लेख गरेको छ ।

२००६ मा बालबालिकासहित तीन करोड ५० लाख ५० हजार अमेरिकीले भोकसँग संघर्ष गरेका थिए । यो संख्या २००७ मा तीन करोड ६० लाख २० हजार अमेरिकीले भोकसँग संघर्ष गरेको बताइएको छ । यसअनुसार १२.२ प्रतिशत अमेरिकीसँग क्रियाशील र स्वस्थ्य जीवन बाँच्न पर्याप्त खाद्यान्न किन्ने पैसा वा सहयोग नभएको प्रतिवेदनमा उल्लेख छ ।

तीमध्ये एक चौथाइ वा एक करोड ९० हजार अमेरिकी बालबालिका र वयस्क कुनै समय भोकको सिकार रहेका थिए । तर, यो संख्या २००० यता ४० प्रतिशतभन्दा बढी हुन सक्ने विभागले जनाएको छ । अमेरीकी सरकारले यी नागरिकलाई कुनै समय खाद्यान्नको नियमित आपूर्तिमा बाधा खेपेको र उनीहरूलाई ’ ज्यादै न्यून खाद्य सुरक्षा ’ मा वर्गीकृत गरेको थियो ।
दुई वर्षअगाडि सरकारले यस समूहलाई ’ खाद्यान्न सुरक्षाको अभावसहित भोक ’ मा वर्गीकृत गरेको छ । यस तथ्यले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाराक ओबामालाई आफूले गरेको प्रतिबद्धता पूरा गर्न दबाब दिने फुड रिसर्च एन्ड एक्सन सेन्टरका अध्यक्ष जेम्स वेल भन्छन् । बाराक ओबामाले खाद्य सहयोग बिस्तार गर्ने र २०१५ सम्म बालबालिकामा रहेको भोकमरी हटाउने प्रतिबद्धता गरेका छन् । २००८ मा आर्थिकमन्दीका कारण भोकको सिकार हुने अमेरिकीको संख्या अझ बढ्ने अनुमान जेम्सले गरेका छन् ।

माओवादीमा अझै विद्रोहको धङधङी

नेकपा माओवादीका सचिवालय सदस्य नेत्रविक्रम चन्द विप्लवले अध्यक्ष प्रचण्डको प्रस्ताव सुधारवादी भएको आरोप लगाउँदै सशस्त्र व्रि्रोह गरी जनगणतन्त्रमा जानुपर्ने बताउनुभएको छ । सशस्त्र व्रि्रोहका लागि जनसेनालाई समायोजन नगरी सुदृढ गर्दै लैजानु पर्नेमा उहाँले जोड दिनुभएको छ । माओवादी नजिकको पत्रिका जनदिशामा आज प्रकाशित हाम्रो पार्टी प्रमुख मतभेद शर्कको लेखमा विप्लवले प्रचण्डको राजनीतिक कार्यक्रम, रणनीति र कार्यनीति सुधारवादी भन्दै प्रचण्डको कार्यक्रम अनुसार अघि बढे पार्टुधारवादको दलदलमा फस्ने दावी गर्नुभएको छ ।

 विप्लवले सशस्त्र व्रि्रोहमा जोड दिदै भन्नुभएको छ- नेपाली क्रान्तिको विशेषता अहिले पनि अनिवार्य त सशस्त्र नै हुनेछ र त्यसरी मात्र क्रान्ति सम्पन्न गर्न सकिनेछ । त्यसका लागि जनसेनालाई समायोजन होईन सुदुृढ गर्नुपर्छ । खास समयमा मात्र शान्तिपण् विकासको संभावनालाई स्वीकारेको भन्दै उहाँले क्रान्ति शान्तिपूण् रुपमा हुन नसक्ने जिकिर गर्नुभएको छ ।

राष्ट्रिय कार्यकर्ता भेला चलिरहँदा पार्टीभत्रको विवाद र्सार्वजनिक गर्दै विप्लवले पार्टीभत्र अहिले राजनीतिक कार्यक्रम,कार्यदिशा, कार्यनीति र कार्ययोजनामा मतभेद केन्द्रित रहेको उल्लेख गर्नुभएको छ । प्रचण्डले लोकतान्त्रिक गणतन्त्रमै बस्ने कार्यक्रम पेश गरेपछि किरणले जनगणतन्त्रको प्रस्ताव ल्याएको पनि दावी गर्नुभएको छ ।

