ममा प्रबल शारीरिक इच्छा छ: चार्ल्स शोभराज
कारागारभित्र भएपनि जीवन त नीकै रमाईलो बितिरहेछ, हैन त ?
निःसन्देह । मलाई हरेक परिवेशमा जीवन जीउन आउछ ।
बिहे पनि गर्नुभयो भन्ने हल्ला छ नि ?
हल्ला होइन, यथार्थ हो । महान पर्व विजया दशमीको विशेष अवसर पारेर नेपाली परम्पराअनुसार गर्लप|mेन्ड निहितास“ग उसको आमा र भाइको उपस्थितीमा विहे गरें । उ भर्खरै मलाई भेटेर गएकी छिन् । तपार्इंले उसले लाएको मंगलसूत्र र पोते हर्र्नुभएन त ?
कारागार प्रशासनस“ग अनुमति नलिई बिहे गर्नुभयो त ?
यो मेरो निजि मामिला हो । कागागारभित्र अरुले पनि विहे गरेको देखेको छु । अरुले गर्न मिल्ने, अनि मैंले गर्न नमिल्ने?
तपाईं र निहिताबीच उमेरको फरक अलि बढी भएन र ?- उ त त“पाईको नातिनी जस्ती छे नि ?
वाहियात बहस । सा“चो प्रेममा उमेर, जाती र रंगले पनि प्रभाव पार्छ र – तपार्इंको मुलुकमा मात्र यस्तो कुरा उठ्छ । अन्यत्रतिर यस्तो कुरामा विवाद हुन्न । हाम्रो देशमा यस्तो कुरालाई महत्व नै दिइन्न । हाम्रो बिहेलाई जिल्ला अदालतमा दर्ता गराउने प्रयासमा निहिता लागेकी छिन् । समयलाई पर्खौं ।
तपाईंलाई त थुप्रै किशोरी, युवती र महिला भेट्न आउ“थे रे । तर, त“पाईले निहितालाई नै रोज्नु पर्ने कारण के त ?
उनी उदार, मायालु र बौद्धिक छिन् । यति सानो उमेरमा जीवन दर्शन र समाजलाई राम्ररी बुझेकी छे । उसले प्रेम र सम्बन्धको गहिर्राईलाई बुझेकी छे ।
तपाईंको निहितासग शारीरिक र मानसिक तालमेल मिल्ला त ?
किन नमिल्नु, म त शारीरिक, मानसिक र बौद्धिक रुपले स्वस्थ छु, ममा प्रबल इच्छा शक्ति छ । ममा अहिले पनि बुढ्यौलीको कुनै लक्ष्ण छैन । नित्य दिन योगा र व्यायाम गर्छर् मैंले त भारतको तिहाड जेलमा हु“दा विपश्यना ध्यान बारे पुस्तक पनि लेखिसकेको छु ।
ल कारागारभित्र समय कसरी बित्छ त ?
बिहान उठेर ध्यान र व्यायाम गरेपछि बीबीसी र सिएनएनको समाचार हर्ेर्छर्ु बाहिरबाट अ“ग्रेजी पत्रपत्रिका मगाएर पढ्छु । लेख्ने र पढ्ने बानी छ । मैंले एउटा पुस्तक लेखेर सकं चा“डै प्रकाशन हु“दैछ । त्यो पुस्तकको नाम र सामग्रीबारे अहिले केही भन्दिन । अर्को पुस्तक लेख्ने मुडमा छु ।
भविष्यको योजना के छ ?
जेलमुक्त हुनेबितिकै निहितालाई लिएर प|mान्स गई त्यहाको परम्पराअनुसार बिहे गर्ने छु । नेपालस“ग मेरो गहिरो साइनो छ । निहितालाई लिएर वर्षो एकपटक नेपाल आउने छु –
सर्वोच्च अदालतले रिहा गर्ने कुरामा सय प्रतिशत विश्वस्त हुनुहुन्छ – किन र कसरी ?
म निर्दोष छु । म विरुद्ध कुनै प्रमाण छैन । परिस्थितिजन्य कारण देखाएर कसैलाई सजाय गर्न पाइन्न । नेपाल बाहेक अन्य कुनै पनि मुलुकमा भएको भए म उहिल्यै छुटिसक्थे ।