ओबामाको अग्रता कायमै
चुनावको मिती निकै नजिक आइपुग्दा प्रमुख राज्यहरूमा अमेरिकी राष्ट्रपतिय उम्मेदवारहरूले आफ्नो चुनावी प्रचार अभियानलाई तिव्रता दिएका छन् । रिपब्लिकन उम्मेदवार जोन मेक्केनले एक महत्वपुर्ण राज्य ओहाइयोमा र्याली गरेका छन् भने उनका प्रतिद्वन्द्धी डेमोक्र्याट उम्मेदवार बाराक ओबामाले फ्लोरिडा, भर्जिनिया र मसुरीमा र्याली गरेका छन् ।
निर्वाचनका लागि पाँच दिन बाँकी रहँदा राष्ट्रपतिको सिट सुरक्षित गर्न आवश्यक मतका लागि प्रमुख राज्यहरूमा गरिएको चुनावी अभियान लक्षित छ । अभियानमा दुबै नेताहरूले कुनै कसर बाँकी राखेका छैनन् । अमेरिकाको बाणिज्य विभागले आफ्नो तिन महिने आर्थिक प्रतिवेदनमा ०.३ प्रतिशतले आर्थिक वृद्धीदरमा ह्रास आएको उल्लेख गरेपछि दुबै उम्मेदवारहरू आर्थिक मुद्दामा केन्द्रित भएका छन् । सन् २००१ पछिको यो सबैभन्दा खराब वृद्धीदर हो ।
फ्लोरिडाको सारासोतामा भएको र्यालीमा ओबामाले आर्थिक वृद्धिदरमा ह्रास आउनु भनेको मेक्केन र राष्ट्रपति जर्ज डब्ल्यू बुसको निती असफल हुनु हो भने । ‘”यदि तपाइहरू मेक्केनले अर्थतन्त्रलाई कहाँ लैजान्छन् भनेर हेर्ने चाहनुहुन्छ भने अहिले अवश्ता ऐना जत्तिकै छर्लंग छ”, उनले भने । मेक्केनले सन् २००५मा ओबामाले तेल कम्पनीहरूलाई कर कटौती गर्ने एउटा विधयेकमा मतदान गरेको सम्मरण गर्दै अर्थतन्त्रमा आएको ह्रासको कारण ओबामा भएको आरोप लगाए । “सिनेटर ओबामले धनी व्यापारीहरूले कर नतिर्नु पर्ने कानुनको पक्षमा म गरेका थिए तर मैले त्यसको विरूद्धमा गरको थिए”,उनले ओहाइयोमा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै भने । सन् १९६० देखि अहिलेसम्म कुनै पनि राष्ट्रपतिले ओहाइयो नजितीकन निर्वाचन जितेका छैनन् ।
रमाइलो के छ भने ओबामा यस क्षेत्रमा मेक्केनभन्दा अगाडी देखिएका छन् जबकी सन् २००४मा वर्तमान राष्ट्रपति बुसले यहाँ जितेका थिए । ताजा सर्वेक्षणमा पनि ओबामाले रिपब्लिकन पार्टीले विजय हासिल गरेको ठाउँमा समेत आफ्नो अग्रता कायमै राखेका छन् ।