तंपाइहरुकै लागि

विर्घा व्लगका पाठकहरुकालागि विशेष खवर छ । शुरुवातिको आधा वर्षमै गम्भिर पाठकहरु पाउन सफल यो व्लगले अव पाठकको रुचीलाइ ध्यान राख्दै विशेष तरक्की गर्दै छ । छोटो समयमै दैनिक दुइ सय वढि नियमित पाठक, चार सय वढि पेज रिभ्यले मलाइ अत्यन्तै उत्साहित वनाएको छ । त्यो उत्साहमा तपाइहरुले थप्नु भएको प्रोत्साहनले अव विर्घा व्लग नयारुपमा आउन लागेको हो ।

थोडा वहुत मनोरन्जनको चाहानाले नियमित कामवाट उव्रिएको समय व्लगमा लगाउदा लगाउदै यो त चरम नसा पो वनेको छ । असल पाठक पाउनु हर लेखकको भाग्य हो भनेर कुने सज्जनले भनेका पनि छन । म ती सज्जनलाइ साधुवाद भन्छु । किनकी यति छोटो समयमा मुलुक भित्र मात्र नभएर छिमेकी भारतमा अध्ययनका लागि रहेका भाइहरु, सिंगापुरमा रहेका मित्र सहकर्मीहरु, अष्ट्रेलियामा रहेका लंगौटी दोस्तहरु, अमेरिका पुगेका मित्रहरु, फोटाकोलागि मात्र भएपनि क्लिक गर्ने इन्डोनेसियामा रहेका विदेशी मित्रहरु, फिनल्यान्डको हेलसिन्कीमा रहेका मित्रहरु, नर्वेको चिसोमा रहेका दोस्तहरु, विभन्न मुलुकमा छरिएका मित्रहरुले हौस्याएको भरमा थोडा वहुत रसिक वन्दै फिक्सन लेखियो होला ।

अष्ट्रेलियावाट मित्र भरतले एक कदम वढेर ती स्टोरी मेरा हुन की मात्रै हुन भनेर नफुर्क्याएको भए संभवत जोस मात्र रहन्थ्यो होला होस हराउथ्यो की । वमे उर्फ अश्विनले ड्रामा हेरन भनेर कमेन्ट नगरेके भए त्यसै सेलाउथे होला , नर्वेवाट श्याम जीले तपाइको व्लग हेरेपछि धुंवाको तल तल लाग्छ नभनेको भए म उति सार्हो खुशी हुन्थीइन होला , हेलसिन्कीवाट कुलमणी जी ले झुक्कीएर पनि विदेश नजानुहोला है नभनेको भए म पनि सिड्नीको सडकमा गुमनाम हुन्थे हुला, अमेरिकावाट रामु सरले शत्रुलाइपनि आउन नपरोस यो मुलुक त नभनेको भए अपुरो तयारीमै टफेलको डेट लिन्थे हुला ।

इन्डोनेशियावाट रिसवन्तोले मेरी सहपाठीले तिमीसंग दोस्ती गास्न चाहेकी छ नभनेको भए मेरो नाक घिरौला जत्रो हुन्थेन होला । सिंगापुरवाट कृष्ण पौड्यालले अनुप जी तपाइको लेखाइ मन पर्यो भनेर नफुर्क्याएको भए यति मेहनत गर्दिन थे, हुला । लण्डनवाट सुमन र सरिताले लेख्न नछोड है नभनेको भए पहाड भ्रमण गरेर समय विताइ दिन्थे हुला ।वम्वेवाट विजु र शुरेसले दाइ योर राइटिङ इज १४३ राइटिङ नभनेको भए धुंवा मै मस्त हुन्थे हुला । जर्मनीवाट इन्दिराले योर राइटिङ इज फेन्टास्टीक भन्न कन्जुस्याइ गरेको भए ।

