निर्धारित समयमा संविधान बन्दैन: कमल थापा
संविधानसभाको निर्वाचन भएको ६ महिना बितिसक्दा पनि संविधान निर्माण प्रक्रिया प्रारम्भ नभएको स्थितिलाई कसरी लिनुभएको छ ?
देशको राजनीतिक स्थिति जसरी विकसित हुँदै गएको छ त्यो हिसाबले भन्नुपर्दा तोकिएको समयमा संविधान निर्माणको संभावना छैन र अब ठोकेरै भन्न सकिन्छ, निर्धारित समयमा संविधान बन्दैन निर्धारित समयमा संविधान नबने पछिको स्थिति स्वाभाविक रुपमा राम्रो हुने छैन ।
किन त्यस्तो सम्भावना छैन ?
राजनीतिक स्थिति एकपछि अर्का गरी जटिल बन्दै गएको छ । प्रजातन्त्र उग्रवामपन्थकरण भएको छ र त्यो प्रक्रिया तीव्र रुपमा बढेको छ । प्रजातान्त्रिक शक्तिमाथि प्रहार भएको अहिले आएर प्रजातन्त्रमा विश्वास गर्ने दलहरुले बुझ्न थालेका छन् । जुन कुरा राप्रपा नेपालले पहिलेदेखि भन्दै आएको हो । स्थिति जसरी जटिल बन्दै गएको छ, त्यसले गर्दार् संविधान निर्धारित समयमा नबन्ने निश्चित नै भएको छ ।
सहज राजनीतिक स्थितिका लागि के गर्नुपर्छ त ?
प्रस्ट रुपमा हाम्रो पार्टी भन्दै आएको हो कि यो मुलुकमा राजासहितको प्रजातन्त्र जरुरी छ । अन्ततः राजासहितको प्रजातन्त्रका लागि अन्य पार्टीत्र होइन माओवादी तयार हुने मेरो विश्व्स छ । आज राष्ट्र अल्पकालीन दुघटनातर्फजाँदै छ । भन्न पनि मन लाग्दैन तर स्थिति यस्तँ बन्दै गएको छ कि बढ्दै गएको उग्रवामपन्थकरण रोक्ने हो भने पुनः द्वन्द्व प्राम्भ हुन्छ या देश नै विखण्डन हुन सक्छ ।
यस्तो स्थितिमा राप्रपा नेपालले के गर्छ ?
राप्रपा नेपाल देशलाई अनिष्टबाट जोगाउन प्रभावकारी कदम चाल्ने पक्षमा छ । आगामी मंसिर १ गतेदेखि नै देशव्यापी क्षेत्रीय भेला र सभाहरु गर्ने, आगामी पुस २७ गते पृथ्वी जयन्तीका दिनदेखि गोरखाबाट देशव्यापी रुपमा राष्ट्रिय एकता अभियान सञ्चालन गर्ने गरी पार्टी तयारी गरिरहेको छ ।