लेखाइमा यति रस आउदैनथ्यो होला ।अमेरिका वाट गिरिस जीले कमेन्ट नलेखेको भए पाठकको यत्रो संख्या थाहापांउदिन थें हुला । दुवइवाट टिकाराम दाइले भाइ घरको याद आयो फोटो अपलोड गरन नभुल है भन्न भुलेको भए मेरो क्यामराले यति वढि काम पाउदैनथ्यो होला ।श्वदेशमै पनि काठमाण्डु न्युजलाइनका शरदजी र धुर्व आलेले क्यावात नभनेको भए यो जोस रहन्थेन होला । भिम जीले यति वढि टेक्निकल  एसिस्ट नगरेको भए व्लग यो रुपमा आउन मुस्किल थियो ।

पोखरावाट मित्र विमल दाइले नहौस्याएको भए उतिसारो जांगर रहन्थेन होला । भान्जी वनुले उनका सहपाठीलाइ सहभागी नगराएको भए त्यो लेभलका पाठक मेरा लागि अधुरै रहन्थे होलान । पढाइका साथीहरु जसको सहयोग नमिलेको भए यति वढि हिट्स वढ्थेन होला । कलेजका विद्यार्थीहरुले सहयोग नगरेको भए पेज रिभ्यु वढ्न टाइम लाग्थ्यो होला । पाल्पावाट मिनाले दादा इट इज रियल्ली इन्टे्रस्टीङ नभनेको भए दिन दिनै अपडेट हुन्थेन होला । खगेन्द्र जी र राइ जी ले वाह नभनेको भए कता सेलाउथें होला ।

सन्ध्या र सुनिता दिदी वहिनीले यति मिठो रेस्पोन्स नदिएको भए यति विघ्न आशावादी हुन्थिइन होला । कुमार जी ले वेला वेला नझस्काएको भए कतै सुस्ताउथे हुंला । अनि ती तमाम देशी विदेशी मित्रहरु जसको सुभेच्छा विना विर्घा व्लग भन्ने नाम कतै गुमनाममै रहन्थ्यो होला ।

अनि यी पहाडहरु जसको संगत गर्न नसिकेको भए म सधै वोरिङ हुन्थे हुला । अनि मेरा गुरु अनि सोध सुपरिवेक्षक डा राजाराम सुवेदी, उंहाले यति वढि विश्वास नगरिदिएको भए विद्धानहरुको संगतवाट वन्चित हुन्थे हुला । धर्म जी जसको मद्दत विना कम्प्युटर लिटरेसी यतिपनि हुन्थेन होला । अनि यो रमाइलो जिन्दगी यो नपाएको भए यायावरी वनेर यी सवै अनुभव पाउंनवाट वन्चित हुन्थे हुला । र अन्त्यमा तपाइहरु सव, जसको मद्दतले विर्घा व्लग थप आकर्षक, विशेष र गज्जवको रुपमा आउने जमर्को गर्दैनथ्यो होला । आजको संझना विर्सना तपांइ सवैकालागि ।

November 21, 2008

ओ, पोखराबाट आइलभ् यू

अच्युतप्रसाद पौड्याल, चिन्तन

शरदको शारदीय छटालाइ म पूर्णाहति गर्दैथिएं,
सेता र अग्ला हिमालहरु मलाइ भन्दैथिए-
ओ पोखराबाट आइलभ् यू,
माछापुच्छ्रे, अनि अन्नपूर्णको विदेशी भाषा बुझ्नै सकिन,
तिनीहरु अंगालो मार्दै मलाइ फेरि भन्दैथिए-
ओ, पोखराबाट आइलभ् यू,
सराङकोटबाट सिर्सिर् हावा बहदैथियो-
मैतिर झोका दिंदै लट्ठारिदै थियो, भन्दै थियो-
ओ पोखराबाट आइलभ् यू,
तालबाराही मन्दिरवरिपरि परेवापरेवीहरुका जोडी थिए ,
म भने एक्लै थिंएं, तिनीहरु व्यङग्य गर्दैथिए,
ओ पोखरावाट आइलभ् यू,
फेवाको निलोतालमा म डुङगा खियाउंदै थिएं,
पल्लो डुङगामा रहेका कुइरेहरु हास्दै थिए र भन्दैथिए-
ओ पोखरावाट आइलभ् यू,
यसपालि महेन्द्रगुफातिर पस्नै भ्याइएन
सेती सुसेल्दै मलाइ भन्दै थिइ-
ओ पोखरावाट आइलभ् यू,
उता वेगनासवाट प्रेमको वेग उर्लिरहेको थियो,
बूढा ख्याउटे लेखनाथ जुरुक्कै उठेर भन्दैथिए,
ओ पोखरावाट आइलभ् यू,
हत्तपत्त विन्ध्यवासिनीले मलाइ विदा दिंदै भनिन्
छिटो छिटो राजधानी फर्केपनि

पोखरावाटै तिमीलाइ आइलभ् यू,
पोखरावाटै तिमीलाइ आइ लभ यू,

                २०६५ कार्तिक पोखरावाट

माओवादी कार्यकर्ता भेला शुरु

नेकपा माओवादीको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि शुरु हुँदैछ । भेलामा केन्द्रीय समितिको वैठकले निस्कर्षनिकाल्न नसकेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संगठन फाँट प्रमुख मोहन वैद्य किरणको छुट्टा छुट्टै प्रतिवेदन पेश हुनेछन् ।

लगातार ५ दिन सम्म्म जारी केन्द्रीय समितिको वैठकले प्रतिवेदनको निस्कर्ष निकाल्न नसकेपछि दुइओटै प्रतिवेदनबारे राष्ट्रि भेलाकार्यकर्ता भेलामा छलफल हुनेछ । तर भेला अघि दुइओटा प्रतिवेदनको एउटै निस्कर्षतयार गर्न केन्द्रीय समितिको वैठक भने बसिरहेको छ । भत्तपुरको खरिपाटीमा रहेको नेपाल विद्युत प्राधिकरणको भवनमा जारी वैठकमा केन्द्रीय समितिका सदस्यहरुले राखेका भनाइका आधारमा प्रतिवेदन माथीको निस्कर्षनिकालीने गरी छलफल भइरहेकोछ छ ।

प्रतिवेदनमा निस्कर्षननिस्कीए राष्ट्रिय भेलाले टुङगो लगाउने गरी दुइओटै प्रतिवेदन भेलामा पेश गरिने माओवादी नेता दिनानाथ शर्माले जानकारी दिनुभयो । लोकतान्त्रीक गणतन्त्रलाई सस्थागत गर्दै संविधान निमार्ण्र्ल कार्यदिशा बनाइएको अध्यक्ष प्रचण्डको प्रतिवेदनप्रति असहमति जनाउँदै संगठन फाँट प्रमुख वैद्यले छुहिजो नै शुरु हुने तय गरिएको राष्ट्रिय भेला आजका लागी सारिएको थियो भने आजपनि प्रतिवेदन पेश गर्नु भएको छ । केन्द्रीय समितिको वैठक जारी रहेकाले भेला शुरु हुने समय भने एकिन भइसकेको छैन् । माओवादी केन्द्रीय सदस्य दवेन्द्र पौडेल सुनिलले भने ११ बजे सम्म् भेला शुरु भइसक्ने जानकारी दिनुभयो ।

भेलामा केन्द्रीय समितिका सदस्य, विभिन्न् विभागका नेताहरु, ११ ओटा राज्यसमितिका सदस्यहरु, विभिन्न सैनिक डिभिजनबाट गरी १२ सय भन्दा बढीको सहभागीता रहनेछ । भेलाका सहभागीहरुलाई संविधान सभासद, मन्त्रीहरुलाई ब्यावस्थापन गर्ने जिम्मेवारी दिइएको छ । विद्युत प्राधिकरणको भवन बाहिर पाल टागेर बनाइएको ठाउँमा भेला शुरु हुनेछ ।

सम्पर्कः पो‌.ब.नं. २८३३, सुन्धारा, काठमाडौं
Email:pandeysum@gmail.com